हुजैफा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "यो नभन : अल्लाहले जे चाहनुहुन्छ र फलानो जे चाहन्छ, तर यो...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कुराकानी गर्दा 'अल्लाहले जे चाहनुहुन्छ र फलानोले जे चाहन्छ' भन्न निषेध गर्नुभएको छ ।" वा अल्लाह र फलानोले जे चाहन्छ;...
महमूद बिन लबीद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “निस्सन्देह, मलाई तिमीहरूको बारेमा जुन कुरादेखि स...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हामीलाई बताउँदै हुनुहुन्छ, उहाँलाई आफ्नो उम्मतप्रति सबैभन्दा बढी डर लाग्ने कुरा सानो शिर्क हो, जुन पाखण्ड हो कि व्यक्ति...
अबुजर (रजियल्लाहु अन्हु)ले वर्णन गर्नुभएको छ: उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम)लाई भन्नुभएको सुने: «कुनै पनि मानिसले अर्कालाई पापी (फासिक) भनेर दोषी...
नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले चेतावनी दिनुभएको छ कि यदि कसैले अर्को व्यक्तिलाई भने: "तिमी फासिक (पापी) हौ " वा "तिमी काफिर (अविश्वासी) हौ " भने - त्...
हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु)द्वारा वर्णन गरिएको छ उहाँ भन्नु हुन्छ: अल्लाहका रसूल(सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नुभयो: "दुई वटा कुरा मानिसहरूमा...
नबी(सल्लल्लाहु अलैहि वसल्लम) मानिसहरूमा पाइने दुई वटा आदतहरूका बारेमा बताउँदै हुनु हुन्छ कि यी कुफ्रका कामहरू हुन् र अज्ञानता कालका बानीबेहोरा मध्ये ह...
अबू मरसद गनवी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "चिहानहरूमाथि नबस्नु र त्यसतर्फ मुख गरेर नमाज नपढ्...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले चिहानहरूमाथि बस्न निषेध गर्नुभएको छ ।
त्यसैगरी, यदि कुनै चिहान नमाज पढ्ने व्यक्ति र किब्लाको बीचमा अवस्थित छ भने...
हुजैफा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "यो नभन : अल्लाहले जे चाहनुहुन्छ र फलानो जे चाहन्छ, तर यो भन, अल्लाहले जे चाहनुहुन्छ र त्यसपछि फलानोले जे चाहन्छ ।"
महमूद बिन लबीद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “निस्सन्देह, मलाई तिमीहरूको बारेमा जुन कुरादेखि सबैभन्दा धेरै डर लागेको छ, त्यो सानो शिर्क हो ।" साथीहरूले भने: हे अल्लाहको रसूल! यो सानो शिर्क के हो? उहाँले जवाफ दिनुभयो: “दिखावटी (रिया) ।” अल्लाहले उनीहरूलाई न्यायको दिन; जब मानिसहरूको हिसाबकिताब गरिनेछ भन्नुहुनेछ: जाऊ तिनीहरूकहाँ जाऊ जसको लागि तिमीहरूले संसारमा रियाकारी (दिखावटी) गर्यौ । हेर, तिनीहरुबाट कुनै इनाम पाउछौ कि?”
अबुजर (रजियल्लाहु अन्हु)ले वर्णन गर्नुभएको छ: उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम)लाई भन्नुभएको सुने: «कुनै पनि मानिसले अर्कालाई पापी (फासिक) भनेर दोषी ठहराउनु हुँदैन, न त कफिर भनेर । यस्तो गरेमा यदि त्यो व्यक्ति भने जसो होइन भने उक्त दोष त्यसैको माथि फिर्ता जान्छ »।
हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु)द्वारा वर्णन गरिएको छ उहाँ भन्नु हुन्छ: अल्लाहका रसूल(सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नुभयो: "दुई वटा कुरा मानिसहरूमा पाइनु भनेको कुफ्रका कुराहरू हुन्ः वंशको निन्दा गर्नु र मृतकमाथि विलाप गर्नु।"
अबू मरसद गनवी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "चिहानहरूमाथि नबस्नु र त्यसतर्फ मुख गरेर नमाज नपढ्नु।"
अबू तल्हा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "कुकुर वा चित्र भएको घरमा फरिश्ता (स्वर्गदूत) हरू प्रवेश गर्दैनन् ।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "फरिश्ताहरू(स्वर्गदूत)ले त्यो समूहको साथ दिँदैनन् जहाँ कुकुर वा घण्टी हुन्छ।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "शैतान तिमीहरु मध्ये कसै कहाँ आउँछ र भन्छ: यो कसले सृष्टि गर्यो ? र यो कसले रचना गर्यो ? यो क्रम चलिरहन्छ यहाँ सम्म उसले सोध्न थाल्छ : तिम्रो रब (पालनकर्ता) लाई कसले सृष्टि गर्यो ? यस्तो कुरा दिमागमा आउन साथ शैतानको उपद्रोबाट अल्लाहको शरण लिनुपर्छ र यस्त खराब विचार त्याग्नु पर्छ" ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "अल्लाह भन्नुहुन्छ: जसले मेरो वली (मुमिन भक्त) सँग शत्रुता राख्छ, म उसको विरुद्ध युद्धको घोषणा गर्दछु । मेरो दासले मेरो निकटता प्राप्त गर्ने कर्महरू मध्ये मलाई सबैभन्दा बढी मन पर्ने फर्जहरु हुन् । मेरो भक्तले नफिलद्वारा मेरो नजिक हुने प्रयास गरिरहन्छ, यहाँसम्म म उसलाई माया गर्न थाल्छु । जब म उसलाई माया गर्छु म उसको कान बन्छु, जसबाट उसले सुन्दछ । म उसको आँखा बन्छु, जसबाट उसले देख्दछ । म उसको हात बन्छु, जसले ऊ समात्छ र म उसको खुट्टा बन्छु, जसले ऊ हिँड्छ । यदि उसले मसँग माग्यो भने म उसलाई दिन्छु र उसले शरण माग्यो भने म उसलाई शरण दिन्छु । म आफ्नो मुमिनको ज्यान लिनमा जति संकोच गर्छु, त्यति संकोच अरु मैले गर्ने कुनै कुरामा गर्दिनँ । किनभने उसलाई मृत्यु मन पर्दैन र मलाई उसलाई दुःख दिन मन पर्दैन ।"
इरबाज बिन सारिया (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, एक दिन रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हाम्रो बीचमा उभिएर यस्तो प्रभावशाली उपदेश दिनुभयो जसले हाम्रो हृदय काँप्यो र हाम्रा आँखाहरू आँसुले भरिए । कसैले भन्यो, हे अल्लाहको रसूल! तपाईंले यस्तो उपदेश दिनुभएको छ, जुन विदाई प्रवचन जस्तो देखिन्छ । त्यसैले कृपया हामीलाई केही नसीहत गर्नुहोस् । उहाँले भन्नुभयो: "अल्लाहसँग डराउनु र आफ्ना शासकहरूको आदेश सुन्नु र पालन गर्नु, चाहे शासक एक कालो दास भए पनि । तिमीहरूले मेरो पछि धेरै विवाद देख्ने छौ। त्यसैले मेरो सुन्नत र सही मार्गनिर्देशित खलीफाहरूको सुन्नतको अनुसरण गर्नु ।" यसलाई बङ्गाराले भएपनि समात्नु । धर्मको नाममा नयाँ कुराहरूबाट टाढा रहनु । प्रत्येक विदअत (धर्मको नाममा गर्ने नयाँ कुरा) भ्रम र पथभ्रष्टता हो ।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले मुस्लिम हाकिमको आज्ञा मान्न इन्कार गर्छ र मुस्लिमहरुको जमात छोड्छ अनि त्यही अवस्थामा मर्छ भने त्यो जाहिलियतको मृत्यु मरेको हो । जसले उद्देश्य स्पष्ट नभएको झण्डामुनि (इशारामा) लड्छ, आफ्नो दलको लागि क्रोधित हुन्छ, आफ्नो दलको लागि आह्वान गर्छ वा समर्थन गर्छ र त्यही अवस्थामा मर्छ भने यो जाहिलियतको मृत्यु हो । जसले मेरो उम्मत (अनुयायी) विरुद्ध आक्रमण गर्छ, असल र खराब कसैले विभेद नगरी मार्छ, न मोमिनलाई त्याग्छ, सम्झौता गरेपछि त्यसको सम्मान गर्दैन भने, ऊ मबाट होइन र म ऊबाट होइन ।"
मालिक बिन यासर मुजनी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहले जसलाई जनताको सेवा गर्ने जिम्मेवारी सुम्पिनु हुन्छ र उसले आफ्नो प्रजालाई धोका दिइरहेको अवस्थामा जब ऊ मर्छ, अल्लाहले उसको लागि स्वर्ग निषेध गर्नुहुन्छ ।"