उम्मे सलमा; मुस्लिमहरूको आमाले बयान गरेकी छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तिमीहरूलाई केही शासकहरूको सामना गर्नुपर्नेछ, जसका केह...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : हामीमाथि यस्ता हाकिमहरू नियुक्त हुनेछन्, जसका केही कार्यहरू शरियत अनुसार हुनाले हामीलाई सही लाग्ने छन्...
अबू-मस्ऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "(तिमीहरूले मरो निधनपछी) प्राथमिकताका मामिलाहरू देख्ने...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, आगामी दिनहरूमा मुस्लिमहरूका शासकहरू त्यस्ता मानिसहरू हुनेछन्, जसले मुस्लिमहरूको सम्पत्ति आफ्नो इच्छा अनु...
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “तिमीहरू सबै जिम्मेवार हौ र प्रत्येकलाई उस्...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, समाजमा बस्ने प्रत्येक मुस्लिमको केही जिम्मेवारी हुन्छ, जुन उसले वहन गर्नुपर्छ । इमाम र हाकिम आफ्नो प्रज...
आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन्, "मैले मेरो यो घरमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई यसो भन्दै गरेको सुनें": "हे अल्लाह! जसलाई मेरो उम्म...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हरेक त्यस्ता हाकिमहरूलाई अल्लाहले कष्ट दिऊन् भनेर श्राप दिनुभएको छ, जसले मुस्लिमहरूको कुनै जिम्मेवारी लिन्छ, चाहे त...
तमीम अल-दारी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "धर्म भनेको निष्ठा हो," हामीले सोध्यौं, "कसप्रति?"...
नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नुभयो कि, धर्म इमानदारी र सत्यतामा आधारित छ त्यसैले यसलाई अल्लाहले तोके अनुसार पूर्ण रूपले, कुनै कमी वा छलकपट नगरी...
उम्मे सलमा; मुस्लिमहरूको आमाले बयान गरेकी छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तिमीहरूलाई केही शासकहरूको सामना गर्नुपर्नेछ, जसका केही काम तिमीले सही ठहर्याउनेछौ र केहीलाई अस्वीकार गर्नेछौ। जसले यिनीहरूका खराब कार्यलाई चिने, उसले आफ्नो जिम्मेवारीबाट मुक्त रह्यो, र जसले यस्ता काम को इन्कार गर्यो, उसले सलामती पायो। तर जो यसता काममा सन्तुष्ट भयो र समर्थन गर्यो, त्यो दोषी हुनेछ।"
साथीहरूले सोधे, "के हामी उनीहरूसँग युद्ध गरौं?"
उहाँले भने, "होइन, जबसम्म उनीहरू नमाज पढिरहन्छन् ।"
अबू-मस्ऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "(तिमीहरूले मरो निधनपछी) प्राथमिकताका मामिलाहरू देख्नेछौ, जुन तिमीहरूलाई नराम्रो महसुस हुनेछ ।" साथीहरूले भने: हे अल्लाहको रसूल! त्यसोभए हामीलाई के गर्न आदेश दिनुहुन्छ? उहाँले भन्नुभयो: "तिमीहरूले आफ्नो जिम्मेवारी पूरा गर र अल्लाहसँग आफ्नो अधिकार माग ।"
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “तिमीहरू सबै जिम्मेवार हौ र प्रत्येकलाई उस्को जिम्मेवारीबारे सोधिनेछ । त्यसैले जनताको हाकिम जिम्मेवार हो र उसलाई आफ्नो प्रजाबारे सोधिनेछ । पुरुष आफ्नो घरपरिवारको जिम्मेवार हो र उसलाई आफ्नो मातहतको बारेमा सोधिनेछ । महिला आफ्नो पतिको घर र छोराछोरीको जिम्मेवार हो र उसलाई तिनीहरूको बारेमा सोधिनेछ । दास आफ्नो मालिकको सम्पत्तिको जिम्मेवार हो र उसलाई उसको बारेमा सोधिनेछ । सुन, तिमीहरु प्रत्येक व्यक्ति जिम्मेवार छौ र तिमीहरूलाई आफ्नो प्रजाको बारेमा सोधिनेछ ।"
आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन्, "मैले मेरो यो घरमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई यसो भन्दै गरेको सुनें": "हे अल्लाह! जसलाई मेरो उम्मतको कुनै जिम्मेवारी सुम्पिएको छ र ऊ तिनीहरूलाई कठिनाइमा पार्छ भने तपाईं पनि उनीप्रति कठोर हुनुहोस् र जसलाई मेरो उम्मतको कुनै मामिला सुम्पिएको छ र उनीहरूसँग नरम व्यवहार गर्छ भने तपाईं उससँग नम्र हुनुहोस् ।"
तमीम अल-दारी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "धर्म भनेको निष्ठा हो," हामीले सोध्यौं, "कसप्रति?" उहाँले उत्तर दिनुभयो, "अल्लाहप्रति, उहाँको किताबप्रति, उहाँका रसूलप्रति, मुस्लिम शासकहरू प्रति, र सम्पूर्ण मुसलमानहरूप्रति।"
आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकी छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले निम्न श्लोकको तिलावत(पाठ) गर्नुभयो: {उहाँले नै तपाईंलाई कुर्आन प्रदान गर्नुभयो जसमा केही मुहकम (एकदमै स्पष्ट) आयतहरू छन्, जुन मूल किताब हुन् र केही मुतशाबिह (अनेकार्थ बोकेका) छन् । जसको हृदयमा टेढोपन र रोग छ, तिनीहरू उत्पात मचाउन (शंका उत्पन्न गर्न र मानिसहरूलाई पथभ्रष्ट पार्न ) मुतशाबिह- अनेकार्थ रहेका आयतहरूको पछि लाग्दछन् र मनपरी ढंगले ती आयतहरूको व्याख्या गर्छन् । वास्तवमा, यसको वास्तविक अर्थ अल्लाहबाहेक कसैलाई थाहा छैन । जुन मानिसहरू ठोस र गहिरो ज्ञान राख्दछन् भन्दछन्– हामीले यस पूरै कुर्आनमाथि ईमान ल्यायौं, किनभने यी सबै हाम्रा पालनकर्ताको तर्फबाट हुन् । र वास्तवमा बुद्धिमानहरूले मात्र उपदेश ग्रहण गर्छन् ।} [आलि-इमरान३: ७], आइशा (रजियल्लाहु अन्हा) भन्नुहुन्छ: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जब तिमीले ती मानिसहरूलाई देख्छौ जसले कुरानका मुतशाबिह (अनेकार्थ रहेका) आयतहरूलाई पछ्याउँछन् , तब(बुझ्नु कि) ती नै ती व्यक्तिहरू हुन् जसको बारेमा अल्लाहले नाम लिएर चेतावनी दिएका छन्, त्यसैले तिनीहरूबाट सावधान रहनु।"
मान्य अबू-सईद अल्-खुदरी रजियल्लाहु अन्हु बाट उद्धृत गरिएको छ कि उहाँ भन्नु हुन्छ, मैले अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमलाई भन्दै गरेको सुनें : "तिमीहरू मध्ये कसैले मुन्कर (गलत) भइरहेको देख्यो भने त्यसलाई हातले रोक्न प्रयास गर्नु, यदि हातले रोक्ने शक्ति नभए बोलेर रोक्न प्रयास गर्नु, यदि यसको पनि क्षमता छैन भने हृदयमा नै नराम्रो ठान्नु र यो ईमानको (आस्थाको) सबै भन्दा कमजोर श्रेणी हो" ।
नोअ्मान बिन बशीर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहको हदको पालना गर्ने र त्यसलाई उल्लङ्घन गर्नेहरुको उदाहरण - डुङ्गामा आफ्नो स्थान निर्धारण गर्न चिट्ठा हाल्नेहरु जस्तै हो, जसमा केही मानिसहरु डुङ्गाको माथिल्लो भागमा स्थान पाए र केहीले तल्लो भागमा । तल्लो भागमा रहेकाहरूले पानी लिन माथिल्लो भाग भएर जानुपर्थ्यो, त्यसैले उनीहरूले सोचे - हामीले आफ्नै भागमा प्वाल किन नबनाउने? ताकि माथिकाहरूलाई कुनै समस्या नहोस् । अब माथिकाले तल्लो भागमा रहेकालाई सोचे अनुसार प्वाल गर्न दिए भने सबै नाश हुनेछन् र हात समाए (त्यसो गर्न दिएन) भने आफू लगायत सबै जोगिनेछन् ।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले सत्य मार्गको आह्वान गर्छ, उसले सत्य मार्ग अप्हनाउनेहरूको पुण्य बराबर पुण्य पाउनेछ, तर उनीहरूको पुण्यमा कुनै कमी हुनेछैन र जसले गलत मार्गतर्फ बोलाउँछ, उसले गलत मार्ग पछ्याउनेहरूको पाप बराबर पाप पाउनेछ, तर यसले तिनीहरूको पापमा कुनै कमी गरिनेछैन ।”
अबू-मस्ऊद अल्-अन्सारी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, एकजना मानिस नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो र भन्यो: मेरो सवारी मरेको छ, त्यसैले मलाई सवारीको लागि एउटा जनावर दिनुहोस् । उहाँले भन्नुभयो: "मसँग कुनै जनावर छैन ।" यो सुनेर एक व्यक्तिले भने: हे अल्लाहका रसूल ! म उसलाई एक व्यक्तिको बारेमा बताउन सक्छु, जसले उसलाई सवारी दिनेछ । त्यसैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जसले राम्रो कामको मार्गदर्शन गर्दछ, उसलाई त्यो कर्म गर्ने व्यक्ति बराबर पुण्य दिइनेछ ।"
सहल बिन साअ्द (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "भोलि मैले यो झण्डा यस्तो मानिसलाई दिनेछु जसको हातमा अल्लाहले विजय दिनुहुनेछ, जसले अल्लाह र उहाँका रसूललाई प्रेम गर्दछ र अल्लाह र उहाँका रसूलले पनि उसलाई प्रेम गर्नुहुन्छ ।" झण्डा कसलाई दिइनेछ भनेर मानिसहरूले छलफल र अड्कलबाजी गर्दै रात बिताए । बिहान सबैजना रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ पुगे । सबैले झण्डा पाउने आशा गरेका थिए । उहाँले सोध्नुभयो: "अली बिन अबी तालिब कहाँ छन्?" भनियो : हे अल्लाहका रसूल ! उनको आँखा दुखिरहेको छ । उहाँले भन्नुभयो: "उसलाई बोलाऊ ।" जब उनलाई बोलाइयो, उहाँले उनको आँखामा आफ्नो लार (थुक) लगाई दिनुभयो र उनको लागि दुआ (प्रार्थना) गर्नुभयो । फलस्वरूप उनको आँखा कुनै रोग नभए जस्तो निको भयो । उहाँले उनलाई झण्डा दिनुभयो । अली (रजियल्लाहु अन्हु)ले सोधे: हे अल्लाहको रसूल! के तिनीहरू हामी जस्तै (मुस्लिम) नभएसम्म तिनीहरूसँग लड्नुपर्छ? उहाँले भन्नुभयो: ""तिमी आफ्नै गति अनुसार अघि बढ र जब उनीहरूको क्षेत्रमा पुग्छौ, तब इस्लामतर्फ आमन्त्रण गर। अनि उनीहरूलाई अल्लाहको अधिकार सम्बन्धी उनीहरूको कर्तव्यहरू बताऊ।"
"अल्लाहको कसम, यदि अल्लाह तिम्रो माध्यमबाट एक जनालाई सही मार्गमा ल्याउनुभयो भने, त्यो तिमीलाई संसारकै उत्कृष्ट सम्पत्तिभन्दा पनि उत्तम हुनेछ।"
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले कुनै समुदाय को नक्कल गर्छ, त्यो तिनीहरूमध्ये एक हो ।"