- अली (रजियल्लाहु अन्हु) को सद्गुण र उनले अल्लाह र उहाँका रसूललाई प्रेम गर्दछन् र अल्लाह र उहाँका रसूलले पनि उनलाई प्रेम गर्नुहुन्छ भन्ने कुराको नबीको गवाही ।
- सहाबाहरू राम्रो काम गर्न र त्यसमा एकार्कादेखि अगाडि बढ्न निकै उत्सुक थिए ।
- युद्ध गर्दा पनि विनम्रता अपनाउने र क्रोध तथा अनावश्यक कष्टप्रद आवाज नगर्न प्रोत्साहन ।
- यहूदीहरूमाथि मुस्लिको विजयको समाचार र अली (रजियल्लाहु अन्हु) को आँखालाई निको पार्नु नबी (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहको साँचो दूत हुनुहुन्छ भन्नेको कुराको प्रमाण हो ।
- जिहादको सबैभन्दा ठूलो उद्देश्य भनेको मानिसहरूलाई इस्लाममा
- प्रवेश गराउनु हो ।
- इस्लामको आह्वान क्रमशः गर्नुपर्छ । पहिले दुवै कलिमा (शहादतहरू) पढेर इस्लामलाई आत्मसात गर्न आह्वान गरिनेछ र त्यसपछि इस्लामका फर्जहरू पूरा गर्न आदेश दिइनेछ ।
- इस्लाम तर्फ आह्वान गर्नुको सद्गुण, यसमा आह्वानकर्ता र आमन्त्रित दुवैलाई फायदा छ । आमन्त्रित व्यक्तिले सत्य मार्ग ग्रहण गर्नेछ भने आह्वानकर्ता (दाई) ले ठूलो पुण्य पाउनेछ ।