- कुरआनको "मुहकम" विशिष्ट श्लोकहरू भनेको ती श्लोकहरू हुन्, जसको अर्थ स्पष्ट र सटीक हुन्छ। जबकि "मुताशबीह" ती श्लोकहरू हुन् जसको एकभन्दा बढी अर्थ हुने सम्भावना हुन्छ र जसलाई बुझ्न गहिरो अध्ययन र समझको आवश्यकता हुन्छ ।
- पथभ्रष्ट, भ्रमित, विधर्मी (विदअती) र व्यक्तिलाई भ्रममा पार्न शङ्का सिर्जना गर्नेहरूसित संगत गर्न निषेध छ ।
- आयतको अन्त्यमा अल्लाहको भनाइ , {केवल ज्ञानीहरूले शिक्षा पाउँछन्} मा भ्रामकहरूको निन्दा र दृढ ज्ञान भएकाहरूको प्रशंसा गरिएको छ । अर्थात्, जसले उपदेश ग्रहण गर्दैन, र आफ्नो इच्छालाई पछ्याउँछ, त्यो बुद्धिमानहरू मध्य होइन ।
- मुतशाबिह (अनेकार्थ रहेका) आयतहरूलाई पछ्याउनाले हृदय विचलित हुन्छ र भ्रष्ट हुन्छ ।
- मुतशाबिह (अनेकार्थ लाग्ने) श्लोकहरुलाई मुहकम ( स्पष्ट र सटिक) श्लोकहरुको अर्थको परिप्रेक्ष्यमा हेर्न र बुझ्न जरुरी छ ।
- अल्लाहले मानिसहरूलाई जाँच्न र आस्थावान तथा पथभ्रष्ट मानिसहरूबीच छुट्याउन कुरआनका श्लोकहरूलाई स्पष्ट र सटिक अर्थ र केहीलाई अनेकार्थ भएका बनाउनु भएको छ ।
- कुर्आनमा अनेकार्थ भएका (मुताशाबिह ) श्लोकहरू हुनुको कारण: अन्य मानिसहरूको तुलनामा विद्वानहरूको श्रेष्ठतालाई देखाउनु र मानिसहरूको बुद्धि सीमित छ भन्ने कुरा बुझाउनु हो। ताकि मानिसहरू आफ्नो सिर्जनाकर्ता समक्ष आत्मसमर्पण गरून् र आफ्नो अक्षमता स्वीकार गरून् ।
- यसमा ज्ञानमा दृढताको महत्त्व र त्यसमा अडिग रहनुको आवश्यकता स्पष्ट पारिएको छ।
- अल्लाहको भनाइ { وما يعلم تأويله إلا الله والراسخون في العلم } मा अल्लाह शब्दमा रोकिने बारे व्याख्याकर्ताहरूका दुईवटा मत छन्: एउटा मत यो हो कि श्लोक पढ्दा खेरि (अल्लाह) शब्द मा "वक्फ" अथवा रोक्नु पर्ने छ। यिनीहरूको दृष्टिकोणमा तावील { تأويل } भनेको कुनै कुराको सत्यता र वास्तविकताको ज्ञान हो जसलाई मानिसले जान्न असम्भव छ, जस्तै आत्मा र प्रलयको दिन आदिको ज्ञान, जसको बारेमा केवल अल्लाहलाई ज्ञान छ । दृढ ज्ञान भएका विद्वानहरू यी कुराहरूमा आस्था राख्छन् तर त्यसको वास्तविकता र कैफियत अल्लाहलाई सुम्पन्छन् । यसरी तिनीहरू (झूटा व्याख्याबाट) बच्छन् र (अरूलाई भ्रमबाट) बचाउँछन् । आर्को मत यो हो कि श्लोक पढ्दा खेरि (अल्लाह) शब्द मा "वक्फ" अथवा रोक्नु पर्ने छैन र यसलाई मिलाएर पढिनेछ, उनीहरूको नजरमा तावील { تأويل } भनेको तफसीर र व्याख्या हो । अर्थात् यी श्लोकहरुको व्याख्या र अर्थ अल्लाहलाई थाहा छ र जो ज्ञानमा परिपक्व छन् उनीहरूलाई पनि थाहा छ, जसले स्पष्ट श्लोकहरुको प्रसङ्गमा त्यसको व्याख्या गर्छन् र तिनीहरूमा विश्वास गर्छन्।