अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "दुई शब्दहरू यस्ता छन्, जुन जिब्रोमा हलुका, तराजुमा भ...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दुईवटा वाक्यहरूको बारेमा भन्नुभएको छ, जुन व्यक्तिले कुनै पनि परिस्थितिमा सजिलै उच्चारण गर्न सक्छ, तर त्यो तराजूमा धेर...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले "सुब्हानल्लाहि व बिहम्दिहि" दिनमा सय पटक पढ्छ,...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले दिन र रातमा सय पटक 'सुब्हानल्लाहि व बिहम्दिहि' भन्छ भने उसका पापहरू माफ गरिन्छ र क्षमा गरिनेछन, चाह...
अबू मलिक अल-अश्अरी (रजियल्लाहु अन्हु) बाट उद्धृत गरिएको छ, वहाँ भन्नु हुन्छः अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तहारत (पवित्रता...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यस हदीसमा बताउनु भएको छ कि : बाहिरी (शारीरिक) शुद्धता र पवित्रता "वुजू" र स्नानबाट प्राप्त हुन्छ र यो शुद्धता नमाजको...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “सुब्हानल्लाह्, वल्-हम्दु लिल्लाह्, वला इलाह इल्-लल्ल...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, यी महत्त्वपूर्ण शब्दहरूद्वारा अल्लाहको जिक्र गर्नु र उहाँलाई सम्झनु यो पृथ्वी र यसमा भएका सबै चीजहरू भन्दा...
जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुनें, "सर्वश्रेष्ठ जिक्र (स्तुति) 'ल...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुहुन्छ, सबैभन्दा राम्रो जिक्र "ला इला-ह इल्लाल्लाह" हो, जसको अर्थ अल्लाह बाहेक कोही सत्य ईश्वर छैन हो। जबकि सबैभन्द...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "दुई शब्दहरू यस्ता छन्, जुन जिब्रोमा हलुका, तराजुमा भारी र रहमान (परम दयालु) लाई धेरै प्रिय छन् ।" ती हुन्: " सुब्हानल्लाहि व बिहमदिही सुब्हानल्लाहिल अजीम ।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले "सुब्हानल्लाहि व बिहम्दिहि" दिनमा सय पटक पढ्छ, उसको पापहरू माफ गरिन्छ, चाहे त्यो समुद्रको फिज बराबर भए पनि ।"
अबू मलिक अल-अश्अरी (रजियल्लाहु अन्हु) बाट उद्धृत गरिएको छ, वहाँ भन्नु हुन्छः अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तहारत (पवित्रता) आधा ईमान हो । अल्हम्दुलिल्लाह (अल्लाहको प्रशंसा) ले (सुकर्म तौल गर्ने ) तराजु भर्छ, ‘सुब्हानल्लाह’ र ‘अल्हम्दुलिल्लाह’ यी दुबैले आकाशहरू देखि पृथ्वी सम्मको विशालतालाई (ती शब्दहरुको वाचनको प्रतिफल र अल्लाहको महिमा ले) भरि दिन्छ । सलाह (नमाज) नूर (ज्योति) हो, सदकह (दान दिनु आस्था सही हुने ) प्रमाण हो, धैर्य गर्नु (आस्थाको) किरण हो । र कुरान तपाईको पक्ष वा विपक्षमा प्रमाण हो । प्रत्येक मानिसले हरेक दिन परिश्रम गर्छ, कि त उसले आफूलाई नर्कबाट बचाउछ कि त नष्ट पार्दछ ।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “सुब्हानल्लाह्, वल्-हम्दु लिल्लाह्, वला इलाह इल्-लल्लाह्, वल्लाहु अक्बर’ भन्नु मेरो लागि यो पृथ्वी र यसमा भएका सबै चीजहरू भन्दा प्रिय छ ।"
जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुनें, "सर्वश्रेष्ठ जिक्र (स्तुति) 'ला इला-ह इल्लल्लाह' हो र सबैभन्दा राम्रो दुआ (प्रार्थना) 'अल-हमदु लिल्लाह' हो ।"
खौलह बिन्ते हकीम अस्- सुलमिया (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "जो कोही कुनै ठाउँमा ओर्लन्छ र यो दुआ पढ्छ: 'अऊजु बिकलिमातिल्लाहि-त्ताम्माति मिन् शर्रि मा खलक् ।’ (म अल्लाहको पूर्ण वचनहरूद्वारा सृष्टिको प्रत्येक हानीनोक्सानी बाट शरण चाहन्छु ।) त्यो ठाउँमा बसुन्जेल उसलाई कुनै पनि कुराले हानि गर्न सक्दैन ।"
अबू हुमैद वा अबू ओसैदले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जब तिमीहरू मध्ये कोही मस्जिदमा प्रवेश गर्छ भने उसले (अल्लाहुम्मफ्-तह्-ली अब्वाब रह्-मतिक्) र जब बाहिर निस्कन्छ भने (अल्लाहुम्म इन्नी अस्-अलुक मिन्-फज्लिक्) पढ्नुपर्छ ।
जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, "जब मानिस आफ्नो घरमा प्रवेश गर्छ अनि प्रवेश गर्दा र खाना खाँदा अल्लाहको नाम लिन्छ, तब शैतानले आफ्ना साथीहरूलाई भन्छ: यहाँ न त तिमीहरूका लागि रात बिताउने ठाउँ छ, न त खानाको व्यवस्था । तर घर भित्र पस्दा अल्लाहको नाम लिदैन, शैतान भन्छ: तिमीले रात बिताउने ठाउँ भेट्टायौ र खाना खाँदा अल्लाहको नाम लिदैन, ऊ भन्छ: तिमीहरूले रात बिताउने ठाउँ र खाना दुबै भेट्टायौ ।"