अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्: हामी उमर (रजियल्लाहु अन्हु) यहाँ उपस्थित थियौं जब उनले भने: "हामीलाई तकल्लुफ (अनावश्यक रूपमा कष्ट भोग्न) निष...
उमर (रजियल्लाहु अन्हु) ले बताउनुभयो, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अनावश्यक काम गर्न वा कठिनाइ भएको कुनै पनि कुरा भन्न वा गर्न निषेध गर्नुभएको छ ।

अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्: हामी उमर (रजियल्लाहु अन्हु) यहाँ उपस्थित थियौं जब उनले भने: "हामीलाई तकल्लुफ (अनावश्यक रूपमा कष्ट भोग्न) निषेध गरिएको छ ।"

अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जब तिमीहरूमध्ये कसैले खाना खान्छ भने दायाँ हातले खानुपर्छ, र जब पिउँछ भने दायाँ हातले पिउनुपर्छ। किनकि शैतानले आफ्नो बायाँ हातले खान्छ र पिउँछ।"

उमर बिन अबू सलमह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, म एउटा बच्चा थिएँ र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को हेरचाहमा थिएँ । मेरो हात (खाँदै गर्दा) भाँडोमा यताउता घुमिरहेको थियो, त्यसैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई भन्नुभयो: " ए बाबु! बिस्मिल्लाह पढ, आफ्नो दाहिने हातले खाऊ र आफ्नो अगाडिबाट खाऊ ।" त्यसपछि म सधैं त्यही निर्देशन अनुसार खाना खाने गर्थें ।

अनस बिन् मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : " निश्चय नै अल्लाह आफ्नो सेवकबाट तब खुशी हुनुहुन्छ जब ऊ खाना खान्छ र त्यसमा उहाँको प्रशंसा गर्छ, वा जब ऊ कुनै पेय पिउँछ र त्यसमा उहाँको प्रशंसा गर्छ।"

सलमह बिन अक्वह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नजिक देब्रे हातले खाना खायो । त्यसैले उहाँले भन्नुभयो: "दाहिने हातले खाऊ ।" उसले भन्यो: म (दायाँ हातले खान) सक्दिनं । उहाँले भन्नुभयो: "तिमी कहिल्यै सक्ने छैनौ ।" वास्तवमा, अहंकारले उसलाई त्यसो गर्नबाट रोकियो । हदीस बयान गर्नेले भने: त्यसपछि उसले कहिल्यै आफ्नो हात आफ्नो मुखमा ल्याउन सकेन ।

हजरत जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा)द्वारा वर्णन छ : नबी(सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नु भयो : "जसले लसुन वा प्याज खाएको छ, ऊ हामीदेखि परै रहोस्" वा उहाँले (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुभयो : "ऊ हाम्रो मस्जिद भन्दा टाढै रहोस् र ऊ आफ्नै घरमा बसोस् ।" र नबी (सल्लल्लाहु अलैहि वसल्लम) सामु एउटा भाँडा ल्याइयो, जसमा हरियो तरकारी थियो, र उहाँलाई त्यसको गन्ध आयो, उहाँले सोध्नु भयो र उहाँलाई त्यसमा के छ भनेर भनियो । उहाँले भन्नुभयो : यसलाई मेरा कुनै साथी नजिक गरि देऊ, जो संगै थिए । जब उनले त्यसलाई देखे, उनले त्यसलाई खान मन पराएनन्, उहाँले (सल्लल्लाहु अलैहि वसल्लम) भन्नु भयो: "तिमी खाऊ, किन कि म उनीसित (फरिश्ताहरू) कुरा गर्छु, जससित तिमी कुरा गर्दैनौ ।"

सह्ल बिन मुआजले भने, उनको बुबा; अनस ले भने, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले खाना खाएपछि भन्छ: 'अल्हम्दु लिल्ला हिल्लजी अत्अमनी हाजा व र ज कनीहि मिन् गैरि हौलिम्मिन्नी वला कुव्वह्’ (सम्पूर्ण प्रशंसाहरू अल्लाहकै लागि हुन्, जसले मलाई यो खुवाउनुभयो र बिना कुनै मिहिनेत प्रदान गर्नुभयो), उसका अघिल्ला पापहरू क्षमा हुनेछन् ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : जब पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई आच्छ्यूँ आउँथ्यो, उहाँले आफ्नो हात -या आफ्नो कपडा- आफ्नो मुखमा राख्नुहुन्थ्यो र यसैसँग आफ्नो आवाजलाई दबाउनुहुन्थ्यो।”

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "अल्लाहलाई उहाँले प्रदान गर्नुभएको छुटको लाभ उठाइयोस भन्ने कुरा त्यत्तिकै प्रिय छ जति उहाँले आफ्ना आदेश र उपदेशहरूको पालना हुन मन पराउनुहुन्छ ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहले जसको भलो चाहनुहुन्छ, उसलाई कठिनाइमा पारेर परिक्षा लिनुहुन्छ ।"

अबू-सईद अल्-खुदरी र अबू-हुरैरह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मुस्लिमलाई जस्तोसुकै पीडा, रोग, चिन्ता, आघात, थकान वा दु:ख आइपर्छ, यहाँसम्म काँडा बिज्दा पनि अल्लाहले उसका केही पापहरू क्षमा गर्नुहुन्छ ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मुमिन (आस्थावान) पुरुष र मुमिन महिलालाई आफ्नो जीउ-धन र सन्तानमा सधैं परीक्षाहरू जारी रहन्छ । यहाँसम्म उनीहरू कुनै पाप नरहेको अवस्थामा अल्लाहलाई भेट्ने छन् ।"