- त्यो मान्छेलाई मस्जिद आउन रोकिएको छ जसले लसुन वा प्याज अथवा प्याजको पात (जस्तै प्रकारको एक किसिमको साग ) खाएको छ ।
- यी चिजहरूको सूचिमा ती सबै कुराहरूलाई राखिएको छ जो नमाजीहरूलाई दु:ख दिने कारण बन्छन् ,जस्तै चुरोट, खैनी आदी ।
- मनाहीको कारण गन्ध हो । यदि धेरै पकाएर गन्ध हरायो भने यो मन नपाइने कारण पनि खतम हुन्छ ।
- जो मान्छेलाई मस्जिद आएर नमाज पढ्नु छ उसका लागि यी चिजहरू खानु राम्रो मानिएको छैन । कतै मस्जिदमा जमातका साथ नमाज न छुटोस् । यदि मान्छेले मस्जिद न आउने बाहाना गर्नका लागि यो कुराहरू सेवन गर्छ भने यी कुराहरू खान हराम (अवैध ) हुन्छ ।
- नबी (सल्लल्लाहु अलैहि वसल्लम) यी कुराहरू हराम भएका भएर न खानु हुने होइन । उहाँले जिब्रईलसँग (अलैहिस्सलामसित) कुरा गर्नु हुने भएको भएर खान चाहनु हुन्थेन ।
- नबी(सल्लल्लाहु अलैहि वसल्लम)को उत्तम प्रशिक्षणको तरिका कि उहाँले आदेशका साथ साथ कारण पनि बताइ दिनु भयो । भेद बुझेर सम्बोधित मान्छेलाई ढुक्क होस् भनेर ।
- काजी (रहिमहुल्लाह) भन्नु हुन्छ: यसमा उलमाहरूले त्यो नमाज पढ्ने ठाउँहरू जस्तै ईद गाह, जनाजा पढ्ने ठाउँ र यसका जस्तै अन्य उपासना स्थानहरूलाई पनि यसैमा सामेल गरेका छन् । यसरी नै ज्ञान आर्जन गर्न ठाउँ र जिक्र गर्ने ठाउँ, प्रितीभोजका जस्ता अन्य मज्लिसहरूलाई पनि यसैमा अनुमान लगाएका छन् । तर यसमा बजार र यस जस्तै अन्य स्थानहरूलाई समावेश हुँदैनन् ।
- उलमाहरू भन्छन् : लसुन खाएको मान्छेलाई मस्जिद पस्नमा पनि रोक लगाइनेछ । किन कि मस्जिदमा फरिश्ताहरू हुन्छन् । साथै हदीसको आम अर्थको माग पनि यही हो ।