- आस्थावान भक्तहरूमाथि अल्लाहको कृपाको एउटा उदाहरण के छ भने उहाँले तिनीहरूबाट भएका पापहरूलाई सांसारिक समस्याहरू र विपत्तिहरू दिएर पखाल्नु हुन्छ ।
- आस्थावानलाई कुनै विपत्ति आउँछ भने यसले पापहरू क्षमा गर्छ र जब सेवक धैर्यवान छ र क्रोधित हुँदैन भने उसले पुण्य पाउनेछ ।
- मनपर्ने र नपर्ने सबै कुराहरूमा धैर्य गर्ने प्रेरित । अल्लाहको पुण्यको आशा गर्दै र उहाँको दण्डबाट भयभित हुँदै धैर्यताका साथ अल्लाहको आज्ञा पालन गर्नुपर्छ र उहाँले निषेधित गर्नुभएको कुराबाट टाढा बस्नु पर्छ ।
- उहाँको भनाइ: "मुमिन पुरुष र मुमिन महिला" यसमा "मुमिनह" शब्द थपेर नारीको महत्वलाई दर्शाइएको प्रमाण हो । किनभने "मुमिन" शब्द पुरुषहरूका लागि विशेष होइनन्; यसमा महिला पनि समावेश छन् । त्यसैले जसरी महिलालाई विपत्तिमा समावेश गरिएको छ त्यसरी तिनलाई पाप र कुकर्महरूबाट प्रायश्चित गर्दा समान इनामको प्रतिज्ञा गरिएको छ ।
- विपत्तिबाट प्राप्त हुने पुण्यले भक्तको पीडालाई विस्तारै सहज बनाउछ ।