- खाने र पिउने एउटा शिष्ट तरिका मध्ये सुरुमा बिस्मिल्लाह भन्नु हो ।
- बालबालिकालाई मर्यादित व्यवहार सिकाउनुपर्छ । विशेष गरी ती बच्चाहरूलाई जो तपाईंको हेरचाहमा छन् ।
- बच्चाहरुलाई शिक्षा दिन र मर्यादित व्यवहार सिकाउनमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नम्रता र उदारता ।
- खाना खाने एउटा मर्यादित व्यवहार भनेको मानिसले आफ्नो अगाडि तर्फ बाट खानुपर्छ । हो! यदि प्लेटमा विभिन्न प्रकारका खानेकुराहरू छन् भने भाँडाको कुनै पनि भागबाट लिन अनुमति छ ।
- रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का सहाबा (साथी) हरू उहाँद्वारा सिकाइएको आचरणलाई कडाईका साथ निरन्तर पालना गर्थे । यो उमर बिन अबू सलमाको कथनबाट प्रष्ट हुन्छः ‘त्यसपछि म सधैं यही निर्देशन अनुसार खाना खाइरहेँ’ ।