अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : " मानिस आफ्नो ईश्वर देखि सबैभन्दा नजिक सजदा गर्दाको...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुहुन्छ, सेवक जब सजदामा हुन्छ, तब ऊ आफ्नो परमेश्‍वर को सबैभन्दा नजिक हुन्छ, किनभने सेवकले आफ्नो शरीरको सबैभन्दा उच्...
अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः यो दुआ (प्रार्थना) गर्नुहुन्थ्यो: ‘रब्बना आतिना फिद्दुन्या हसनह् व फिल...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः व्यापक र संक्षिप्त दुआ (प्रार्थना) हरू गर्नुहुन्थ्यो, जस्तै: "अल्लाहुम्म रब्बना आतिना फिद्दुन्या हसनह् व फिल्-आख...
अबू-दर्दा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "के म तिमीहरूलाई तिम्रो सबैभन्दा राम्रो कर्म, पालनकर्त...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना सहाबा (साथी) हरूलाई सोध्नुभयो: م: 3575 के तिमीहरूलाई अल्लाहको नजरमा सबैभन्दा राम्रो, सबैभन्दा सम्मानजनक, सबै...
हजरत मुआज बिन जबल (रजियल्लाहु अन्हु)द्वारा भनिएको छ: एउटा यात्रामा म अल्लाहका नबी (सल्लल्लाहु अलैहि व सल्लम)को साथमा थिएँ । हिँड्दा हिँड्दा एक दिन म...
हजरत मुआज (रजियल्लाहु अन्हु)ले भन्नु भयो: एक यात्रामा,म नबी(सल्लल्लाहु अलैहि व सल्लम)को साथमा थिएँ, र एक दिन म उहाँसँग नजिक भएँ जब हामी हिँडि रहेका थि...
आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकी छिन् : रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक रात, जब ओछ्यानमा जानुहुन्थ्यो, तब आफ्ना दुवै हत्केलाहरू एकसाथ जम्मा...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को तरीका के थियो भने जब उहाँ सुत्न ओछ्यानमा जानुहुन्थ्यो, उहाँले आफ्ना दुबै हत्केलाहरू एकसाथ जम्मा गरेर माथि उठाउनुहुन्...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : " मानिस आफ्नो ईश्वर देखि सबैभन्दा नजिक सजदा गर्दाको हालतमा हुँदा हुन्छ । त्यसैले (सजदामा) धेरै प्रार्थना गर्नु।"

अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः यो दुआ (प्रार्थना) गर्नुहुन्थ्यो: ‘रब्बना आतिना फिद्दुन्या हसनह् व फिल्-आखिरति हसनह् व किना अजा बन्नार’ अर्थात हे अल्लाह ! हामीलाई दुनियाँ र आखिरत (लोक-परलोक) दुबै ठाउँमा भलाइ प्रदान गर्नुहोस् र नर्कको आगोबाट बचाउनुहोस् ।

अबू-दर्दा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "के म तिमीहरूलाई तिम्रो सबैभन्दा राम्रो कर्म, पालनकर्ताको नजरमा सबैभन्दा प्रशंसनीय, तिम्रो दर्जालाई उच्च पार्ने, सुन र चाँदी दान गर्नु भन्दा उत्तम र शत्रुलाई भेट्नु र तिमीहरूले तिनीहरूको घाँटीमा र तिनीहरूले तिमीहरूको घाँटीमा प्रहार गर्नु भन्दा उत्कृष्ट कर्मको बारेमा नभनुं? सहाबाले भने, "(अवश्य नै) भन्नुहोस्।" उहाँले भन्नुभयो : "अल्लाहको अत्याधिक जिक्र (स्मरण) गर्नु ।"

हजरत मुआज बिन जबल (रजियल्लाहु अन्हु)द्वारा भनिएको छ: एउटा यात्रामा म अल्लाहका नबी (सल्लल्लाहु अलैहि व सल्लम)को साथमा थिएँ । हिँड्दा हिँड्दा एक दिन म उहाँको नजिक भएँ, अनि मैंने भनेँ : हे अल्लाहका रसूल ! मलाई यस्तो काम बताइ दिनु होस् जसले मलाई जन्नतमा प्रवेश गरा‍‍ओस् र जहन्नमदेखि टाढा गरि दिओस् । उहाँ (सल्लल्लाहु अलैहि व सल्लम)ले भन्नु भयो : “तिमीले मसित एउटा गंभीर प्रश्न सोध्यौ र यो उसको लागि मात्र सहज हुन्छ, जसका लागि अल्लाह सजिलो बनाइ दिनु हुन्छ । अल्लाहको उपासना गर र उहाँका साथमा कसैलाई साझी न बनाऊ । नमाज़ कायम गर । जकात देऊ, रमजानको महिनाका रोजा( ब्रत) बस र अल्लाहको घरको हज गर।" फेरि उहाँ(सल्लल्लाहु अलैहि व सल्लम) ने भन्नु भयो : "के म तिमीलाई भलाई (कल्याण)का ढोकाहरूको बारेमा न बताऊँ ? रोज़ा ढाल हो, र दानले पापहरू निभाइ दिन्छ, जसरी पानीले आगोलाई निभाएको हुन्छ । , तथा मान्छेको रातिमा पढेको नमाज (पनि कल्याणका ढोकाहरूमा एउटा हो)।" तत्पश्चात् उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) ले यो आयत पढ्नु भयो : (तिनीहरू आफ्नो ओछ्यानबाट अलग्गै रहन्छन्। तिनीहरू आफ्ना रबलाई भय एवं आशाका साथ पुकार्ने गर्छन् र हामीले प्रदान गरेका चिजहरूबाट खर्च गर्ने गर्छन् । र, कसैलाई उनीहरूले गर्ने गरेको कर्मको प्रतिदानस्वरूप उनीहरूकालागि कस्तो नेत्र–शीतलता गोप्य राखिएको छ भन्ने कुरा थाहा छैन । ) फिर उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भयो : " के म तिमीलाई दीन (इस्लाम)को आधार र उसको स्तम्भ र उसको शिर न बताइ दिऊँ ? मैंले भनेँ : अवश्य, बताइ दिनु होस् हे अल्लाहका रसूल ! उहाँले भन्नु भयो : दीनको आधार इस्लाम हो, यसका स्तम्भ नमाज हो र यसको शिर जिहाद हो।" त्यसपछि उहाँ (सल्लल्लाहु अलैहि व सल्लम)ले भन्नु भयो : "के म तिमीलाई यसको सार न बताऊँ ?" मैँले भनेँ : अवश्य, बताइ दिनु होस् हे अल्लाहका रसूल ! उहाँले आफ्नो जिब्रो समातेर भन्नु भयो: "यसलाई थामेर राख" मैले भनेँ : हे अल्लाहका नबी ! के हामीले जो बोलेका हुन्छौँ, त्यसमा पनि हाम्रो पकड़ होला ? उहाँ(सल्लल्लाहु अलैहि व सल्लम)ले भन्नु भयो : "मआज! तिम्रो आमाले तिमीलाई हराओस् ! ( वा तिम्रो आमालाई तिमीमाथि रुन परोस् । ) मान्छेहरूलाई उनीहरूको मुख घोप्ट्याएर उनीहरूको नाक घोप्ट्यार आगोमा फाल्ने उनीहरूको जिब्रोका कारणले नै त हो ।

आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकी छिन् : रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक रात, जब ओछ्यानमा जानुहुन्थ्यो, तब आफ्ना दुवै हत्केलाहरू एकसाथ जम्मा गर्नुहुन्थ्यो अनि त्यसमा फुक्नुहुन्थ्यो र "कुल हु-वल्लाहु अहद", र "कुल अऊजु बि-रब्बिल फलक" र "कुल अऊजु बि-रब्बिनास् ।" तीनवटै सुरत पढेर सकेसम्म शरीरमा दुवै हत्केलाले (मसह ) हल्का तरिकाले मुसार्नु हुन्थ्यो । आफ्नो टाउको, अनुहार र शरीरको अगाडिको भागबाट शुरुवात गर्नुहुन्थ्यो र यसरी तीन पटक गर्नु हुन्थ्यो ।

शद्दाद बिन औस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "सैय्येदुल-इस्तिग्फार" यो हो : ‘अल्लाहुम्म अन्त रब्बी, ला इलाह इल्ला अन्त्, खलक्तनी व अना अब्दुक व अना अला अह्दिक व वाअ्दिक मस्त-ताअ्-तु, अऊजुबिक मिन् शर्रि मा सनाअ्-तु, अबूउ लक बिनिअ्मतिक अलय्य व अबूउ बिजम्बी, फग्-फिर्ली फइन्नहु ला यग्फि-रूज्जुनूब इल्ला अन्त् ।’ रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले पूर्ण विश्वासका साथ बिहान उक्त दुआ पढ्छ र सोही दिन साँझ हुनु अघि उसको मृत्यु हुन्छ भने ऊ जन्नतमा प्रवेश गर्नेछ । त्यसैगरी जसले पूर्ण विश्वासका साथ राती पढ्छ र बिहान हुनु अघि उसको मृत्यु हुन्छ भने ऊ जन्नतमा जानेछ ।"

हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु) द्वारा वर्णन छ : अल्लाहका नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भयो : जब बिहान हुन्थ्यो उहाँ यो दुआ पढ्ने गर्नु हुन्थ्यो: हे अल्लाह ! तपाईँको रक्षामा हामीले बिहान गर्यौं र तपाईंकै रक्षामा हामीले साँझ गर्यौं । र तपाईँको नाममा हामी जीवित हुन्छौ र तपाईँको नाममा नै हामी मर्छौं र तपाईँ तर्फ नै उठेर जानु छ । «اللهُمَّ بِكَ أَصْبَحْنَا، وَبِكَ أَمْسَيْنَا، وَبِكَ نَحْيَا، وَبِكَ نَمُوتُ، وَإِلَيْكَ النُّشُورُ» र बेलुका भए पछि भन्नु हुन्थ्यो : " «اللهُمَّ بِكَ أَصْبَحْنَا، وَبِكَ أَمْسَيْنَا، وَبِكَ نَحْيَا، وَبِكَ نَمُوتُ، وَإِلَيْكَ النُّشُورُ» हे अल्लाह ! तपाईँको रक्षामा हामीले बिहान गर्यौं र तपाईंकै रक्षामा हामीले साँझ गर्यौं । र तपाईँको नाममा हामी जीवित हुन्छौ र तपाईँको नाममा नै हामी मर्छौं र तपाईँ तर्फ नै उठेर जानु छ । कहिले काहीँ (وَإِلَيْكَ النُّشُورُ)को ठाउँमा «وَإِلَيْكَ الْمَصِيرُ»पनि भन्नु हुन्थ्यो । "

हजरत अबान बिन उस्मान (रजियल्लाहु अन्हु) द्वारा वर्णन छ, उनी भन्छन् कि मैले उस्मान बिन अफ़्फ़ान (रज़ियल्लाहु अन्हु)ले भन्नु भएको सुनेँ कि उहाँले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम)ले भन्नु भएको सुन्नु भयो : जसले तीन पटक याे दुआ पढ्यो: " उहाँ अल्लाहको नामबाट जसको नामद्वारा धरती र आकाशमा कुनै चिजले हानी पुर्याउँदैन र उहाँ अति नै सर्वश्रोता एवं सर्वज्ञ हुनुहुन्छ।" उसमाथि बिहानसम्म कुनै विपद अचानक आउँदैन। र जसले बिहानको समयमा तीन पटक यो दुआ पढ्यो, बेलुकासम्म उसमाथि अचानक कुनै समस्या आउँदैन। वर्णनकर्ता भन्छन् कि पछि अबान बिन उसमानलाई पक्षपात भयो, र उनीसित यो हदीस सुन्ने मान्छेले हेरिरहयो। अत: अबानले उसलाई सोधे, किन तिमी मतिर हेरेको हेर्यै छौ ? अल्लाह कसम ! न मैले उस्मानतिर जोडेर झुट्टो कुरा भनेको हो न त उस्मानले अल्लाहका रसूल(सल्लल्लाहु अलैहि वसल्लम) तर्फ। वास्तवमा जुन दिन मलाई यो बिमारी लागेको थियो त्यो दिन रिसको झोकमा भएकोले यो दुआ पढ्न बिर्सिएको थिएँ ।

अब्दुल्लाह बिन खुबैब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, हामी पानी परेको अँध्यारो रातमा नमाज पढाउन रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को खोजी गर्न बाहिर निस्कियौं । उनी भन्दछन्, जब मैले उहाँलाई भेट्टाएं, उहाँले भन्नुभयो: "भन।", तर मैले केही भनिनं, त्यसैले उहाँले फेरि भन्नुभयो: "भन।", मैले अझै केही भनिनं, त्यसैले उहाँले तेस्रो पटक भन्नुभयो: "भन।" यसपटक मैले सोधेँ : के भनूँ ? उहाँले जवाफ दिनुभयो: "{कुल हुवल्लाहु अहद}, {कुल अऊ जु बि-रब्बिल फलक} र {कुल अऊ जु बि-रब्बिनास} बिहान र बेलुका तीन तीन पटक पढ । यो तिम्रो लागि हरेक कुराबाट पर्याप्त हुनेछ ।"

आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्: एउटी रात मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम)लाई आफ्नो ओछ्यानमा पाइँन। त्यसपछि म उहाँलाई खोज्न थालेँ। मेरो हात उहाँका पाउको तलवामा पर्‍यो, जो उठेको थिए, र उहाँ सजदामा हुनुहुन्थ्यो। अनि उहाँ यसो भन्दै हुनुहुन्थ्यो: " हे अल्लाह! म तपाईको क्रोधबाट बच्न तपाईको प्रसन्नतामा शरण लिन्छु, तपाईको सजायबाट बच्न तपाईको क्षमामा शरण लिन्छु। र म तपाईबाटै तपाईमा शरण लिन्छु। म तपाईको प्रशंसा गर्न असमर्थ छु, जस्तो तिमीले आफैलाई प्रशंसा गर्नुभएको छ "।

समुरह बिन जुन्दब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहको नजरमा सबैभन्दा प्रिय शब्दहरू चार हुन्: सुब्हानल्लाह (अल्लाह पवित्र हुनुहुन्छ), अल-हम्दु लिल्लाह (सम्पूर्ण प्रशंसाहरू अल्लाहका लागि हुन्), ला इलाहा इल्लल्लाह (अल्लाह बाहेक कोही सत्य ईश्वर छैन) र अल्लाहु अकबर (अल्लाह सर्वोच्च हुनुहुन्छ) ।" यी चारमध्ये तिमीले जुनसुकै बाटसुरु गरे हुन्छ ।"

अबू अय्यूब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "जसले ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु वहुव अला कुल्लि शैइन् कदीर्’ १० चोटि पढ्छ, उसले इस्माइल (अलैहिस्सलाम) को सन्तानबाट चार दासहरूलाई मुक्त गरे बराबर पुण्य पाउँछ ।