- सहाबीहरूको ज्ञान आर्जनका बारेमा जिज्ञासा, यसैका कारण उनीहरूले नबी(सल्लल्लाहु अलैहि वसल्लम) सित बारम्बार सोध्ने गर्थे ।
- सहाबीहरूको फिक्ह ( ज्ञानलाई बुझ्नु ) : किन भने उनीहरूलाई यो कुराका बारेका थाहा थियो कि आमाल ( कर्महरू) नै जन्नत ( स्वर्ग)मा प्रवेश गराउने माध्यम हुन् ।
- हजरत मुआज (रजियल्लाहु अन्हु)द्वारा गरिएको प्रश्न अति नै महान् प्रश्न हो । किन भने यो भनेको जीवनको भेद हो । त्यसैले यो संसारमा भएका चाहे मानव जात हुन् वा जिन्न, उनीहरूको अन्तिम नतिजा भनेको या त जन्नत हो वा आगो ( नर्क) । त्यसैका कारण यो प्रश्न असामान्य हुनु गएको हो ।
- इस्लामका पाँच आधारभूत कुराहरूको पालनाको प्रतिफल भनेको जन्नतमा प्रवेशको सौभाग्य प्राप्त हुनु हो । यी पाँच आधारहरू यी हुन् । दुइ गवाही ( शहादतैन),नमाज, जकात ,रोजा र हज ।
- धर्मको मूल, सबैभन्दा मूल्यवान कार्य, र उच्चतम कर्तव्य अल्लाहको एकता (तौहीद) हो, जसमा केवल उहाँको उपासना गरिन्छ र उहाँसँग कुनै साझेदार मानिंदैन।
- अल्लाहको आफ्ना भक्तहरू माथि दयाको नै नतिजा हो कि उहाँले उनीहरूका लागि कल्याणका ढोकाहरू खोलि दिनु भयो । यो उद्देश्यले कि उनीहरू सवाब र प्रतिफल पाउनका लागि र पापहरू क्षमा गरियून् भनेर धेरै भन्दा धेरै मोक्ष याचनाका कामहरू गरून् ।
- फर्ज ( अनिवार्य आदेश)हरू पूरा गरिए पछि नवाफिल ( थप कर्महरू)को माध्यमबाट अल्लाहको निकटता एवं सानिध्धय हासिल गर्ने विशेषता:
- नमाज इस्लाममा त्यस्तै स्थान राख्छ जस्तो स्तम्भले पाललाई थाम्छ। यदि नमाज हरायो भने इस्लाम समाप्त हुन्छ, जसरी स्तम्भ ढलेपछि पाल लड्छ।
- धर्म (इस्लाम)लाई नोक्सान पुर्याउने वाला हरेक कुराबाट मुख जोगाउनु पर्ने आवश्यकता ।
- मुख जोगाउनु हरेक कल्याणको जरो हो ।