अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "एक मुस्लिमको अर्को मुस्लिममाथि पाँच अधिकारहरू छन्; सल...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक मुस्लिमको अर्को मुस्लिमप्रति हुने केही अधिकारहरूको व्याख्या गर्नु भयो । पहिलो अधिकार : सलाम गर्ने व्यक्तिको सलाम...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तिमीहरूले विश्वास नगरेसम्म स्वर्गमा प्रवेश गर्न सक्द...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, आस्थावानहरू मात्र स्वर्गमा प्रवेश गर्नेछन् र एकअर्कालाई माया नगरुन्जेल नत आस्था पूर्ण हुन्छ नत मुस्लिम स...
अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे : इस्लामको सबैभन्दा राम्रो कर्म कुन ह...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सित सोधियो: इस्लामको सबैभन्दा राम्रो विशेषता के हो ? उहाँले दुईवटा विशेषता वताउनुभयो : पहिलो: गरिबहरूलाई खुवाउनु, यस...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "के म तिमीहरूलाई यस्तो कामको बारेमा नभनुँ जसद्वारा अल...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना सहाबा (साथी) हरूलाई सोध्नुभयो : के तिमीहरू यस्तो कामको बारेमा जान्न चाहन्छौं, जसद्वारा पापहरू पखालिन्छ, फरिश्ता...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहलाई बलियो मुमिन कमजोर भन्दा राम्रो र अधिक प्रि...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले प्रत्येक मुमिन राम्रो छ भनेर व्याख्या गर्नुभएको छ, तर आफ्नो ईमान, दृढ संकल्प, धन र शक्तिका अन्य पक्षहरूमा बलियो मुमिन...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "एक मुस्लिमको अर्को मुस्लिममाथि पाँच अधिकारहरू छन्; सलाम (अभिवादन) को जवाफ फर्काउने, बिरामीलाई (हालखबर लिन) भेट्न जाने, जनाजा (अन्त्येष्टि) मा सहभागी हुने, निमन्त्रणा स्वीकार गर्ने र हाछ्युँ गर्नेलाई जवाफ1 दिने ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तिमीहरूले विश्वास नगरेसम्म स्वर्गमा प्रवेश गर्न सक्दैनौ, र तिमीहरूले एकअर्काप्रति प्रेम नगरेसम्म विश्वास गर्न सक्दैनौ। के म तिमीहरूलाई यस्तो कुरामा मार्गदर्शन गरूँ, जसलाई यदि तिमीहरूले गरे, तिमीहरू एकअर्कासँग प्रेम गर्नेछौ? एकअर्कामा सलाम खुब फैलाउनु ।"

अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे : इस्लामको सबैभन्दा राम्रो कर्म कुन हो ? उहाँले जवाफ दिनुभयो: "खाना खुवाउनु अनि परिचित र अपरिचित सबैलाई सलाम (अभिवादन) गर्नु ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "के म तिमीहरूलाई यस्तो कामको बारेमा नभनुँ जसद्वारा अल्लाहले पापहरू मेटाउनुहुन्छ र दर्जाहरू उच्च पार्नुहुन्छ ?" तिनीहरूले भने, "हे अल्लाहका दूत, (अवश्य नै) भन्नुहोस्।" उहाँले भन्नुभयो : "अप्ठ्यारो भए पनि राम्रोसँग वुजू गर्नु, अत्याधिक मस्जिद जानु र एक नमाजपछि अर्को नमाजको लागि पर्खनु, यही सुरक्षाको लागि पहरेदारी हो ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहलाई बलियो मुमिन कमजोर भन्दा राम्रो र अधिक प्रिय छ, तर दुवैमा भलाई छ । तिमी आफूलाई लाभदायक हुने कुरामा ध्यान दिनुपर्छ, अल्लाहसँग मद्दत माग्नु र हरेस नखानु । कुनै विपत्ति आइपर्‍यो भने यदि मैले यो गरेको भए यो र यो हुन्थ्यो भनी नभन्नु, बरु यसो भन्नु, "कदरुल्लाहि वमा शाअ फअल" अर्थात यो अल्लाहको निर्णय हो र उहाँ जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ । किनभने "यदि" शब्दले शैतानको ढोका खोल्छ ।

अबू हुरैरह (रजियल्लाहु अन्हु)द्वारा वर्णन गरिएको छ उहाँ भन्नु हुन्छ: अल्लाहका रसूलले (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुभयो: "तिमीहरूले मध्यमार्ग अपनाऊ र सही मार्गमा लाग, र जानि राख कि तिमीहरूमध्ये कुनै पनि केवल आफ्ना कर्महरूद्वारा मुक्ति पाउन सक्दैन।" सहाबाहरूले सोधे: "हे अल्लाहका रसूल! तपाईँ पनि होइन?" उहाँले भन्नुभयो: "म पनि होइन, जबसम्म अल्लाहले मलाई आफ्नो रहमत र कृपाले ढाक्नुहुन्न।"

अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जिब्रीलले मलाई छिमेकीप्रति निरन्तर वसीयत गरीरहे यहाँसम्म कि मैले ख्याल गरे अब उनले छिटै छिमेकीलाई वारिस (उत्तराधिकारी) पनि बनाउने आदेश ल्याउनेछन्।"

अबू-दर्दा (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले आफ्नो भाइको इज्जत र मर्यादाको रक्षा गर्छ, अल्लाहले उसलाई न्यायको दिन नरकको आगोबाट बचाउनुहुनेछ ।"

अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तिमीहरूमध्ये कोही पनि मुमिन (आस्थावान) हुन सक्दैन जबसम्म उसले आफ्नो भाइको लागि त्यही मन पराउँदैन जुन उसले आफ्नो लागि पराउछ ।"

आइशा (रजियल्लाहु अन्हा) जो कि पैगम्बर (स.) कि पत्नी हुन्ले, उनले बयान गरेकी छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "दया र नरमपनाले हर कुरालाई सुन्दर बनाउँछ र यसलाई हटाइयो भने कुरूप र दोषपूर्ण बनाउँछ ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "निश्चय नै धर्म सहज छ, र जो कोही पनि यसलाई कठोर रूपमा अपनाउन खोज्छ भने, धर्म उसमाथि भारी पर्नेछ। त्यसैले सधैं सही मार्गमा रह, सन्तुलन कायम राख, र खुशीको खबर प्राप्त गर। बिहान, साँझ, र रातको केही समयमा अल्लाहसँग सहयोग माग्दै आफ्नो यात्रामा लाग।"

अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "सजिलो बनाउ, कठिन नबनाउ। खुसीको खबर सुनाउ, घृणा पैदा नगर।"