- मस्जिदमा सामूहिक नमाज कायम गर्नको महत्त्व, नमाजमा ध्यान दिनु र यसलाई कदापी बेवास्ता नगर्नु ।
- नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना साथीहरूलाई ठूलो सवाब (पुण्य) बारे प्रश्न सोधेर उत्साहित बनाउनुभयो र यो शिक्षाको एक उत्कृष्ट तरिका हो ।
- प्रश्न र उत्तरको शैलीमा केही कुरा प्रस्तुत गर्दा मानिसको मन मस्तिष्कमा त्यो असर गर्दछ ।
- इमाम नववी (रहिमहुल्लाहु) ले रिबात (पहरेदारी) को अर्थ स्पष्ट पार्दै भनेका छन्: यो उत्तम रिबात (पहरेदारी) हो । वास्तवमा, रिबात (पहरेदारी) भनेको आफुलाई सीमित गर्नु हो, मानौं उसले यस आज्ञाकारिताको लागि आफूलाई कैद गरेको छ । अर्को अर्थ: जसरी जिहादलाई आत्मको जिहाद भनिएको छ त्यसरी यसलाई उत्तम रिबात (पहरेदारी) भनिएको हो । अर्को अर्थ: उपलब्ध र सम्भव हरेक रिबात (पहरेदारी) लाई यसमा समावेश गरिएको हो ।
- यो कामको महिमा र उत्कृष्टताले गर्दा "रिबात" शब्दलाई दोहोर्याइएको छ र साथै ‘अल’ पनि थपिएको हो ।