जसले आफ्नो भाइको इज्जत र मर्यादाको रक्षा गर्छ, अल्लाहले उसलाई न्यायको दिन नरकको आगोबाट बचाउनुहुनेछ ।...
अबू-दर्दा (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले आफ्नो भाइको इज्जत र मर्यादाको रक्षा गर्छ, अल्लाहले उसलाई न्यायको दिन नरकको आगोबाट बचाउनुहुनेछ ।"
तिर्मीजी र अहमदले वर्णन गरेका छन्
Explanation
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले आफ्नो मुस्लिम भाइको अनुपस्थितिमा उसको इज्जत र मर्यादाको रक्षा गर्दछ, अल्लाहले न्यायको दिन उसलाई सजायबाट टाढा राख्नुहुन्छ ।
Hadeeth benefits
मुस्लिमहरूको इज्जत र प्रतिष्ठामा हानि पुर्याउने कुनै पनि कुरा बोल्न निषेध गरिएको छ ।
मानिसलाई उसको कर्म अनुसार बदला दिइन्छ। तसर्थ, जसले आफ्नो भाइको इज्जतको रक्षा गर्छ, अल्लाहले उसलाई नरकको आगोबाट बचाउनुहुनेछ ।
इस्लाम आपसी भाइचारा र सहयोगको धर्म हो ।
Share
Use the QR code to easily share the message of Islam with others