- इस्लामिक कानूनको सहजता र सहिष्णुताले गर्दा हामीलाई अति र लापरवाही बीचको मध्य मार्ग अपनाउन आदेश दिइएको छ ।
- भक्तले सकेसम्म अनिवार्य काम अतिश्योक्ति वा सुस्ती बिना गर्नुपर्छ ।
- भक्तले उपासनामा सक्रिय हुनका लागि उत्कृष्ट समयहरू छान्नुपर्छ र यी तीन समयहरूमा शरीर उपासनाको लागि सक्रिय हुन्छ ।
- इब्न हजर अल-अस्कलानीले भने: मानौं, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यात्रीलाई सम्बोधन गर्नुभएको हो । यी तीन समय यात्रीको लागि उत्तम भएकोले उहाँले यसबारे सचेत गर्नुभयो; किनकि यदि यात्रीले दिनरात यात्रा गर्यो भने थाक्छ र अशक्त हुन्छ, तर यदि उसले यी सक्रिय समयमा हिड्ने कोसिस गर्यो भने बिना कठिनाई लगातार यात्रा गर्न सक्षम हुनेछ ।
- इब्न हजरले भने: यस हदीसमा शरियतले दिएको छुटको प्रयोग गर्नतर्फ संकेत गरिएको हो, किनकि छुटको ठाउँमा पुरै अमल गर्नु नियमको उल्लङ्घन हो, जस्तै पानी प्रयोग गर्न नसक्ने अवस्थामा तयम्मुम त्याग्नु र पानीको प्रयोग गर्नु जो उसको लागि हानीकारक छ ।
- इब्नुल-मुनीरले भने: यो हदीस, नबी (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहको साँचो रसूल हुनुहुन्छ भन्ने कुराको एक प्रमाण हो । हामीले र हामी भन्दा पहिलेका मानिसहरूले देखेका छन्, जसले धर्ममा अतिशयोक्ति गर्छ ऊ आफैं परास्त हुन्छ । यसको मतलब पूर्ण तरिकाले उपासना नगर्नु कदापी होइन, किनकि यो एक प्रशंसनीय कार्य हो, तर जसले सुन्नत (अतिरिक्त) मा अति गर्छ र अफजल (उत्कृष्ट) लाई बेवास्ता गर्छ वा अनिवार्य उपासनालाई समय भन्दा ढिलो गर्दछ, जस्तैः रातभरि नमाज पढेर रात बिताउने र फज्रको नमाज जमातका साथ नपढ्ने वा सूर्योदयपछि पढ्ने इत्यादि ।