उबै बिन काअ्ब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "हे अबुल मुन्जिर! के तिमीलाई थाहा छ, अल्लाहको पुस्त...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उबै बिन काअ्ब (रजियल्लाहु अन्हु) सगँ अल्लाहको पुस्तकको सबैभन्दा महान् आयातको बारेमा सोध्नु भयो र उनी जवाफ दिन हिचकिच...
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले रातमा सूरह अल-बकरहको अन्तिम दुईवटा आयत...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुहुन्छ, जसले रातमा सूरह बकरहको अन्तिम दुई आयत पढ्छ, अल्लाहले उसलाई दुष्ट र अप्रिय चीजहरू बाट बचाउँछन्। यो उनको लागि...
नोअ्मान बिन बशीर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो: "दुआ (प्रार्थना) न...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दुआ (प्रार्थना) उपासना हो भनेर भन्नु भएको छ । तसर्थ, दुआ (प्रार्थना) केवल अल्लाहको लागि हुनुपर्छ । चाहे त्यो सामान्य...
आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्: नबी (सल्लल्लाहु अलैहि वसल्लम) हरेक समय र परिस्थितिमा अल्लाहलाई याद(स्मरण) गर्नुहुन्थ्यो ।
आइशा (रजियल्लाहु अन्हा) भन्छिन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहको जिक्र गर्न धेरै उत्सुक हुनुहुन्थ्यो । उहाँ जहिले पनि हरेक समय, हरेक ठाउँ र हरे...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहको नजरमा प्रार्थना भन्दा सम्मानित र महान अरु क...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दुआ (प्रार्थना) भन्दा राम्रो कुनै उपासना छैन भनेर भन्नुभयो । किनकि यसमा एकातिर अल्लाहको निरपेक्षता र सम्पन्नता छ भने...
उबै बिन काअ्ब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "हे अबुल मुन्जिर! के तिमीलाई थाहा छ, अल्लाहको पुस्तकको कुन आयत (श्लोक) सबैभन्दा महान् हो ?" उनले भने: अल्लाह र उहाँका रसूललाई राम्रोसँग थाहा छ । उहाँले (दोस्रो पटक) सोध्नुभयो: "हे अबुल मुन्जिर! के तिमीलाई थाहा छ, अल्लाहको पुस्तकको कुन आयत (श्लोक) सबैभन्दा महान हो ?" उनी भन्छन्, मैले भने: {अल्लाहु लाइला-ह इल्ला हुवल-हय्युल कय्यूम} [सूरह अल-बकरह : २५५] उनी भन्छन् : यो सुनेर उहाँले मेरो छाती थपथप्याउनु भयो र भन्नुभयो: "अल्लाहको कसम! हे अबुल मुन्जिर! तिम्रो लागि यो ज्ञान श्रेयस्कर होस् ।"
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले रातमा सूरह अल-बकरहको अन्तिम दुईवटा आयत पढ्छ, यी दुई आयतहरु उसको लागि पर्याप्त हुन्छन् ।"
नोअ्मान बिन बशीर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो: "दुआ (प्रार्थना) नै उपासना हो ।" त्यसपछि उहाँले यो श्लोक पढ्नुभयो : "तिम्रो प्रभुले भन्नुभएको छ: मलाई पुकार, म तिम्रो प्रार्थना स्वीकार गर्नेछु । निस्सन्देह, मेरो उपासनादेखि विमुख हुनेहरू चाँडै अपमानित हुनेछन् र नरकमा प्रवेश गर्नेछन् ।" [सूह गाफिर: ६०]
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहको नजरमा प्रार्थना भन्दा सम्मानित र महान अरु केही छैन ।"
अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनी भन्छन्: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः निम्न दुआ गर्नुहुन्थ्यो : ‘या मुकल्लिबल-कुलूब, सब्बित कल्बी अला दीनिक’ अर्थ : "हे हृदयहरू परिवर्तन गर्ने! मेरो हृदयलाई तपाईंको धर्ममा अडिग बनाउनुहोस् ।" मैले भने: हे अल्लाहका रसूल! हामीले तपाईं र तपाईंले ल्याउनुभएको धर्ममा विश्वास गरेका छौं । तैपनि तपाईं हाम्रो मामिलामा डराउनुहुन्छ? उहाँले भन्नुभयो: "हो, निस्सन्देह हृदयहरू अल्लाहका दुई औंलाहरू बीचमा छन् । उहाँले तिनीहरूलाई जसरी चाहनुहुन्छ फेर्नुहुन्छ ।"
हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु)को वर्णन छ, भन्नु हुन्छ : अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) यो दुआ पढ्ने गर्नु हुन्थ्यो : " हे अल्लाह ! मेरो ( दीन ) धर्मलाई ठीक राखि दिनु होस् , मेरो हालतको सुरक्षा सुनिश्चित गर्नुहोस् र मेरो दुनियाँलाई ठीक गरि दिनु होस्, जसमा मेरो जीवनयापन छ र मेरो परलोकको जीवनलाई ठीक गरि दिनु होस्, जहाँ मैले फर्कनु पर्छ र मेरो जीवनलाई हरेक भलाइको वृद्धिको कारण बनाइ दिनु होस् र मेरो मृत्युलाई मेरा लागि हरेक अनिष्टबाट मुक्ति दिने माध्यम बनाइ दिनु होस् ।"
«اللهُمَّ أَصْلِحْ لِي دِينِي الَّذِي هُوَ عِصْمَةُ أَمْرِي، وَأَصْلِحْ لِي دُنْيَايَ الَّتِي فِيهَا مَعَاشِي، وَأَصْلِحْ لِي آخِرَتِي الَّتِي فِيهَا مَعَادِي، وَاجْعَلِ الْحَيَاةَ زِيَادَةً لِي فِي كُلِّ خَيْرٍ، وَاجْعَلِ الْمَوْتَ رَاحَةً لِي مِنْ كُلِّ شَرٍّ».
हजरत इब्ने उमर (रजियल्लाहु अन्हु) द्वारा वर्णन छ: भन्नु हुन्छ: बिहान बेलुका अल्लाहका रसूल(सल्लल्लाहु अलैहि व सल्लम) यी दुआहरू गर्न छोड्नु हुन्थेन:
अनुवाद : हे अल्लाह ! म तपाईँसित यस संसार र परलोकको कल्याणको माग गर्दछु । हे अल्लाह ! म आफ्नो धर्म स्वास्नी केटाकटी र धनमालमा भलो होस् भनि माग गर्छु । हे अल्लाह ! म तपाईँसित मेरो धर्म, मेरो संसार, मेरो परिवार र मेरो धनमा क्षमा र कल्याणको माग गर्दछु । हे अल्लाह ! मेरा गोप्य अंगहरू वा मेरा गुप्त अङ्गहरूको पर्दा गरि दिनु होस् र मलाई डर र खतराका चीजहरूबाट सुरक्षित राखि दिनु होस् । हे अल्लाह ! मलाई मेरो अगाडिबाट, मेरो पछाडिबाट, मेरो दायाँबाट, मेरो बायाँबाट र मेरो माथिबाट बचाउनु होस्। म तपाईंको महानताद्वारा पत्ता नै नपाइ तलतिरबाट मारिनदेखि शरण चाहन्छु ।"
«اللَّهُمَّ إِنِّي أَسْأَلُكَ الْعَافِيَةَ فِي الدُّنْيَا وَالْآخِرَةِ، اللَّهُمَّ إِنِّي أَسْأَلُكَ الْعَفْوَ وَالْعَافِيَةَ فِي دِينِي وَدُنْيَايَ وَأَهْلِي وَمَالِي، اللَّهُمَّ اسْتُرْ عَوْرَتِي -أَو: عَوْرَاتِي- وَآمِنْ رَوْعَاتِي، اللَّهُمَّ احْفَظْنِي مِنْ بَيْنِ يَدَيَّ، وَمِنْ خَلْفِي، وَعَنْ يَمِينِي، وَعَنْ شِمَالِي، وَمِنْ فَوْقِي، وَأَعُوذُ بِعَظَمَتِكَ أَنْ أُغْتَالَ مِنْ تَحْتِي».
उम्मुल् मुमिनीन (आस्थावानहरूकि आमा) हजरत आइशा (रजियल्लाहु अन्हा) द्वारा वर्णन छ: अल्लाहका रसूल(सल्लल्लाहु अलैहि व सल्लम)ले हामीलाई यो दुआ सिकाउनु भयो : "हे अल्लाह ! म तपाईँसित यो संसार र परलोकका सबै कल्याणहरू माग्दछु, जो मलाई थाहा छन् वा जो मलाई थाहा छैनन् । अनि म तपाईँसित यस लोक र परलोकका सबै खराबीहरूबाट तपाईँको शरण माग्दछु, जो मलाई थाहा छन् वा जो मलाई थाहा छैनन्। हे अल्लाह ! म तपाईँसित त्यो कल्याणको माग गर्दछु जो तपाईँका भक्त र तपाईँका नबीले माग्नु भएको छ र म तपाईँसित तपाईँको शरण माग्दछु त्यो खराबीबाट जसदेखि तपाईँसित तपाईँका भक्त र नबीले शरण माग्नु भएको छ । हे अल्लाह ! म तपाईँसित जन्नत (स्वर्ग) माग्दछु र त्यो कर्म र बोलको पनि जसले मलाई जन्नत(स्वर्ग) नजिक पुर्याउँछ र म तपाईँसित आगो (नरक)देखि शरण माग्दछु र त्यस बोल र कर्मबाट जो नरक नजिक गर्छ । यसरी नै म तपाईँसित मेरा हकमा भएका हरेक फैसलाहरूलाई भलो बनाइ दिनु हुने माग गर्दैछु । "
«اللَّهُمَّ إِنِّي أَسْأَلُكَ مِنْ الْخَيْرِ كُلِّهِ، عَاجِلِهِ وَآجِلِهِ، مَا عَلِمْتُ مِنْهُ وَمَا لَمْ أَعْلَمْ، وَأَعُوذُ بِكَ مِنْ الشَّرِّ كُلِّهِ، عَاجِلِهِ وَآجِلِهِ، مَا عَلِمْتُ مِنْهُ وَمَا لَمْ أَعْلَمْ، اللَّهُمَّ إِنِّي أَسْأَلُكَ مِنْ خَيْرِ مَا سَأَلَكَ عَبْدُكَ وَنَبِيُّكَ، وَأَعُوذُ بِكَ مِنْ شَرِّ مَا عَاذَ بِهِ عَبْدُكَ وَنَبِيُّكَ، اللَّهُمَّ إِنِّي أَسْأَلُكَ الْجَنَّةَ، وَمَا قَرَّبَ إِلَيْهَا مِنْ قَوْلٍ أَوْ عَمَلٍ، وَأَعُوذُ بِكَ مِنْ النَّارِ، وَمَا قَرَّبَ إِلَيْهَا مِنْ قَوْلٍ أَوْ عَمَلٍ، وَأَسْأَلُكَ أَنْ تَجْعَلَ كُلَّ قَضَاءٍ قَضَيْتَهُ لِي خَيْرًا»
अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "निश्चय नै कपडा जसरी पुरानो हुन्छ त्यसरी तिमीहरूको हृदयमा ईमान (आस्था) पनि पुरानो हुँदै जान्छ। त्यसैले अल्लाहसँग हृदयको ईमानलाई सधैँ नयाँ बनाइरहनुको निमित्त प्रार्थना गर्दै गर्नु ।
अब्बास बिन अब्दुल मुत्तलिब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "जसले अल्लाहलाई आफ्नो पालनकर्ताको रूपमा, इस्लामलाई धर्मको रूपमा र मुहम्मद लाई रसूलको रूपमा स्वीकार गर्दछ, उसले आस्थाको स्वाद पायो ।"
हजरत मुआज बिन जबल ( रजियल्लाहु अन्हु) द्वारा बयान छ ; अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उहाँको हात समात्नु भयो र भन्नु भयो; " हे मुआज ! अल्लाह कसम ! म तिमीलाई माया गर्छु । " हे मुआज म तिमीलाई अर्ती दिँदैछु कि हरेक फर्ज नमाज पछि यो पढ्न न छोड्नु , " अल्लाहुम्म अइन्नी अला जिक्रिक व शुक्रिक व हुस्नि इबादतिक " (अनुवाद ; हे अल्लाह ! मेरो मद्दत गरि दिनुहोस् तपाईँको जिक्रमा र तपाइँको आभारमा र तपाईँको उत्तम उपासनामा )