- मान्छेले आफ्नो परिवारलाई धार्मिक र सांसारिक मामिलाहरूमा के कुराले फाइदा पुर्याउँछ भनेर सिकाउँनु, जसरी नबी(सल्लल्लाहु अलैहि व सल्लम)ले हजरत आइशा (रजियल्लाहु अन्हा) लाई सिकाउनु भयो ।
- मुसलमान को लागी नबी(सल्लल्लाहु अलैहि व सल्लम)द्वारा भनिएका दुआहरू याद गर्नु सबै भन्दा उत्तम हुन्छ । किन भने यी दुआहरू संक्षिप्त दुआहरूमध्येका हुन् ।
- उलमाहरूले यस हदीसको बारेमा भन्नु भएको छ: यो भलाई माग्नका लागि र खराबीहरूबाट शरण चाहने सन्दर्भमा सबैभन्दा व्यापक हदीस हो र यो नबी(सल्लल्लाहु अलैहि व सल्लम)लाई दिइएका सबै भन्दा संक्षिप्त शब्दहरू मध्ये एक हो ।
- अल्लाहको कृपा पछि स्वर्गमा प्रवेश गर्ने एउटा कारण, सत्कर्म र सत् वचनहरू हुन् ।