अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले, एक व्यक्तिले आफ्नो भाइलाई ‘हया’ लाजको बारेमा उपदेश दिरह...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले एक व्यक्तिले आफ्नो भाइलाई धेरै लाज नमान्ने सल्लाह दिइरहेको सुन्नुभयो, त्यसैले उहाँले लाज ईमानको एक अंश हो र यो व्यक्त...
मिकदाम बिन माअ्दिकरिब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "यदि कुनै मानिसले आफ्नो भाइसँग माया गर्दछ भ...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आस्थावानहरू बीचको सम्बन्धलाई बलियो बनाउन र तिनीहरू भित्र आपसी प्रेमको वातावरण सिर्जना गर्न एउटा कारण उल्लेख गर्नुभएक...
जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "हर भलाइ र उपकार दान हो ।"
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अरूलाई फाइदा पुर्याउने हरेक प्रकारको उपकार र प्रयास, चाहे त्यो वचनले होस् वा कुनै कर्म गरेर होस्, त्यो...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मानिसको शरीरको हरेक जोर्नीमा एक प्रकारको दानको हक ला...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले व्याख्या गर्नुभएको छ, प्रत्येक मुस्लिमले प्रत्येक दिन आफ्नो हड्डीको हरेक जोर्नीप्रति अल्लाहले गर्नुभएको उपकार र कल्या...
अबू-बर्जह अल्-अस्लमी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “कयामतको दिन कुनै पनि व्यक्तिको खुट्टा तबसम...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, कयामतको दिन, कुनै पनि व्यक्तिले हिसाबकिताबको मैदानबाट स्वर्ग वा नरकमा जानेछैन जबसम्म उसलाई यी कुराहररूको...
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले, एक व्यक्तिले आफ्नो भाइलाई ‘हया’ लाजको बारेमा उपदेश दिरहेको सुने, त्यसैले उहाँले भन्नुभयो: "हया (लाज) ईमानको एक भाग हो ।"
मिकदाम बिन माअ्दिकरिब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "यदि कुनै मानिसले आफ्नो भाइसँग माया गर्दछ भने, उसले बताऒस् कि ऊ सँग माया गर्दछ" ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मानिसको शरीरको हरेक जोर्नीमा एक प्रकारको दानको हक लाग्छ। प्रत्येक दिन, जब सूर्य उदाउँछ, दुई जनाबीच न्याय गर्नुले दानको रूपमा गनिन्छ। कुनै मानिसलाई उसको सवारीमा चढ्न मद्दत गर्नु, या उसलाई सामान उठाएर राख्न सहयोग गर्नु पनि दान हो। राम्रो शब्द बोल्नु दान हो। नमाजतर्फ उठाइएको हरेक पाइला दान हो। अनि बाटोबाट हानिकारक चीज हटाउनु पनि दान हो।"
अबू-बर्जह अल्-अस्लमी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “कयामतको दिन कुनै पनि व्यक्तिको खुट्टा तबसम्म हल्लिने पनि छैनन् जबसम्म उसलाई उसको उमेरको बारेमा सोधिने छैन, उसले आफ्नो जीवन कसरी बितायो र के मा खर्च गर्यो - उसको ज्ञानको बारेमा सोधिने छैन, उसले ज्ञान अनुसार अमल गर्यो कि गरेन - उसको सम्पत्तिको बारेमा सोधिने छ, उसले कहाँबाट कमायो र कहाँ खर्च गर्यो - उसको शरीरको बारेमा सोधिने छैन, उसले आफ्नो यौवनलाई कहाँ खर्च गर्यो ।”
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : “विधुवा, एकल महिला, गरीब र दीन-दु:खीहरूको हेरचाह र सेवा गर्ने व्यक्ति जिहाद (धर्म युद्ध) गर्ने वा दिउँसो ब्रत बस्ने र राती सलाह पढ्ने व्यक्ति सरह हो ।”
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "जो अल्लाह र अन्तिम दिनमा विश्वास गर्दछ, उसले राम्रो बोलोस् वा मौन बसोस्, जसले अल्लाह र अन्तिम दिनमा विश्वास गर्दछ, उसले आफ्नो छिमेकीको सम्मान गरोस् र जसले अल्लाह र अन्तिम दिनमा विश्वास गर्दछ उसले आफ्नो अतिथिको सम्मान गरोस् ।"
अबू-जर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "कुनै पनि राम्रो कामलाई कहिले पनि तुच्छ नठान्नु, चाहे त्यो आफ्नो भाइलाई मुसुक्क हाँसेर भेट्नु नै किन नहोस ।"
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तिमीहरूले सत्य बोल्नु पर्छ, किनकि सत्यले धर्मको बाटो देखाउँछ र धार्मिकताले पक्कै स्वर्गमा पुर्याउँछ । मानिस सधैं सत्य बोल्छ र सत्यको खोजीमा रहन्छ, यहाँसम्म ऊ अल्लाहको नजिक सिद्दीक (सत्यवान) लेखिन्छ । तिमीहरू झूट बोल्नबाट जोगिनुपर्छ, किनकि झूटले पापको बाटो देखाउँछ र पापले नरकमा लैजान्छ । मानिस सधैं झूट बोल्छ र झूटको खोजीमा रहन्छ, यहाँसम्म ऊ अल्लाहको नजिक झूठो घोषित गरिन्छ ।
जरीर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : " जसले मानिसहरूप्रति दया गर्दैन, अल्लाहले उप्रति दया गर्नुहुन्न ।"
अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मुस्लिम त्यो हो जसको जिब्रो र हातबाट मुस्लिमहरू सुरक्षित छन् र मुहाजिर त्यो हो जसले अल्लाहले निषेध गर्नुभएको कुरालाई त्याग्छ ।"