- आपसी सहयोग, एकअर्कालाई मद्दत र कमजोरहरूको आवश्यकताहरू पूरा गर्न प्रोत्साहन ।
- हरेक असल कार्यलाई उपासनामा समावेश गरिन्छ । विधवा र गरिबलाई सहयोग गर्नु पनि उपासना हो ।
- इब्न-ए-हुबैरा भन्छन्: यसको अर्थ भनेको अल्लाहले उसलाई एक साथ उपवास बस्ने, तहज्जुद पढ्ने र अल्लाहको मार्गमा युद्ध गर्ने व्यक्ति बराबर पुरस्कृत गर्नुहुन्छ; किनभने उनले पति जस्तै विधवाहरूको हेरचाह गरे, आफूमाथि खर्च गर्न नसक्ने गरिबहरूमा आफ्नो अतिरिक्त सम्पत्ति खर्च गरे र आफ्नो श्रम दान गरे, त्यसैले उनको नेकी रोजा, तहज्जुद र अल्लाहको मार्गमा युद्ध गर्ने व्यक्ति बराबर हुन्छ ।