उक्बह बिन आमिर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "पूरा गर्न सबैभन्दा उचित शर्त भनेको त्यो वाचा हो,...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, पूरा गर्नको लागि सबैभन्दा उचित शर्त भनेको त्यो वाचा हो, किनभने त्यो शर्तले महिलाको गोप्य अंगलाई हलाल (व...
अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "यो संसार अस्थायी सुख हो, र संसारको सबैभन्...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको छ, संसार र यसमा भएका सबै चीजहरू वास्तवमा लाभदायक साथै अस्थायी सुख हो, त्यसपछि यसको अन्त्य हुन्छ । यस संसा...
जरीर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई (महिला माथि) पर्न गएको अचानक नजर को बारेमा सोधें, उह...
जरीर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हु) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई अनजानमा पर महिलामाथि पर्न गएको अचानक नजरको बारेमा सोधें, उहाँले उनलाई थाह...
अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सिङ्ग भएका दुईवटा ठूला भेडाहरूको कुर्बानी (बलिदान) दिनुभयो । उहाँले दुवैको...
अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले ईदुल-अज्हाको दिन कालो र सेतो रङ्मग मिसिएको र सिङहरू भएका दुईवटा नर भेडाहरूक...
अब्दुर रहमान बिन अबु लैलाले बयान गरेका छन्, उनीहरू हुजैफा (रजियल्लाहु अन्हु) सँग थिए । उनले पिउनको लागि पानी मागे, एउटा मजुसीले उनलाई पानी दियो । जब उ...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले पुरुषहरुलाई सबै प्रकारको रेशमको लुगा लगाउन निषेध गर्नुभयो । जबकि उहाँले महिला र पुरुष दुवैलाई सुन चाँदीको भाँडामा खान...
उक्बह बिन आमिर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "पूरा गर्न सबैभन्दा उचित शर्त भनेको त्यो वाचा हो, जसद्वारा तपाईंले महिलाको गोप्य अंगलाई हलाल (वैध) बनाउनुभएको छ ।"
अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "यो संसार अस्थायी सुख हो, र संसारको सबैभन्दा राम्रो सुख धर्मपरायण स्त्री हो।"
जरीर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई (महिला माथि) पर्न गएको अचानक नजर को बारेमा सोधें, उहाँले मलाई आफ्नो नजर फर्काउन आदेश दिनुभयो ।
अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सिङ्ग भएका दुईवटा ठूला भेडाहरूको कुर्बानी (बलिदान) दिनुभयो । उहाँले दुवैको घाँटीको छेउमा खुट्टा राखेर बिस्मिल्लाह, अल्लाहु अकबर भनेर आफ्नो हातले जबह (वध) गर्नुभयो ।
अब्दुर रहमान बिन अबु लैलाले बयान गरेका छन्, उनीहरू हुजैफा (रजियल्लाहु अन्हु) सँग थिए । उनले पिउनको लागि पानी मागे, एउटा मजुसीले उनलाई पानी दियो । जब उसले उनको हातमा पानीको प्याला (कचौरा) राख्यो, उनले उसलाई त्यसैले हिर्काए र भने: मैले उसलाई एक दुई पटक निषेध नगरेको भए मैले यसो गर्ने थिइनँ । उनले के भन्न खोजे भने: मैले त्यत्तिकै त्यसो गरेको होइन । मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनेको छु, उहाँले भन्नुभयो: “रेशम र दिबाज (बाक्लो रेशमी वस्त्र) नलगाउनुहोस्, सुन र चाँदीको भाँडाहरूमा नपिउनुहोस् र तिनीहरूका थालहरूमा नखानुहोस् । किनभने यो तिनीहरूका लागि यस लोकमा हो र हाम्रो लागि परलोकमा हो ।"
अली (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तीन व्यक्तिहरूबाट कलम उठाइएको छ: सुतिरहेको व्यक्तिबाट नब्युँझुन्जेलसम्म, नाबालकबाट बालिग नहुन्जेलसम्म र पागलबाट चेतना नआउन्जेलसम्म ।"
इब्ने उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले क़ज़ा (अर्थात् टाउकोका केही भागमा मात्रै कपाल मुण्डन गर्ने) निषेध गर्नुभएको छ ।
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “एक पुरुषले अर्को पुरुषको गुप्तांगलाई हेर्नु हुँदैन। त्यसैगरी एक महिलाले अर्को महिलाको गुप्तांगलाई पनि हेर्नु हुँदैन । एक पुरुषले अर्को पुरुषसँग एउटै कपडामा सुत्नु हुँदैन । त्यसैगरी एक महिलाले अर्को महिलासँग एउटै कपडामा सुत्नु हुँदैन ।”
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) न त अश्लील हुनुहुन्थ्यो न त फोहोरी कुरा गर्न वा नराम्रो भाषा प्रयोग गर्ने व्यक्ति हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो: "तिमीहरूमध्ये सबैभन्दा राम्रो त्यो हो जसको नैतिकता उत्तम छ ।"
आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें : "मुमिनले आफ्ना राम्रा चरित्र र व्यवहारका कारण दिनभरी व्रत बस्ने र राती तहज्जुदको नमाज पढ्ने व्यक्तिको स्थान प्राप्त गर्दछ ।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "सबैभन्दा पूर्ण मुमिन (आस्थावान) त्यो हो जसको व्यवहार राम्रो छ र तिमीहरु मध्ये सबैभन्दा राम्रो त्यो हो जो आफ्नो महिलाहरु (छोरी/स्वास्नी)प्रति राम्रो हुन्छ ।"