- इस्लामले मानवको दैनिक व्यवहारलाई श्रेष्ठ र पूर्ण बनाउनमा धेरै ध्यान दिएको छ ।
- राम्रा व्यवहारको महत्व यति धेरै छ, यसबाट मानिसले निरन्तर व्रत बस्ने र थकित नभई तहज्जुद पढ्ने व्यक्तिको दर्जा प्राप्त गर्छ ।
- दिनमा व्रत बस्नु र राति तहज्जुद पढ्नु दुवै महान् कर्म हुन्, जसका लागि आत्माले ठूलो कष्ट सहनुपर्ने हुन्छ । तर राम्रो व्यवहार भएको व्यक्ति यी दुई कार्य गर्ने व्यक्तिको बराबर हुन्छ, किनकि आफूलाई राम्रो व्यवहारमा लगाउनु संघर्षको काम हो।