/ “एक पुरुषले अर्को पुरुषको गुप्तांगलाई हेर्नु हुँदैन। त्यसैगरी एक महिलाले अर्को महिलाको गुप्तांगलाई पनि हेर्नु हुँदैन ।...

“एक पुरुषले अर्को पुरुषको गुप्तांगलाई हेर्नु हुँदैन। त्यसैगरी एक महिलाले अर्को महिलाको गुप्तांगलाई पनि हेर्नु हुँदैन ।...

अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “एक पुरुषले अर्को पुरुषको गुप्तांगलाई हेर्नु हुँदैन। त्यसैगरी एक महिलाले अर्को महिलाको गुप्तांगलाई पनि हेर्नु हुँदैन । एक पुरुषले अर्को पुरुषसँग एउटै कपडामा सुत्नु हुँदैन । त्यसैगरी एक महिलाले अर्को महिलासँग एउटै कपडामा सुत्नु हुँदैन ।”
मुस्लिमले वर्णन गरेका छन्

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले एक पुरुषले अर्को पुरुषको गुप्तांगलाई हेर्न वा एक महिलाले अर्को महिलाको गुप्तांगलाई हेर्न निषेध गर्नुभएको छ । हदीसमा उल्लेखित अरबी शब्द "औरह" (पर्दा) ले शरीरको त्यो भागलाई जनाउँछ, जुन देख्दा लाज लाग्छ । पुरुषको पर्दा : नाभि र घुँडा बीचको भाग हो । जबकि महिलाको सम्पूर्ण शरीर गैर-महरम पुरुषहरूका लागि पर्दा हो । तर महिला र महरम पुरुषहरूको अगाडि उनले शरीरका ती अंगहरू प्रकट गर्न सक्छन्, जुन सामान्यतया घरमा काम गर्दा देखिन्छ । नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले एक पुरुषले अर्को पुरुषसँग एउटै लुगामा वा एउटै कम्बलमा नग्न बस्न वा एक महिलाले अर्को महिलासँग एउटै लुगामा वा एउटै कम्बलमा नग्न बस्न निषेध गर्नुभयो । किनभने यसले एकअर्काको गोप्य अंग छोएको हुन सक्छ र छुन पनि हेर्ने जस्तै निषेधित छ । बरु यो झन् खतरनाक हो, किनभने यसले धेरै ठूलो खराबीहरू निम्त्याउन सक्छ ।

Hadeeth benefits

  1. गोप्य अंग हेर्न प्रतिबन्ध छ । तर श्रीमान् र श्रीमती यसबाट मुक्त छन् ।
  2. इस्लाम धर्मले समाजको शुद्धता र अनैतिकतातर्फ लैजाने सबै बाटोहरू बन्द गरेको छ ।
  3. उपचार वा यस्तै प्रकारको आवश्यकता परेमा गोप्य अंग हेर्ने अनुमति छ । तर सर्त के छ भने त्यो इच्छा (चाहना) रहित हुनुपर्छ ।
  4. मुस्लिमलाई आफ्नो गुप्तांग ढाक्न र अरूको गुप्तांगदेखि नजर तल गर्न आदेश दिइएको छ ।
  5. पुरुषसँग पुरुष र महिलासँग महिलामा प्रतिबन्ध विशेष गरी केन्द्रित गरिएको छ; किनभने त्यहाँ गोप्य अंगहरू खुल्ने वा त्यसमा आँखा पर्ने सम्भावना बढी हुन्छ ।