/ नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सिङ्ग भएका दुईवटा ठूला भेडाहरूको कुर्बानी (बलिदान) दिनुभयो । उहाँले दुवैको घाँटीको छेउमा खुट्टा राखेर बिस्मिल्लाह, अल्लाहु अकबर भनेर आफ्नो हातले जबह (वध) गर्नुभयो ।...

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सिङ्ग भएका दुईवटा ठूला भेडाहरूको कुर्बानी (बलिदान) दिनुभयो । उहाँले दुवैको घाँटीको छेउमा खुट्टा राखेर बिस्मिल्लाह, अल्लाहु अकबर भनेर आफ्नो हातले जबह (वध) गर्नुभयो ।...

अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सिङ्ग भएका दुईवटा ठूला भेडाहरूको कुर्बानी (बलिदान) दिनुभयो । उहाँले दुवैको घाँटीको छेउमा खुट्टा राखेर बिस्मिल्लाह, अल्लाहु अकबर भनेर आफ्नो हातले जबह (वध) गर्नुभयो ।
मुत्तफकुन अलैहि

Explanation

अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले ईदुल-अज्हाको दिन कालो र सेतो रङ्मग मिसिएको र सिङहरू भएका दुईवटा नर भेडाहरूको कुर्बानी गर्नुभयो । उहाँले दुवैको घाँटीको छेउमा खुट्टा राखेर बिस्मिल्लाह, अल्लाहु अकबर भनेर आफ्नै हातले जबह (वध) गर्नुभयो ।

Hadeeth benefits

  1. कुर्बानी (बलिदान) को वैधानिकता र सम्पूर्ण मुस्लिमहरूको यसमा सर्वसम्मति रहेको छ ।
  2. नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जुन जनावरको कुर्बानी दिनुभएको छ त्यसैको कुर्बानी गर्नु उत्कृष्ट हो; किनभने त्यो आकर्षक हुनुको साथ यसको बोसो र मासु राम्रो हुन्छ ।
  3. इमाम नववीले भने: आफ्नो कुर्बानी आफ्नो हातले जबह गर्नु मुस्तहब हो । तर कुनै जायज कारणले वकील बनाउनु अनुमति छ र यस्तो अवस्थामा त्यहाँ उपस्थित हुनुपर्छ वा कुनै मुस्लिमलाई नियुक्त गर्नु जायज हो र यसमा कुनै मतभेद छैन ।
  4. इब्ने हजरले भने: जबह (वध) गर्दा बिस्मिल्लाहको साथ "अल्लाहु अकबर" भन्नु र जनावरको दाहिने काँधमा खुट्टा राख्नु मुस्तहब हो । त्यसैले जनावरलाई भुइँमा बायाँ पट्टी राख्ने र आफ्नो खुट्टा उसको दाहिने छेउमा राख्नुपर्छ भन्नेमा सम्मति छ, ताकि जबह गर्नेलाई दायाँ हातले चक्कु समात्न र देब्रे हातले टाउको समात्न सजिलो होस् ।
  5. सिङ्ग भएको जनावरको कुर्बानी गर्नु मुस्तहब हो, तर सिङ्ग नभएको पनि गर्न पाइन्छ ।