अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : कुन कर्मले मानिसहरूलाई स्वर्गमा धेरै प्रवेश गर्नेछ भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधियो, उ...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्वर्गमा प्रवेश गर्ने दुईवटा मुख्य कारणहरू छन् भनी बताउनुभएको छ । यी दुई निम्न हुन्:
"तक्वा (अल्लाहको डर) र राम्र...
अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मानिसहरूमध्ये सबैभन्दा उत्कृष्ट व्यवहारका व्यक्ति हुनुहुन्थ्यो ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सबैभन्दा उत्तम व्यवहार भएको व्यक्ति हुनुहुन्थ्यो र नैतिकताका सबै स्तरहरूमा सबैभन्दा अगाडि हुनुहुन्थ्यो, जस्तै राम्रोसँग...
साद बिन हिशाम बिन आमिर जब आइशा (रजियल्लाहु अन्हा) कहाँ गए अनि उनले भने: हे उम्मूल-मुमिनीन (इमानवालाहरू कि आमा)! मलाई रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को...
उम्मूल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) लाई रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नैतिकताको बारेमा सोधियो र उनले छोटो र मिठो जवाफ दिदै प्रश्नकर्तालाई कुर्आ...
उम्मुल-मुमिनीन (आस्थावानहरूकि आमा)आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) आफ्नो जुत्ता लगाउदा, आफ्नो कपाल कोर्दा, वु...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) दायाँ तर्फबाट सम्मानजनक कार्यहरू सुरु गर्न मन पराउनुहुन्थ्यो, जस्तैः जुत्ता लगाउँदा पहिले दाहिने खुट्टाबाट सुरु गर्ने, ट...
शद्दाद बिन औस (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट दुइटा कुरा सिकेर सुरक्षित राखेको छु : "अल्लाहले हर काममा...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहले हर काममा राम्रो व्यवहार गर्न अनिवार्य गर्नुभएको छ। इहसान (परोपकार) भनेको तपाईंले गर्नुहुने हरे...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : कुन कर्मले मानिसहरूलाई स्वर्गमा धेरै प्रवेश गर्नेछ भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधियो, उहाँले जवाफ दिनुभयो: "तक्वा (अल्लाहको डर) र राम्रो व्यवहार ।" अनि कुन कुराले मानिसहरूलाई सबैभन्दा धेरै नरकमा प्रवेश गर्नेछ भनेर सोधिदा उहाँले जवाफ दिनुभयो: "जिब्रो र गुप्तांग [को गलत प्रयोग बाट] ।"
साद बिन हिशाम बिन आमिर जब आइशा (रजियल्लाहु अन्हा) कहाँ गए अनि उनले भने: हे उम्मूल-मुमिनीन (इमानवालाहरू कि आमा)! मलाई रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अख्लाक (नैतिकता) को बारेमा बताउनुहोस् । यो सुनेर उहाँले भन्नुभयो: के तिमी कुर्आन पढ्दैनौ? मैले जवाफ दिएँ: म अवश्य पढ्छु । उहाँले भन्नुभयो: उहाँको अख्लाक (नैतिकता) नै कुर्आन थियो ।
उम्मुल-मुमिनीन (आस्थावानहरूकि आमा)आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) आफ्नो जुत्ता लगाउदा, आफ्नो कपाल कोर्दा, वुजू गर्दा यहाँसम्म आफ्नो सबै मामिलाहरूमा दायाँतिरबाट आरम्भ गर्न मन पराउनुहुन्थ्यो ।
शद्दाद बिन औस (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट दुइटा कुरा सिकेर सुरक्षित राखेको छु : "अल्लाहले हर काममा राम्रो व्यवहार गर्न अनिवार्य गर्नुभएको छ। त्यसैले जब तिमीले कसैलाई मार्छौ (मृत्युदण्ड आदिको लागि) तब त्यसलाई राम्रो तरिकाले मार र जब तिमी (पशु) वध गर्छौ, तब राम्रो तरिकाले वध गर र जनावरलाई वध गर्दा पहिला आफ्नो चक्कु धारिलो बनाउनुपर्छ र मारिने जनावरलाई राहत दिनुपर्छ ।"
अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "वास्तवमा, आफ्नो घरपरिवार, प्रजा र मातहतमा रहेकाहरूमाथी न्याय गर्ने न्यायाधीशहरू अल्लाहको दाहिने हाततिर उज्यालो मञ्चमा विराजमान हुनेछन् । उहाँका दुवै हातहरू दाहिने हुन् ।"
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "कसैलाई त्यत्तिकै हानि पुर्याउनु वा बदलामा हानि पुर्याउन अनुमति छैन । जसले कसैलाई हानि पुर्याउँछ, अल्लाहले उसलाई हानि पुर्याउनु हुन्छ र जसले अरूलाई दुःख दिन्छ, अल्लाहले उसलाई कष्ट दिनुहुनेछ ।"
अबू-मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "असल साथी र नराम्रो साथीको उदाहरण अत्तर बिक्रेता र आगोको भट्टीमा फुक्ने लोहार जस्तै हो । अत्तर बिक्रेताले तपाईंलाई अत्तर उपहार दिनेछ वा तपाईंले किन्नुहुन्छ वा (कम्तीमा) तपाईंलाई मिठो बासना आउँछ, जबकि भट्टीमा फुक्ने लोहारले तपाईंको लुगा जलाउनेछ वा (कम्तीमा) तपाईंलाई नराम्रो गन्ध आउनेछ ।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट केही वसीयत (सल्लाह दिन) आग्रह गरे र उहाँले भन्नुभयो: "रिसाउनु हुँदैन ।" उनले यो प्रश्न बारम्बार दोहोर्याए तर उहाँले हरेक पटक रिसाउनु हुदैन भनिरहनुभयो ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "बलियो त्यो होइन, जसले कसैलाई पराजित गर्छ, बलियो त्यो हो जसले रिस
आवेगको बेला आफूमाथि नियन्त्रण राख्छ ।"
अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसमा चारवटा लक्षणहरू छन्, त्यो शुद्ध मुनाफिक (पाखण्डी) हो र जसमा तीमध्ये एउटा छ, त्यसलाई नछोडेसम्म उसमा पाखण्डको एउटा लक्षण छ: जब ऊ बोल्छ झुट बोल्छ, जब उसले सम्झौता गर्छ, धोका दिन्छ, जब उसले वाचा गर्छ, तोड्छ र जब ऊ झगडा गर्छ गालीगलौज गर्छ ।"
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मुमिन (आस्थावान) निन्दा गर्ने, श्राप दिने, बेहया (निर्लज्ज) र अश्लील व्यक्ति होइनन् ।"