- इमाम नववीले शरियतको एउटा सामान्य नियम उल्लेख गर्दै भनेका छन्: लुगा र पायजामा लगाउनु, जुत्ता लगाउनु, मस्जिदमा प्रवेश गर्नु, मिस्वाक गर्नु, आँखामा सुर्मा वा काजल लगाउनु, नङ काट्नु, जुँगा काँट्नु, काईयोले कपाल कोर्नु, काखीका रौंहरू उखेल्नु, कपाल काट्नु, नमाजमा सलाम फेर्नु, पवित्र अंगहरू धुनु, शौचालयबाट बाहिर निस्कनु, खानपिन गर्नु, मुसाफाह गर्नु अथवा हात मिलाउनु, हजरे अस्वद (काबाको कालो ढुंगा) लाई चुम्बन गर्नु आदि जस्ता सम्मानजनक कामहरू दाहिने तर्फबाट सुरु गर्नु मुस्तहब हो । यसको विपरीत शौचालयमा प्रवेश गर्नु, मस्जिदबाट बाहिर निस्कनु, नाक पुछ्नु, इस्तिन्जा (दिसापिसाब गरेपछि सफा) गर्नु, लुगा, पैन्ट, कट्टु र जुत्ता मोजा आदि फुकाल्नु जस्ता कामहरू बायाँ तर्फबाट सुरु गर्नु मुस्तहब हो । वास्तवमा यो सबै दायाँको सम्मान र इज्जतको कारणले गर्दा हो ।
- "उहाँलाई दायाँबाट सुरुवात गर्न मनपर्छ", यसमा दाहिने हात, दाहिने खुट्टा, दायाँतिर र दाहिनेबाट लेनदेन गर्नु सबै कुराहरू समावेश छन् ।
- इमाम नववीले भनेका छन्: केही अंगहरूमा दाँयाबाट सुरु गर्नु मुस्तहब होइन; जस्तैः दुवै कान, दुवै हत्केला र दुवै गालाहरू । यी अंगहरूका दुवै भाग एकै पटक शुद्ध पार्नुपर्ने हो, यदि त्यसो गर्न गाह्रो छ भने, दाँयालाई प्राथमिकता दिइनेछ ।