/ असल साथी र नराम्रो साथीको उदाहरण अत्तर बिक्रेता र आगोको भट्टीमा फुक्ने लोहार जस्तै हो ।

असल साथी र नराम्रो साथीको उदाहरण अत्तर बिक्रेता र आगोको भट्टीमा फुक्ने लोहार जस्तै हो ।

अबू-मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "असल साथी र नराम्रो साथीको उदाहरण अत्तर बिक्रेता र आगोको भट्टीमा फुक्ने लोहार जस्तै हो । अत्तर बिक्रेताले तपाईंलाई अत्तर उपहार दिनेछ वा तपाईंले किन्नुहुन्छ वा (कम्तीमा) तपाईंलाई मिठो बासना आउँछ, जबकि भट्टीमा फुक्ने लोहारले तपाईंको लुगा जलाउनेछ वा (कम्तीमा) तपाईंलाई नराम्रो गन्ध आउनेछ ।"
मुत्तफकुन अलैहि

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दुई प्रकारका मानिसहरूको उदाहरण दिनुभएको छ : पहिलो प्रकारः इमान्दार र धर्मी साथी, जसले अल्लाहको उपासना गर्न र उहाँलाई मनपर्ने कुराको मार्गदर्शन गर्दछ र असल काम गर्न मद्दत गर्दछ । यसको उदाहरण अत्तर बिक्रेता जस्तै हो । कि त उसले तपाईंलाई उपहार दिनेछ वा तपाईंले किन्नुहुन्छ वा कम्तीमा उसको मिठो बासनाले तपाईंको आत्मालाई सुगन्धित तुल्याउनेछ । दोस्रो प्रकारः नराम्रो र खराब मित्र; जसले अल्लाहको बाटोबाट रोक्छ, पाप काममा सहयोग गर्छ, हरेक नराम्रो काममा संलग्न हुन्छ र उसले गर्दा उसका सबै साथीहरु लज्जित हुन्छन् । यस्तो साथीको उदाहरण भट्टीमा फुक्ने लोहार जस्तै हो; त्‍यसबाट उडिरहेको झिल्काले तपाईंको लुगा जलाउनेछ वा भट्टीको दुर्गन्धले आत्मालाई दुर्गन्धित तुल्याउनेछ ।

Hadeeth benefits

  1. श्रोताहरूलाई केही बुझाउनको लागि उदाहरण दिन अनुमति छ ।
  2. असल र धर्मी मानिसहरूसँग संगत गर्न र भ्रष्ट तथा खराब नैतिकता भएका मानिसहरूबाट टाढा रहन प्रोत्साहन ।