- निफाक (कपट) का केही लक्षणहरूको विवरण, त्यसमा पर्न विरुद्ध चेतावनी ।
- "यस हदीसको उद्देश्य यो हो कि यी विशेषताहरू नफाक (कपट) को विशेषताहरू हुन्, र जसमा यी पाइन्छन्, त्यो व्यक्ति यिनै गुणमा नफाकीहरूसँग मिल्दोजुल्दो हुन्छ र उनीहरूको चरित्र अपनाउनेजस्तो देखिन्छ। तर यसले उनलाई यस्तो मुनाफिक बनाउँदैन जसले बाहिर इस्लाम देखाएर भित्र कुफ्र लुकाउँछ। भनिएको छ कि यो तिनीहरूका लागि हो, जसमा यी विशेषताहरू हाबी हुन्छन्, तिनीहरूलाई बेवास्ता गर्छन् र हल्का ठान्छन्; किनकि जो यस्तो अवस्थामा हुन्छ, उसले प्रायः कमजोर विश्वास राख्ने प्रवृत्ति राख्छ।"
- गजालीले भने: धर्मको सार तीनवटा कुराहरूमा सीमित छ: वचन, कर्म र नियत । त्यसैले झुटले वचनको भ्रष्टता, विश्वासघातले कर्मको भ्रष्टता र
- वाचा तोडेर नियतको भ्रष्टाचार हुने औंल्याए । किनभने वाचा तोड्ने मनसाय नभएसम्म त्यसमा केही खराबी छैन, जस्तैः पुरा गर्ने उसको दृढ नियत थियो, तर कुनै कुराले बाधा पुर्यायो वा उसको मनमा अर्को कुरा आयो भने, उसको तर्फबाट कुनै प्रकारको कपट हुँदैन ।
- निफाक (कपट वा पाखण्ड) दुई प्रकारका हुन्छन्: ईमानमा कपट : बाहिर आफू मुस्लिम भएको नाटक गर्ने अनि भित्र कुफ्र लुकाउने र यसले मानिसलाई इस्लामको दायराबाट खारेज गर्छ । अमल (कर्म) मा कपट, जसले आफ्नो नैतिकतामा कपटीहरूको नक्कल गर्दछ र यसले इस्लामको दायराबाट खारेज गर्दैन, तर यो ठूलो पाप हो ।
- इब्न हजरले भने: "विद्वानहरूले एकमत गरेका छन् कि जसले आफ्नो हृदय र जिब्रो दुवैबाट इस्लामको पुष्टि गरेको छ र यी विशेषताहरू प्रदर्शन गर्छ, उसलाई कुफ्रको दोष लगाइँदैन, न त ऊ सदाका लागि नरकमा रहिरहने मुनाफिक (कपटी) हो।"
- नववीले भने: विद्वानहरूको एक समूहले भने: यसको मतलब ती पाखण्डीहरू हुन्, जो नबी (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा थिए । तिनीहरूले ईमान ल्याए तर झूट बोले, तिनीहरूलाई धर्म र अमानत (नासो) सुम्पियो, तर तिनीहरूले धोका दिए, तिनीहरूले धर्म र यसको मद्दत गर्ने वाचा गरे, तर तिनीहरूले विश्वासघात गरे र तिनीहरूले झगडा गर्दा गालीगलौज गरे ।