अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "सम्बन्ध कायम राख्ने त्यो होइन जसल...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, नातागोता प्रति सद्भाव र उनीहरुसँग सम्बन्ध कायम राख्ने आदर्श व्यक्ति त्यो होइन, जसले उसँग सद्भाव राखे मात...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तिमीहरूलाई थाहा छ गीबत [चुक्ली] भनेको के हो?" साथीहर...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले निषेधित गीबतको व्याख्या यसरी गर्नुभएको छ : मुस्लिमको अनुपस्थितिमा उसलाई मन नपर्ने कुरा भन्नु । चाहे त्यो कुरा उसको श...
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "हरेक मादक पदार्थ 'खम्र' (रक्सी) हो र हरेक...
नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले स्पष्ट रूपमा बताउनुभयो कि कुनै पनि पदार्थ जसले चेतना हराउँछ र होश नष्ट गराउँछ, त्यो मादक पदार्थ (शराब) हो, चाहे त्यस...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले न्यायिक मामिलामा घुस दिने र लिने दुवैलाई श्राप दिनुभएको छ ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले घूस दिने र लिनेहरूका लागि अल्लाहको रहमत (कृपा) बाट टाढा गर्न दुआ गर्नुभएको छ ।
निर्णयमा पक्षपात गर्न र आफ्नो पक्ष...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "शङ्काबाट होसियार; किनकि शङ्का सबैभन्दा झूटो कुरा हो...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मुस्लिमहरू बीच भ्रम, विभाजन र शत्रुता निम्त्याउने केही चीजहरू विरुद्ध चेतावनी र निषेध गर्नुभएको छ । त्यस्ता केही कुर...
अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "सम्बन्ध कायम राख्ने त्यो होइन जसले बदलामा सम्बन्ध कायम गर्छ, तर वास्तवमा सम्बन्धलाई जोगाउने त्यो हो जसले अरुले तोडे पनि उसले जोड्दछ ।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तिमीहरूलाई थाहा छ गीबत [चुक्ली] भनेको के हो?" साथीहरूले भने: अल्लाह र उनका रसूल राम्ररी जान्दछन् । उहाँले भन्नुभयो: "तिमीले आफ्नो भाइको बारेमा उसलाई मन नपर्ने कुरा गर्नु।" साहबाले सोधे: हामीले भनेको कुरा यदि साँचो हो भने के त्यो पनि चुक्ली हुन्छ? उहाँले भन्नुभयो: "तिमीले भनेको कुरा यदि साँचो हो भने तिमीले उसको गीबत (चुक्ली) गर्यौ र यदि यो नभएको कुरा काट्येउ भने तिमीले उसलाई झुटो आरोप लगायौ ।"
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "हरेक मादक पदार्थ 'खम्र' (रक्सी) हो र हरेक नशालु पदार्थ हराम हो । जसले यस संसारमा रक्सी पिउछ र पश्चात्ताप नगरी यसको लतमा मर्छ भने ऊ परलोकमा त्यसबाट बञ्चित हुनेछ ।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "शङ्काबाट होसियार; किनकि शङ्का सबैभन्दा झूटो कुरा हो । लुकेर कसैको कुराहरू हेर्न वा सुन्ने प्रयास नगर्नु, एकअर्कासंग ईर्ष्या नगर्नु, एकअर्काको पछि नलाग्नु, एकअर्कासंग घृणा नगर्नु र सबै अल्लाहका सेवक र दाजुभाइको रूपमा बस्नु ।"
हुजैफा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "दुइ मुखे (चुगली गर्ने) व्यक्ति स्वर्गमा प्रवेश गर्नेछैन ।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "मेरो उम्मतका सबै मानिसहरूलाई क्षमा दिइनेछ, खुलेआम पाप गर्नेहरू बाहेक । खुलेआम पाप भनेको एक व्यक्तिले रातमा पाप गर्छ र अल्लाहले उसको पापलाई ढाकिदिनुभए पछि बिहान उठ्दा उसले भन्छ: हे साथी, हिजो राती मैले यस्तो-यस्तो गरें । यद्यपि अल्लाहले उसको पापलाई ढाकिदिनुभएको थियो, तर उसले अल्लाहले ढाकिदिएको पर्दालाई हटायो ।"
इब्ने उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मक्काको विजयको दिन मानिसहरूलाई सम्बोधन गर्नुभयो: " हे मानिसहरू! अल्लाहले तिमीहरूबाट जाहिलियतको घमण्ड र पुर्खाहरूको अहंकार गर्ने प्रवृत्तिलाई हटाउनुभएको छ । मानिसहरू दुई प्रकारका मात्र छन्: एक निष्ठावान, जुन अल्लाहको नजरमा एकदमै प्रिय छ र अर्को दुष्ट, जुन अल्लाहको नजरमा अभागी र नीच छ । सबै मानिसहरू आदमका सन्तान हुन् र आदमलाई अल्लाहले माटोबाट सृष्टि गर्नुभएको हो । अल्लाहले भन्नुभएको छ: "हे मानव! हामीले तिमीहरूलाई एक पुरुष र एक नारीबाट सृष्टि गर्यौ र विभिन्न जाति र वंशहरूमा विभाजन गर्यौं, ताकि तिमीहरूले एकअर्कालाई जान्न सक । अल्लाहको दृष्टिमा सबैभन्दा उत्कृष्ट व्यक्ति त्यो हो, जो तिमीहरूमध्ये सबैभन्दा धेरै ईशभय राख्छ । निस्सन्देह अल्लाह सर्वज्ञ हुनुहुन्छ ।" [अल् हुजुरातः १३]
आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकी छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहको नजरमा सबैभन्दा घृणित व्यक्ति त्यो हो जो अत्यन्त झगडालु र सधैं विवादमा रहन्छ ।"
अबू-बकरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "जब दुई मुसलमानहरू एकअर्काको विरुद्ध तरवार उठाएर खडा हुन्छन्, हत्यारा र पीडित दुवै नरकको भागीदार हुनेछन्।" मैले प्रश्न गरेँ, "हे अल्लाहका रसूल! एक व्यक्ति हत्यारा भएकाले नरकमा गयो तर पीडितको के दोष?" तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "उसको मनसाय पनि त हत्या गर्नु नै थियो।"
अबू-मूसा अल्-अश्अरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले हाम्रो विरुद्धमा हतियार (शस्त्र) उठायो, ऊ हामी मध्येको होइन ।"
आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : मृतकलाई गालीगलौज नगर, किनकि उनीहरू पहिले गरेका
(राम्रा वा नराम्रा) कर्मतर्फ फर्किसकेका छन् ।”