हे मानिसहरू! अल्लाहले तिमीहरूबाट जाहिलियतको घमण्ड र पुर्खाहरूको अहंकार गर्ने प्रवृत्तिलाई हटाउनुभएको छ...
इब्ने उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मक्काको विजयको दिन मानिसहरूलाई सम्बोधन गर्नुभयो: " हे मानिसहरू! अल्लाहले तिमीहरूबाट जाहिलियतको घमण्ड र पुर्खाहरूको अहंकार गर्ने प्रवृत्तिलाई हटाउनुभएको छ । मानिसहरू दुई प्रकारका मात्र छन्: एक निष्ठावान, जुन अल्लाहको नजरमा एकदमै प्रिय छ र अर्को दुष्ट, जुन अल्लाहको नजरमा अभागी र नीच छ । सबै मानिसहरू आदमका सन्तान हुन् र आदमलाई अल्लाहले माटोबाट सृष्टि गर्नुभएको हो । अल्लाहले भन्नुभएको छ: "हे मानव! हामीले तिमीहरूलाई एक पुरुष र एक नारीबाट सृष्टि गर्यौ र विभिन्न जाति र वंशहरूमा विभाजन गर्यौं, ताकि तिमीहरूले एकअर्कालाई जान्न सक । अल्लाहको दृष्टिमा सबैभन्दा उत्कृष्ट व्यक्ति त्यो हो, जो तिमीहरूमध्ये सबैभन्दा धेरै ईशभय राख्छ । निस्सन्देह अल्लाह सर्वज्ञ हुनुहुन्छ ।" [अल् हुजुरातः १३]
तिर्मीजी र इब्ने हिब्बानले वर्णन गरेका छन्
Explanation
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मक्काको विजयको दिन मानिसहरूलाई सम्बोधन गर्नुभयो र भन्नुभयो: हे मानिसहरू! अल्लाहले तिमीहरूबाट जाहिलियतको (इस्लाम पूर्व) अहंकार, घमण्ड र तिमीहरूका पुर्खाहरूमाथि घमण्ड गर्ने चलनलाई हटाइदिनुएको छ । अब त्यहाँ दुई प्रकारका मानिसहरू मात्र छन्:
धर्मी, पवित्र, आज्ञाकारी र अल्लाहको उपासना गर्ने मुमिन भक्त । यद्यपि ऊ मानिसहरूको नजरमा सम्मानित वा उच्च वंशको नहोला तर अल्लाहको नजरमा उत्कृष्ट उही हो ।
अर्को दुष्ट र पापी काफिर (अविश्वासी) । मानिसहरूको नजरमा जतिसुकै प्रतिष्ठित र उच्च वंशको भएपनि अल्लाहको नजरमा तुच्छ र अपमानित हो ।
सम्पूर्ण मानिसहरू आदमका सन्तान हुन् र अल्लाहले आदमलाई माटोबाट सृष्टि गर्नुभएको हो, त्यसैले माटोबाट जन्मेको व्यक्तिले घमण्ड र अहंकार गर्नु हुँदैन । अल्लाहको कथनले यसलाई पुष्टि गर्दछ : "हे मानव! हामीले तिमीहरूलाई एक पुरुष र एक नारीबाट सृष्टि गर्यौ र विभिन्न जाति र वंशहरूमा विभाजन गर्यौं, ताकि तिमीहरूले एकअर्कालाई जान्न सक । अल्लाहको दृष्टिमा सबैभन्दा उत्कृष्ट व्यक्ति त्यो हो, जो तिमीहरूमध्ये सबैभन्दा धेरै ईशभय राख्छ । निस्सन्देह अल्लाह सर्वज्ञ हुनुहुन्छ ।" [अल् हुजुरातः १३]
Hadeeth benefits
हसब-नसब (वंश र गोत्र) मा गर्व गर्न निषेध ।
Share
Use the QR code to easily share the message of Islam with others