अबू हुरैराह (रजियल्लाहु अन्हु)द्वारा वर्णन गरिएको छ उहाँ भन्नु हुन्छ: अल्लाहका रसूलले (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुभयो: हे मानिसहरू! अल्लाह पवित्र ह...
नबीले (सल्लल्लाहु अलैहि वसल्लम) बताउनु भयो कि अल्लाह पवित्र, त्रुटि र दोषरहित हुनुहुन्छ र पूर्णताद्वारा विशिष्ट हुनुहुन्छ र उहाँले कर्म, बोल वा निष्ठ...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले कुनै खाँचोमा परेको ऋणीलाई (ऋण चुक्ता ग...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "जो व्यक्तिले कुनै ऋणीलाई राहत दिन्छ वा उसले तिर्नुपर्ने ऋणको केही भाग माफ गर्छ, त्यस्तो व्यक्तिलाई न्या...
जाबिर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "अल्लाहले त्यो व्यक्तिमाथि कृपा गरून् जसले किनबेच र ऋण असु...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले किनबेच गर्दा नम्रता र उदारता देखाउने व्यक्तिको लागि कृपा प्राप्तिको प्रार्थना गर्नुभएको छ । तसर्थ, मूल्यको बारेमा खर...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "एकजना व्यक्तिले मानिसहरूलाई पैसा उधारो दिने गर्थ्यो।...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) एक व्यक्तिको बारेमा बताइरहनु भएको छ, जसले मानिसहरूलाई पैसा ऋणमा दिने गर्थ्यो वा सामान उधारो बेच्ने गर्थ्यो । र ऋण असुली...
खौलह अन्सारी (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें : "निस्सन्देह, अल्लाहको सम्पत्ति दुरुपयो...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले खबरदार गर्दै भन्नुभएको छ: मानिसहरूले मुस्लिमहरूको सम्पत्तिको दुरुपयोग गर्छन् र गलत तरिकाले कब्जा गर्छन्। यसमा अनुचि...

अबू हुरैराह (रजियल्लाहु अन्हु)द्वारा वर्णन गरिएको छ उहाँ भन्नु हुन्छ: अल्लाहका रसूलले (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुभयो: हे मानिसहरू! अल्लाह पवित्र हुनुहुन्छ र केवल पवित्र कुरा मात्र स्वीकार गर्नुहुन्छ। अल्लाहले विश्वासीहरूलाई त्यही आदेश दिनुभएको छ जुन उहाँले दूतहरूलाई दिनुभएको थियो। उहाँले भन्नुभयो: {हे रसूल ( सन्देष्टाहरू) हो, पवित्र चिजहरू खानु होस् र सत्कर्म गर्नु होस्, निस्सन्देह, तपाईँहरू जे गर्नु हुन्छ म सबै जान्दछु।} (अल-मुमिनुन: ५१) र भन्नुभयो: {हे इमान वालाहरू हो, हामीले तिमीहरूलाई प्रदान गरेका पवित्र कुराहरू मध्ये खाओ। [अल-बकारा: 172] त्यसपछि उहाँले एक व्यक्तिको बारेमा उल्लेख गर्नुभयो, जो लामो यात्रामा हुन्छ, उसका कपाल अस्तव्यस्त र शरीर धूलोले भरिएको हुन्छ। ऊ आकाशतर्फ हात उठाएर भन्छ: "हे मेरो प्रभु, हे मेरो प्रभु!" तर उसको खानपान हराम छ, उसको पिउने चीज हराम छ, उसको लुगा हराम छ, र उसको शरीर हरामबाट पोषित छ। यस्तो अवस्थामा, कसरी उसको दुआ स्वीकार गरिन सक्छ?

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले कुनै खाँचोमा परेको ऋणीलाई (ऋण चुक्ता गर्न) मोहलत दिन्छ वा उसको ऋण माफ गर्छ, अल्लाहले कयामतको दिन आफ्नो अर्श (सिंहासन) को छायाँमा उसलाई छायाँ दिनेछन्, जुन दिन त्यस छायाँ बाहेक अरू कुनै छायाँ हुनेछैन ।"

जाबिर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "अल्लाहले त्यो व्यक्तिमाथि कृपा गरून् जसले किनबेच र ऋण असुल उपर गर्दा नम्रतापूर्वक व्यवहार गर्छ ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "एकजना व्यक्तिले मानिसहरूलाई पैसा उधारो दिने गर्थ्यो। उसले आफ्नो नोकरलाई (ऋण उठाउन पठाउँदा) भन्थ्यो : "यदि कसैको ऋण तिर्न अवस्था छैन भने उसलाई माफ गरिदिनु। सायद अल्लाहले हामीलाई पनि क्षमा गरिदिनुहुनेछन् ।" जब उसले अल्लाह सर्वशक्तिमानलाई भेट्यो(अर्थात, जब उसको मृत्यु भयो), अल्लाहले उसलाई माफ गरिदिनु भयो ।

खौलह अन्सारी (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें : "निस्सन्देह, अल्लाहको सम्पत्ति दुरुपयोग गर्नेहरुको परिणाम कयामतको दिन नरक हो ।"

अबू हुरैरह (रजियल्लाहु अन्हु)ले बयान गर्नुभएको छ: अल्लाहका रसूल(सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो: अल्लाह तआला भन्नु हुन्छ: आदमको पुत्रको हरेक काम उसका लागि हो , (रोजा) उपवास बाहेक । साँच्ची नै त्यो यो मेरो लागि हो र म यसको प्रतिफल दिनेछु र उपवास ढाल हो र यदि यो तिमीहरू मध्ये कसैले रोजा बसेको छ भने, तब उसले नराम्रो काम नगरोस्, यदि कसैले उसलाई गाली गर्छ वा झगडा गर्छ भने, उसले भन्नु पर्छ, "म रोजा बसेको व्यक्ति हुँ " ( अल्लाह कसम) जसको हातमा मुहम्मद(सल्लल्लाहु अलैहि वसल्लम)को प्राण छ - अल्लाहका सामु रोजा बसेको मान्छेको मुखको गन्ध कस्तुरीको सुगन्ध भन्दा राम्रो हुन्छ : रोजादारका लागि दुई वटा वरदान छन् जसबाट ऊ रमाएको हुन्छ । जब उसले अफ्तार गर्छ रमाएको हुन्छ र जब ऊ आफ्नो पालनकर्तासित भेट्नेछ आफ्नो रोजाका कारण रमाएको हुन्छ ।‎

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले पुण्य प्राप्त गर्ने उद्देश्यले ईमान र आस्थापूर्वक रमजानको रोजा राख्छ, उसका अघिल्ला पापहरू क्षमा गरिनेछ।"

उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा)ले बयान गरेकि छिन्: रासूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम)ले पवित्र रमजान महिना का अन्तिम दस दिनमा इबादत गर्नमा यसरी परिश्रम गर्नुहुन्थ्यो जुन उहाँ अन्य समयहरूमा गर्दैन थिए।

हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु)द्वारा वर्णन छ: मेरा परममित्र(सल्लल्लाहु अलैहि वसल्लम)ले मलाई तीन चिजका बारेमा अर्ती दिनु भयो: हरेक महिनामा तीन दिन रोजा राख्ने बारे , चाश्तको समयमा दुइ रक्अत नमाज र सुत्नु भन्दा पहिला वित्र पढ्न ।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले ‘लैलतुल-कद्र’ (सम्मानित रात) मा विश्वास र पुण्यको आशा राख्दै कियाम (उपासना) गर्दछ, उसका अघिल्ला सबै पापहरू क्षमा हुनेछन्।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "जसले अल्लाहको लागि हज गर्यो, र (स्वास्नी सँग) सम्भोग गर्नु बाट र अनैतिक कार्यहरूबाट टाढा रह्यो भने ऊ आमाको कोखबाट जन्मेको दिन झैं पवित्र हुन्छ" ।

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "यी (दश) दिनहरूमा पुण्य कर्महरू गर्नु अरु दिनहरू भन्दा अल्लाहलाई बढी प्रिय छ ।" अर्थात जुल-हिज्जा महिनाको पहिलो दस दिन । उहाँका साथीहरूले सोधे: हे अल्लाहको रसूल! अल्लाहको मार्गमा जिहाद पनि होइन? उहाँले जवाफ दिनुभयो: "होइन, अल्लाहको मार्गमा जिहाद पनि होइन, तर त्यो व्यक्ति बाहेक जो आफ्नो जीउधनको साथ जिहादको लागि निस्कन्छ र ती मध्ये केही लिएर फर्कदैन ।"