अबू-कतादह सलमी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “ "तिमीहरू मध्ये कोही मस्जिदमा प्रवेश गर्दा, उसले...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मस्जिदमा प्रवेश गर्ने व्यक्तिले बस्नु अघि दुई रकात नमाज पढ्नुपर्छ भनेर प्रेरित गर्नुभएको छ । यद्यपि जुनसुकै समयमा र...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "इमामले शुक्रबारको दिन खुत्बा (उपदेश) दिइरहेको बेला य...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, शुक्रबारको खुत्बामा उपस्थित व्यक्तिहरूले चुपचाप र पूर्ण ध्यानका साथ खतीब (धर्मगुरु) को खुत्बा (उपदेश) ल...
इमरान बिन हुसैन (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मलाई बवासीर (पाइल्स) को समस्या थियो । त्यसैले मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) संग सलाह कसरी...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, वास्तविकता के हो भने उभिएर सलाह पढ्नुपर्छ । उभिएर नमाज पढ्न नसकेको अवस्थामा बसेर पढ्नुपर्छ र बसेर नमाज...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मेरो यो मस्जिदमा पढिएको एक नमाज, मस्जिद हरम (मक्का)...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो मस्जिदमा नमाज पढ्नुको सद्गुणहरू वर्णन गर्दै भन्नुभएको छ, मेरो मस्जिदमा पढिएको एक नमाज पृथ्वीको कुनै पनि अन्य म...
महमूद बिन लबीद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उसमान् बिन अफ्फान (रजियल्लाहु अन्हु) मस्जिद (नबवी) को पुनर्निर्माण गर्न चाहन्थे, तर मानिसहरूलाई म...
उसमान बिन अफ्फान (रजियल्लाहु अन्हु) ले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को मस्जिदलाई पहिले भन्दा अझ राम्रो तरिकाले पुनर्निर्माण गर्ने योजना बनाए, तर मानि...
अबू-कतादह सलमी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “ "तिमीहरू मध्ये कोही मस्जिदमा प्रवेश गर्दा, उसले बस्नु अघि दुई रकात नमाज पढोस्।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "इमामले शुक्रबारको दिन खुत्बा (उपदेश) दिइरहेको बेला यदि तिमीले आफ्नो
साथीलाई चुप लाग्न भन्यौ भने तिमीले पनि गलत (व्यर्थ) काम गरेको हुन्छौ।"
इमरान बिन हुसैन (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मलाई बवासीर (पाइल्स) को समस्या थियो । त्यसैले मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) संग सलाह कसरी पढ्ने बारे सोधें र उहाँले भन्नुभयो: "उभिएर नमाज पढ्नु, नसक्ने भए बसेर नमाज पढ्नु र यो पनि सम्भव भएन भने कोल्टे परेर नमाज पढ्नु ।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मेरो यो मस्जिदमा पढिएको एक नमाज, मस्जिद हरम (मक्का) बाहेक अन्य मस्जिदहरूमा पढिएको एक हजार नमाज भन्दा उत्तम छ ।"
महमूद बिन लबीद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उसमान् बिन अफ्फान (रजियल्लाहु अन्हु) मस्जिद (नबवी) को पुनर्निर्माण गर्न चाहन्थे, तर मानिसहरूलाई मन परेन । किनभने उनीहरू मस्जिदलाई पहिलेको अवस्थामा राख्न चाहन्थे । उनले भने: मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो: "जसले अल्लाहको लागि मस्जिद बनाउँछ, अल्लाहले उसको लागि स्वर्गमा उस्तै घर बनाउनु हुन्छ ।"
हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु) द्वारा वर्णन छ, उहाँ भन्नु हुन्छ: अल्लाहका रसूल(सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नुभयो: जो कुनै सुन वा चाँदीको मालिक हुन्छ तर त्यसको हक अदा गर्दैन, उसलाई कयामतको दिन कडा सजाय दिइनेछ। त्यसका लागि आगोका पातहरू बनाइनेछन्, जुन जहन्नमको आगोमा दन्काइनेछन्। तिनैले उसको शरीर—उसको पार्श्वभाग(दायाँतर्फ या बायाँतर्फ), निधार, र ढाड—डामिनेछन्। जब ती चिसा हुन्छन्, फेरि तातो पारेर दोहोर्याइनेछ।
यो अवस्था त्यति लामो हुनेछ जति पचास हजार वर्षको एक दिन हुन्छ। जबसम्म बन्दाहरूमाथि फैसला गरिंदैन, र त्यसपछि ऊ आफ्नो बाटो देख्नेछ—या त स्वर्गतर्फ वा नर्कतर्फ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "दानले धनमा कमी आउँदैन । जसले मानिसहरूलाई क्षमा गर्छ, अल्लाहले उसको इज्जत बढाउँछ र जसले अल्लाहको लागि आफूलाई नम्र बनाउँछ, अल्लाहले उसलाई उच्च दर्जा दिनुहुन्छ ।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाह भन्नुहुन्छ: हे आदमको सन्तान! खर्च गर, म तिमीमा खर्च गर्नेछु ।"
अबू-मस्ऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जब मानिसले आफ्नो घरपरिवारमा सवाब (पुण्य) को नियतले खर्च गर्छ, त्यो उसको लागि दान (परोपकार) मानिन्छ ।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "जब मानिसको मृत्यु हुन्छ, उसका सबै कर्महरू बन्द हुन्छन्, सिवाय तीन चीजका: निरन्तर चलिरहने दान, ज्ञान जसबाट लाभ उठाइन्छ, र आस्थावान सन्तान जसले उसको लागि प्रार्थना गर्छ।"
मालिक बिन औस बिन हदषानद्वारा वर्णन छ : भन्छन् : म "कसले दिनारसित बदलेर दिर्हम दिन्छ भन्दै आएँ ?" हजरत तब तल्हा बिन उबैदुल्लाह (रजियल्लाहु अन्हु) ले, जो उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) को सामु थिए भने: "आफ्नो सुन देखाउनु होस्, फेरि पछि आउनु होला । जब हाम्रो दास आउँछ, हामी तपाईंलाई तपाईंको चाँदी दिन्छौं।" तब हजरत उमर बिन खत्ताब (रजियल्लाहु अन्हु)ले भन्नु भयो: "कदापि हुँदैन, अल्लाहको कसम ! तपाईंले उसलाई चाँदी दिनुस् , वा तपाईंले उसलाई उनको सुन फिर्ता गर्नुस्, किन भने अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ:" "चाँदी सुनको साटोमा यदि हाताहाती भएन भने ब्याज हो र गहुँ गहुँमा यदि हाताहाती भएन भने ब्याज हो र जौं जौंको साटोमा यदि हाताहाती भएन भने ब्याज हो , र खजूर खजूरको बदलामा यदि हाताहाती भएन भने ब्याज हो "
अब्दुल्लाह बिन सलाम (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्: जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) मदीनामा आउनुभयो, मानिसहरू उहाँ तर्फ दौडेर आए र भन्न थाले : रसूल (सल्लल्लाहु अलैहि वसल्लम) आइपुग्नु भएको छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) आइपुग्नु भएको छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) आइपुग्नु भएको छ । उनले यो वाक्य तीन पटक दोहोर्याए । उहाँलाई हेर्न म पनि मानिसहरूको भीडमा प्रवेश गरें । जब मैले उहाँको अनुहारलाई ध्यान दिएर हेरें, तब यो कुनै झूटाको अनुहार हुन सक्दैन भन्ने मलाई स्पष्ट भयो । त्यतिबेला मैले उहाँको मुखबाट सुनेको पहिलो कुरा थियो: “हे मानिसहरू, सलाम (अभिवादन) फैलाउनु, खाना खुवाउनु, पारिवारिक सम्बन्ध कायम गर्नु र मानिसहरू सुतिरहेको बेला रातमा नमाज पढ्नु, (यसो गरेमा) तिमीहरू शान्तिका साथ जन्नत (स्वर्ग) मा प्रवेश गर्नेछौ ।”