अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) (तकबीर) भनेर नमाज शुरु गर्नुहुन्थ्यो र जब रुकुको लागि तकब...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) नमाजमा तीन स्थानहरूमा 'रफउल-यदैन' अर्थात आफ्नो दुवै हात काँध बराबर वा विपरीत उठाउनुहुन्थ्यो । पहिलो स्थान: नमाजको सुर...
उबादह बिन सामित (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले सूरह फातिहा पढेन, उसको नमाज भएन ।"
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, सूरह फातिहा बिना नमाज सही हुँदैन । प्रत्येक रकाअतमा सूरह फातिहा पढ्नु नमाजको एक स्तम्भ हो ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उहाँ हरेक नमाजमा तकबीर भन्नुहुन्थ्यो, चाहे त्यो नमाज अनिवार्य होस् वा नफिल, चाहे त्यो रमजानमा होस् वा...
अबू हुरैरा (रजियल्लाहु अन्हु) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नमाजको एक भाग बयान गर्दै भनेका छन् । उहाँ जब नमाजको लागि उभिनुहुन्थ्यो, तब उहाँ तकब...
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मलाई सात हड्डी (अंग) हरू : निधार, र उहा...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : अल्लाहले उहाँलाई नमाज पढ्दा शरीरको सातवटा अंगहरूमा सजदा गर्न आदेश दिनुभएको छ। यी सात अंगहरू यस प्रकार...
अबू-उमामा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले भने अम्र बिन अबसह (रजियल्लाहु अन्हु) ले मलाई बताउनुभयो, उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : अल्लाह आफ्नो भक्तदेखि रातको अन्तिम तेस्रो प्रहरमा सबैभन्दा बढी नजिक हुनुहुन्छ । यदि तपाईं त्यस समयमा अल...

अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) (तकबीर) भनेर नमाज शुरु गर्नुहुन्थ्यो र जब रुकुको लागि तकबीर भन्नुहुन्थ्यो, तब उहाँले आफ्ना दुवै हातहरू काँध बराबर उठाउनु हुन्थ्यो । रुकुबाट टाउको उठाउँदा पनि उस्तै दुवै हात उठाउनु हुन्थ्यो र “समिअल्लाहु लिमन् हमिदह, रब्बना व लकल-हम्द” भन्नुहुन्थ्यो । जबकि सज्दामा यसो गर्नुभएन ।

उबादह बिन सामित (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले सूरह फातिहा पढेन, उसको नमाज भएन ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उहाँ हरेक नमाजमा तकबीर भन्नुहुन्थ्यो, चाहे त्यो नमाज अनिवार्य होस् वा नफिल, चाहे त्यो रमजानमा होस् वा अन्य महिनामा । नमाजको लागि खडा हुँदा तकबीर भन्नुहुन्थ्यो, रुकुमा जाँदा तकबीर भन्नुहुन्थ्यो, त्यसपछि (रुकुबाट उठ्दा) ‘समिअल्लाह लिमान हमिदह’ भन्नुहुन्थ्यो र सज्दामा जानुअघि ‘रब्बाना वलकल-हम्दु’ भन्नुहुन्थ्यो । त्यसपछि सज्दामा जाँदा तकबीर भन्नुहुन्थ्यो, त्यसपछि सज्दाबाट टाउको उठाउँदा तकबीर भन्नुहुन्थ्यो, त्यसपछि दुई रकात पूरा गरेपछि तेस्रो रकाअतको लागि खडा हुँदा तकबीर भन्नुहुन्थ्यो र यसरी नमाज पूरा नभएसम्म प्रत्येक रकतमा तकबीर भन्नुहुन्थ्यो । नमाज पूरा गरेपछि उनले भने : अल्लाहको कसम, जसको हातमा मेरो जीवन छ, म तपाईंहरूमध्ये सबै भन्दा बढी अल्लाहको रसूलसँग मिल्दोजुल्दो नमाज पढ्ने व्यक्ति हुँ । उहाँ यसरी नै नमाज पढ्नु हुन्थ्यो यहाँसम्म कि उहाँको निधन भयो ।

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मलाई सात हड्डी (अंग) हरू : निधार, र उहाँले आफ्नो हातले आफ्नो नाकतिर संकेत गर्नुभयो, दुवै हात, दुबै घुँडा र दुबै खुट्टाको औंलाहरूमा सजदा गर्न आदेश दिइएको छ। अनि लुगा र कपाल जम्मा नगर्न पनि ।"

अबू-उमामा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले भने अम्र बिन अबसह (रजियल्लाहु अन्हु) ले मलाई बताउनुभयो, उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुने: "अल्लाह आफ्नो भक्तदेखि रातको अन्तिम प्रहरमा सबैभन्दा बढी नजिक हुनुहुन्छ । यदि तिमी त्यस समयमा अल्लाहलाई सम्झनेहरूमा सामेल हुन सक्छौ भने, अवश्य त्यसो गर्नु ।"

जरीर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग थियौं । उहाँले एक रात चन्द्रमा (अर्थात् पूर्णिमा) लाई हेर्नुभयो र भन्नुभयो: "वास्तवमा, तिमीहरूले यो चन्द्रमा देखे जस्तै आफ्नो रब (पालनकर्ता) लाई देख्नेछौ र उहाँलाई हेर्दा तिमीहरूलाई कुनै समस्या हुनेछैन । तसर्थ, सूर्योदय र सूर्यास्त अघिको नमाजहरूमा कुनै कुराले बाधा नपरोस् भन्ने सम्भव छ भने अवश्य गर्नु।" त्यसपछि उहाँले यो आयत पढ्नुभयो: (सूर्योदय र सूर्यास्त हुनु अघि आफ्नो परमेश्वरको प्रशंसाको साथ महिमा गर) ।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्: रसूलुल्लाह (सलल्लाहु अलैहि वसल्लम)ले फज्रको नमाजका दुई रकआतहरूमा { सूरा अल-काफिरून} र {सूरा अल-इखलास} पाठ गर्नु हुन्थ्यो।

अबू-मूसा अल्-अश्अरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले दुई शीतल समयको नमाज पढ्छ ऊ स्वर्ग मा प्रवेश गर्नेछ ।"

जुनदुब बिन अब्दुल्लाह अल- कस्री (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले बिहानको नमाज पढ्छ, ऊ अल्लाहको सुरक्षामा हुन्छ । त्यसैले, अल्लाहको जिम्मेवारीमा रहेका व्यक्तिलाई कुनै नोक्सान पुर्‍याउन हुन्न। यदि अल्लाहले आफ्नो जिम्मेवारीमा हस्तक्षेप गरेको कारण कसैलाई समाउन चाहनुभयो भने, उहाँले सजिलोसंग समात्छन् र उसलाई जहन्नमको आगोमा उँधो मुन्टो फ्याँक्छन् ।

बुरैदह बिन हुसैब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले भने : अस्रको नमाज चाँडै पढ्नुहोस् । किनकि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: " जसले असरको नमाज छोड्छ, उसको कर्म व्यर्थ हुन्छ ।"

अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "यदि कुनै व्यक्तिले नमाज पढ्न बिर्सियो भने याद आउने बित्तिकै नमाज पढ्नुपर्छ र यो नै यसको प्रायश्चित हो : {र मेरो सम्झनाका लागि नमाज स्थापना गर} [ताहा: १४] ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "वास्तवमा, मुनाफिक (पाखंडी) हरूका लागि सबैभन्दा कठिन नमाज ईशा र फजरका नमाज हुन् । यदि तिनीहरूले यी नमाजहरूको महत्व थाहा पाएको भए घस्रेर भए पनि (मस्जिद) आउने थिए । मैले (एक पटक) संकल्प गरेको थिएँ कि एक जना लाई अजान दिन र अर्को एकजनालाई नमाज पढाउन आदेश दिउँ र आफैं दाउरा बोकेका केही केटाहरू साथमा लिएर नमाजका लागि (मस्जिद) नआएका मानिसहरूको घरमा आगो लगाउन हुकुम दिउँ।”