वास्तवमा, तिमीहरूले यो चन्द्रमा देखे जस्तै आफ्नो रब (पालनकर्ता) लाई देख्नेछौ र उहाँलाई हेर्दा तिमीहरूलाई कुनै समस्या हुनेछैन...
जरीर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग थियौं । उहाँले एक रात चन्द्रमा (अर्थात् पूर्णिमा) लाई हेर्नुभयो र भन्नुभयो: "वास्तवमा, तिमीहरूले यो चन्द्रमा देखे जस्तै आफ्नो रब (पालनकर्ता) लाई देख्नेछौ र उहाँलाई हेर्दा तिमीहरूलाई कुनै समस्या हुनेछैन । तसर्थ, सूर्योदय र सूर्यास्त अघिको नमाजहरूमा कुनै कुराले बाधा नपरोस् भन्ने सम्भव छ भने अवश्य गर्नु।" त्यसपछि उहाँले यो आयत पढ्नुभयो: (सूर्योदय र सूर्यास्त हुनु अघि आफ्नो परमेश्वरको प्रशंसाको साथ महिमा गर) ।
मुत्तफकुन अलैहि
Explanation
एक रात साहाबहरू रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा थिए र यसैबीच उहाँले चन्द्रमा (अर्थात् पूर्णिमा) तिर हेरेर भन्नुभयो: आस्थावानहरूले आफ्ना परमेश्वरलाई आफ्नै आँखाले बिना कुनै शंका नै देख्नेछन् र उहाँलाई हेर्नमा कुनै समस्या, थकान र कठिनाइ हुनेछैन । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : यदि तिमी फजर र अस्रको नमाज पढ्नबाट विचलित पार्ने चीजहरू हटाउन सक्षम हुन्छौ भने यी दुई नमाजहरू समयमा जमातका साथ पूर्ण रूपमा पढ्नु, किनकि यो अल्लाहको अनुहार हेर्न सुअवसर प्रदान गर्ने चीजहरू मध्ये एक हो । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यो आयत पढ्नुभयो : (सूर्योदय र सूर्यास्त हुनु अघि आफ्नो परमेश्वरको प्रशंसाको साथ महिमा गर) ।
Hadeeth benefits
आस्थावानहरूले स्वर्गमा अल्लाहको दर्शन गर्ने अवसर पाउनेछन् ।
दावह (इस्लाम तर्फ आह्वान) गर्ने शैलीहरूमध्ये कुनै कुरामा जोड दिनु, प्रोत्साहन गर्नु र उदाहरणद्वारा व्याख्या गर्नु हो ।
Share
Use the QR code to easily share the message of Islam with others