अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "पाँच कुरा फित्रत (प्राक...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, पाँच फित्रत (प्राकृतिक) का कुराहरू इस्लामको विशेषता र पैगम्बरहरूको सुन्नत हुन्: १) खतना गर्नु : लिंग...
अली (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मलाई अत्यधिक मजी (पिसाबको नलीबाट आउने तरल पदार्थ) निस्किन्थ्यो । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को ज्वाइँ भए...
अली बिन अबू तालिब (रजियल्लाहु अन्हु) भन्छन्, मलाई प्रायः मजी निस्किन्थ्यो । मजी भनेको यो एक प्रकारको पातलो, चिपचिपा, सेतो पानी हो, जुन कामवासनाको समय...
उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्: जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले गुस्ल जनाबत गर्नुहुन्थ्यो, तब उहाँले आफ्ना दुवै हात धु...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले गुस्ल जनाबत गर्दा पहिले आफ्ना दुवै हात धुनुहुन्थ्यो । त्यसपछि उहाँले नमाजको लागि वुजू गरे झैं वुजू गर्नुभयो । त्यसपछि...
अम्मार बिन यासिर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई एउटा काममा पठाउनुभयो । (यात्राको क्रममा) म जुन्बी (अपव...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अम्मार बिन यासिर (रजियल्लाहु अन्हु) लाई कुनै कामको लागि बाहिर पठाउनुभयो । यात्राको क्रममा सम्भोग वा वीर्य स्खलन भएको...
मुगीरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग एक यात्रामा थिएँ, म उहाँको मोजा फुकाल्नको लागि झुकेँ अनि उहाँले भन्न...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) एक यात्रामा हुनुहुन्थ्यो अनि उहाँले यात्राको क्रममा वुजू गर्नुभयो । वुजू गर्दा जब खुट्टा धुने पालो आयो, मुगीरह बिन शोबा...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "पाँच कुरा फित्रत (प्राकृतिक) हुन्; खतना गर्नु, गुप्ताङ्गका रौं खौरनु, जुँगा छोटो पार्नु, नङ्ग काट्नु र काखीका रौं उखेल्नु ।”

अली (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मलाई अत्यधिक मजी (पिसाबको नलीबाट आउने तरल पदार्थ) निस्किन्थ्यो । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को ज्वाइँ भएको कारणले उहाँसंग यस बारेमा सोध्न मलाई लाज लाग्यो । त्यसैले मैले मिक्दाद बिन अस्वदलाई सोध्न लगाए र उनले सोधेपछि भन्नुभयो: "यस्तो व्यक्तिले आफ्नो गुप्तांग धोएर वुजू गरे हुन्छ ।" बुखारीमा छ: "वुजू गर र आफ्नो गुप्तांगलाई सफा गर ।"

उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्: जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले गुस्ल जनाबत गर्नुहुन्थ्यो, तब उहाँले आफ्ना दुवै हात धुनुहुन्थ्यो र नमाजको लागि वुजू गरे झैं वुजू गर्नुहुन्थ्यो, त्यसपछि गुस्ल गर्नुहुन्थ्यो । त्यसपछि आफ्नो हातले कपाललाई राम्रोसँग मलेर जरासम्म पानी पुर्याउनु हुन्थ्यो र छाला भिजिसकेको आभास हुनसाथ आफुमाथि तीन पटक पानी खन्याएर पुरै शरीरलाई धुनुहुन्थ्यो । उनले भनिन्: म र अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) एउटै भाँडोबाट पानी लिन्थ्यौं र सँगै नुहाउने गर्दथ्यौं ।

अम्मार बिन यासिर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई एउटा काममा पठाउनुभयो । (यात्राको क्रममा) म जुन्बी (अपवित्र) भएँ र (नुहाउनको लागि) पानी पाइनँ , त्यसैले म माटोमा जनावरले लडीबुडी गरे झैं लोटपोट गरें । त्यसपछि म नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा उपस्थित भएँ र उहाँलाई उक्त घटनाबारे भनें अनि उहाँले भन्नुभयो: "तिम्रो लागि आफ्नो हातले यसरी गर्न पर्याप्त थियो ।" त्यसपछि उहाँले आफ्नो दुवै हात भुइँमा एक पटक हान्नुभयो र आफ्नो दाहिने हातले देब्रे हात, हत्केलाको पछाडि र अनुहारमा मसह गर्नुभयो अर्थात् पुछ्नुभयो ।

मुगीरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग एक यात्रामा थिएँ, म उहाँको मोजा फुकाल्नको लागि झुकेँ अनि उहाँले भन्नुभयो : " त्यसलाई छोड्देऊ; किनकि मैले तहारत (वुजू) को अवस्थामा मोजा लगाएको थिएँ ।" त्यसपछि उहाँले मोजामाथि मसह गर्नुभयो ।

उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, फातिमा बिन्ते अबू हुबैश ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई प्रश्न सोधिन्, म इस्तीहाजा (अत्याधिक रजस्वला) बाट पीडित छु र कहिल्यै पवित्र हुन सक्दिन । के यस्तो अवस्थामा नमाज छोड्नु पर्छ ? उहाँले जवाफ दिनुभयो: "होइन, यो एक प्रकारको रोग हो । जति दिन महिनावारी आउथ्यो त्यति दिनमा मात्र नमाज नपढ र त्यसपछि नुहाऊ र नमाज पढ ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : “जब तिमीहरू मध्ये कसैले आफ्नो पेटमा केही महसुस गर्छ र त्यसबाट केही निस्किएको छ वा छैन भन्ने शंका लाग्छ भने उसले आवाज नसुनेसम्म वा गन्ध नआएसम्म मस्जिदबाट बाहिर नजाओस् ।”

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जब कुकुरले तिमीहरूमध्ये कसैको भाँडोबाट (केही) पिउँछ, उसले त्यो भाँडोलाई सात पटक धुनुपर्छ ।"

उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : जब मुअज्जिन (अल्लाहु अक्बर, अल्लाहु अक्बर) भन्छ र (जवाफमा) तिमीहरूमध्ये कसैले (अल्लाहु अक्बर, अल्लाहु अक्बर) भन्छ, मुअज्जिनले (अश्हदु अल्ला इला ह इल्लल्लाह) भन्छ र उसले (अश्हदु अल्ला इला ह इल्लल्लाह) भन्छ । मुअज्जिनले (अश्हदु अन्न मुहम्मदर्रसूलुल्लाह) भन्छ र उसले (अश्हदु अन्न मुहम्मदर्रसूलुल्लाह) भन्छ । त्यसपछि मुअज्जिनले (हय्य अलस्सलाह) भन्छ र उसले (लाहौल वला कुव्वत इल्ला बिल्लाह) भन्छ, त्यसपछि मुअज्जिनले (हय्य अलल्फलाह) भन्छ र उसले (लाहौल वला कुव्वत इल्ला बिल्लाह) भन्छ । त्यसपछि मुअज्जिनले (अल्लाहू अक्बर, अल्लाहू अक्बर) भन्छ र उसले (अल्लाहू अक्बर, अल्लाहु अक्बर) भन्छ । त्यसपछि मुअज्जिनले (ला इलाह इल्लल्लाह) भन्छ र उसले साँचो हृदयले (ला इलाह इल्लल्लाह) भन्छ भने ऊ स्वर्गमा प्रवेश गर्नेछ ।

अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, उनले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्भदै गरेको सुने, उहाँले भन्नुभयो : "जब तपाइँले मुअज्जिनले अजान दिइरहेको सुन्नुहुन्छ, उसले भने जस्तै शब्दहरू भन्नुहोस् । त्यसपछि ममाथि दरूद पठाउनुहोस् । किनकि जसले ममाथि एक पटक दरूद पठाउँछ, अल्लाहले ऊमाथि १० पटक दरूद पठाउनु हुन्छ । त्यसपछि मेरो लागि वसीलह माग्नुहोस् । वास्तवमा, वसीला स्वर्गमा एक स्थान हो, जुन अल्लाहका सेवकहरूमध्ये एकले मात्र पाउनेछ र मलाई आशा छ त्यो सेवक म हुनेछु । त्यसैले, जसले मेरो लागि वसीला माग्छ, उसको लागि मेरो शफाअत (सिफारिस) अनिवार्य भयो ।"

साअ्द बिन वक्कास (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले मुअज्जिन (अजान दिने) लाई सुनेपछि भन्छ, ‘अश्हदु अल्ला इलाह इल्लल्लाहु वह्-दहू ला शरीक लहु, व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुहु, रजीतु बिल्लाहि रब्बा व बि मुहम्मदिन् रसूला व बिल्-इस्लामि दीना’ उसका पापहरू क्षमा हुनेछन् ।"

जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा)ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नु भयो: जसले अज़ान सुनेपछि भन्छ: اللَّهُمَّ رَبَّ هَذِهِ الدَّعْوَةِ التَّامَّةِ، وَالصَّلاَةِ القَائِمَةِ، آتِ مُحَمَّدًا الوَسِيلَةَ وَالفَضِيلَةَ، وَابْعَثْهُ مَقَامًا مَحْمُودًا الَّذِي وَعَدْتَهُ (हे अल्लाह! यस सम्पूर्ण आह्वान र स्थिर प्रार्थनाका मालिक, मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई वसीला (जन्नतमा सबै भन्दा ऊँच्च स्थान) र श्रेष्ठतम दर्जा प्रदान गर्नुहोस्, र उहाँलाई त्यो प्रशंसनीय स्थान दिनुहोस् जुन तपाईंले उहाँलाई वाचा गर्नुभएको हो), उसलाई कियामतको दिन मेरो शफाअत प्राप्त हुनेछ ।