- "ग़ुस्ल दुई प्रकारको हुन्छ: एक, पर्याप्त हुने र अर्को, पूर्ण। पर्याप्त ग़ुस्लमा व्यक्ति पवित्रताको नीयत गर्दछ, अनि शरीरभरि पानी लगाउँछ, जसमा कुल्ला र नाकमा पानी तान्न पनि समावेश हुन्छ। तर पूर्ण ग़ुस्लमा ग़ुस्ल त्यसरी गरिन्छ, जसरी यस हदीसमा पैगम्बर सल्लल्लाहु अलैहि व सल्लमले ग़ुस्ल गर्नुभयो।"
- "जनाबत (अपवित्रता) त्यस व्यक्तिलाई भनिन्छ जसले मनी (वीर्य) स्राव गरेको छ, अथवा त्यस्तो व्यक्तिलाई पनि जसले सहवास (सम्भोग) गरेको छ, चाहे मनी स्राव भएको होस् वा नभएको।"
- पति पत्नीले एकअर्काको गोप्य अंगहरू हेर्नु र एउटै भाँडोमा नुहाउनु जायज हो ।