- अजानको जवाफ दिने प्रेरणा ।
- अजानको जवाफपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) माथि दरूद पठाउने सद्गुण ।
- रसूल (सल्लल्लाहु अलैहि वसल्लम) माथि दरूद पठाएपछि अल्लाहले उहाँलाई वसीला नामको स्थानका लागि दुआ गर्न प्रोत्साहन ।
- वसीलाको अर्थ र यसको महत्त्वको बयान; यो अल्लाहको एक मात्र सेवकलाई प्राप्त हुनेछ ।
- रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सद्गुण र यो उच्च स्थान केवल उहाँले प्राप्त गर्नुहुनेछ भन्ने कुराको वर्णन ।
- जसले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को लागि वसीलाको प्रार्थना गर्छ, उसले उहाँको शफाअत (सिफारिस) प्राप्त गर्नेछ ।
- रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नम्रताको वर्णन, यो स्थान उहाँलाई नै प्राप्त हुन्छ भन्ने तथ्यको बावजुद उहाँले आफ्नो उम्मतलाई त्यो प्राप्तिको लागि दुआ गर्न माग गर्नुभयो ।
- अल्लाहको असीम अनुग्रह र अपार कृपाको वर्णन । उहाँले एक नेकीलाई दश गुणा प्रतिफल दिनुहुन्छ ।