- कुकुरको लार एकदम नजिस (अशुद्ध) हुन्छ ।
- कुकुरले भाँडो चाट्दा त्यो भाँडो र त्यसमा रहेको पानी अपवित्र हुन्छ ।
- सात पटक धुनु र त्यसमा पनि पहिलो पटक माटोले सफा गर्नु भनेको कुकुरले कुनै भाँडोमा मुख हाल्यो भने मात्र हो । यदि उसको दिसापिसाब वा अन्य कुराले केही कुरा दूषित भएको छ भने त्यसमा यो नियम लागु हुने छैन ।
- माटोले भाँडो धुने तरिका : भाँडोमा पानी र माटो हालेर राम्रोसँग मिसाउने र त्यो मिश्रणले भाँडो माझ्ने ।
- यो आदेश सबै कुकुरहरूका लागि समान हो भन्ने कुरा हदीसबाट छर्लङ्ग हुन्छ, चाहे त्यो इस्लामले पालन अनुमति दिएको शिकार गर्ने, पहरा दिने र पशुधनको सुरक्षा गर्ने कुकुर किन नहोस् ।
- साबुन र सरफ माटोको कायममुकायम हुँदैन; किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले माटोलाई तोकर भन्नुभएको छ ।