अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, एकजना मानिसले सोधे: हे अल्लाहका रसूल! के हामीले जाहिलिया (इस्लाम पूर्व) को समयमा गरेका पाप-...
यस हदीसमा सन्देशवाहक (उहाँ माथि अल्लाहको कृपा र शान्ति होस्) ले इस्लाम स्वीकार गर्नुको महत्त्वलाई स्पष्ट गर्दै हुनुहुन्छ । जसले इस्लामलाई स्वीकार गर्य...
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, धेरै हत्या र धेरै व्यभिचार गरेका केही मूर्तिपूजकहरू रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सा...
धेरै हत्या र धेरै व्यभिचार गरेका केही मूर्तिपूजकहरू रसूल (सल्लल्लाहु अलैहि वसल्लम) समक्ष आए र भने : तपाईंले इस्लाम र यसका शिक्षाहरूको सन्दर्भमा जुन...
हकीम बिन हिजाम (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उहाँ भन्नु हुन्छः मैले भने: हे अल्लाहको रसूल ! म जाहिलिया (इस्लाम पूर्व) को समयमा परोपकार गर्थे,...
नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले स्पष्ट गर्नुभएको छ कि यदि काफिरले इस्लाम स्वीकार गर्दछ भने, उसलाई इस्लाम स्वीकार गर्नु अघि जाहिलियतको समयमा गरेको दान...
अनस बिन् मालिक(रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "वास्तवमा, अल्लाहले आस्थावानमाथि एक पुण्यको मामिल...
यस हदीसमा, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आस्थावानहरूप्रति अल्लाहको महान कृपा र दया तथा काफिरहरूप्रति उहाँको न्याय र इन्साफ बारे वर्णन गर्नुभएको छ...
अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो: "अल्लाहले भन्नुभयो: हे...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहले हदीस कुद्सीमा भन्नुभएको छ: हे आदमको सन्तान, जबसम्म तिमी मलाई पुकारिरहन्छौ, मेरो कृपाको आशा गर्छ...
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, एकजना मानिसले सोधे: हे अल्लाहका रसूल! के हामीले जाहिलिया (इस्लाम पूर्व) को समयमा गरेका पाप-कर्महरूप्रति जवाफदेह हुनेछौं? उहाँले भन्नुभयो: " जसले इस्लाम स्विकारे पछि राम्रो काम गर्यो, उ जाहिलियाको समयमा गरेका कामहरूप्रति जवाफदेह हुने छैन र जसले इस्लाम स्विकारे पछि खराब कर्म गर्यो, उसलाई अघिल्ला र पछिल्ला सबै कृकर्मको सजाय दिइनेछ।"
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, धेरै हत्या र धेरै व्यभिचार गरेका केही मूर्तिपूजकहरू रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सामु आए र भने: तपाईंले इस्लाम र यसका शिक्षाहरूको सन्दर्भमा जुन कुराको लागि बोलाउदै हुनुहुन्छ त्यो राम्रो कुरा हो, तर अहिलेसम्म शिर्क र अन्य ठूला पापहरूमा संलग्न भएको व्यक्तिका लागि कुनै प्रायश्चित छ ? । त्यसपछि अल्लाहले यी उत्कृष्ट आयतहरू अवतरण गर्नुभयो: "र, जसले अल्लाहका साथ अन्य कसैलाई उपास्य भन्दैनन' अल्लाहले वर्जित गरेका कुनै जीवको अनाहक हत्या गर्दनन, न व्यभिचार गर्छन्।" [अल्-फुर्कान : ६८] "(हे पैगम्बर!) मेरा सेवकहरू मध्ये जसले आफूमाथि अन्याय गरेका छन् तिनीहरूलाई भन, अल्लाहको दयाबाट निराश नहोऊ ।" [अज्जुमर: ५३]
हकीम बिन हिजाम (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उहाँ भन्नु हुन्छः मैले भने: हे अल्लाहको रसूल ! म जाहिलिया (इस्लाम पूर्व) को समयमा परोपकार गर्थे, दासहरूलाई मुक्त गर्थे तथा पारिवारिक सम्बन्ध कायम राख्थे, के मलाई ती सत्कर्महरूको कुनै प्रतिफल प्राप्त हुनेछ ? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: " "तिमीले गरेका ती राम्रो कर्महरूको कारणले नै तिमीले इस्लाम स्वीकार गरेको छौ।"
अनस बिन् मालिक(रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "वास्तवमा, अल्लाहले आस्थावानमाथि एक पुण्यको मामिलामा पनि अन्याय गर्नुहुन्न। उसलाई यस संसारमा पुण्य को प्रतिफल दिइन्छ र परलोकमा पनि राम्रो प्रतिफल दिइनेछ ।" तर काफिरले गरेको सत्कर्मको प्रतिफल यस संसारमा नै दिइन्छ, परलोकमा उसलाई कुनै प्रतिफल दिइने छैन ।
अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो: "अल्लाहले भन्नुभयो: हे आदमको सन्तान! जबसम्म तिमी मलाई पुकारिरहन्छौ र आशा राख्छौ, तिम्रा पापहरू जतिसुकै भए पनि म क्षमा गरिरहनेछु र मलाई त्यसको परवाह छैन । हे आदमको सन्तान! यदि तिम्रो पाप आकाश जत्तिकै अग्लो भए पनि र तिमीले मसँग माफी माग्यौ भने म तिमीलाई माफी दिनेछु र मलाई त्यसको परवाह छैन । हे आदमको सन्तान! यदि तिमी मकहाँ पृथ्वी बराबर पाप लिएर आयौ र तिमीले मसँग कसैलाई शिर्क (बहुईश्वरवाद) गरेका छैनौ भने म तिमीकहाँ पृथ्वी बराबरको क्षमा लिएर आउनेछु ।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हदीस कुद्सीमा भन्नुभएको छ : अल्लाह भन्नुहुन्छ : "एक व्यक्तिले पाप गर्यो र भन्यो: हे अल्लाह! मेरो पापलाई क्षमा गर्नुहोस्, तब अल्लाहले भन्नुभयो: मेरो दासले पाप गर्यो र त्यसपछि उसले महसुस गर्यो, उसको एक पालनकर्ता छ, जसले उसको पापलाई क्षमा गर्नुहुन्छ र सजाय पनि दिनुहुन्छ । त्यसपछि उसले फेरि पाप गर्यो र भन्यो: हे मेरो पालनकर्ता, मेरो पापहरू क्षमा गर्नुहोस्! तब अल्लाहले भन्नुभयो: मेरो दासले पाप गर्यो र त्यसपछि उसले महसुस गर्यो, उसको एक पालनकर्ता छ, जसले उसको पापलाई क्षमा गर्नुहुन्छ र सजाय पनि दिनुहुन्छ । [हे मेरा उपासक] तिमी जे चाहन्छौ गर, मैले तिमीलाई क्षमा गरें ।”
अली (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : म यस्तो व्यक्ति थिएँ कि मैले अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट कुनै हदीस सुन्दा अल्लाहले मलाई त्यसबाट चाहेजति लाभ दिनुहुन्थ्यो । जब कुनै सहाबीले मलाई हदीस सुनाउँथे, म उसलाई कसम खान आग्रह गर्थे र जब उसले कसम खान्थ्यो तब म उसको भनाइलाई पुष्टि गर्थे । मलाई अबू बकर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् र अबु बकरले सत्य बोले, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनेको छु: "जब कुनै व्यक्तिले पाप गर्छ, त्यसपछि खडा हुन्छ र वुजू गर्छ, त्यसपछि नमाज पढ्छ र अल्लाहसँग माफि माग्छ, तब अल्लाहले उसलाई क्षमा गर्नुहुन्छ।" त्यसपछि उहाँले यो आयत पढ्नुभयो: "जब तिनीहरूले ठूलो पाप गर्छन् वा आफैंमाथि अन्याय गर्छन्, तिनीहरूले अल्लाहलाई याद गर्छन् र आफ्नो पापको लागि माफी माग्छन् ।" [आलि-इम्रान: १३५]
अबू-मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहले रातमा आफ्नो हात फैलाउनुहुन्छ, ताकि दिनमा पाप गर्नेले पश्चात्ताप गरून् र दिनमा आफ्नो हात फैलाउनुहुन्छ, ताकि रातमा पाप गर्नेले पश्चात्ताप गरून्, जबसम्म सूर्य पश्चिमबाट उदाउछँ ।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "हाम्रो प्रभु, पवित्र र महिमावान, हरेक रात जब रातको अन्तिम तिहाइ बाँकी हुन्छ, आकाशको सबैभन्दा तल्लो भागमा उत्रनु हुन्छ , र भन्नुहुन्छ: 'कसले मलाई पुकार्छ ताकि म उसको पुकार सुनेर जवाफ दिउँ? कसले मसँग माग्छ ताकि म उसलाई दिन सकूँ? कसले म सँग माफी माग्छ ताकि म उसलाई माफ गरूँ?'"
नोअ्मान बिन बशीर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, (यो भनिरहँदा नोअ्मानले आफ्ना दुई औंलाहरू आफ्नो कानतिर उठाए): "हलाल (वैध) स्पष्ट छ र हराम (निषेधित) स्पष्ट छ र यी दुवैको बीचमा केही शंकास्पद र संदिग्ध कुराहरू छन्, जुन धेरै मानिसहरूलाई थाहा छैन । तसर्थ, जसले आफूलाई शंकास्पद कुराहरूबाट जोगाउँछ उसले आफ्नो धर्म र इज्जतलाई जोगायो र जसले शंकास्पद कुराहरूलाई पछ्याउने गर्छ, त्यो निषेधित कुराहरूमा फस्नेछ । यसको उदाहरण एक गोठालो सरह हो, जसले निषेधित क्षेत्र (खेत) को वरिपरि जनावरहरू चराउँछ र उसको जनावर त्यसमा चर्ने सम्भावना हुन्छ । सुन्नुहोस्! हरेक राजाको केही निषेधित क्षेत्र हुन्छन् (जसमा कसैलाई प्रवेश गर्न अनुमति छैन) र अल्लाहको निषेधित क्षेत्र भनेको हराम (निषेधित) कुराहरू हुन् । सावधान होउ, शरीरमा मासुको एउटा टुक्रा छ, जब यो सही [सन्तुलित] हुन्छ, सम्पूर्ण शरीर ठीक रहन्छ र जब यो बिग्रिन्छ, सम्पूर्ण शरीर बिग्रन्छ, त्यो हृदय हो ।"
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “मेरो सहाबा (साथी) हरूलाई गालीगलौज नगर । यदि तिमीहरूमध्ये कसैले उहुद पर्वत बराबर सुन खर्च गरे पनि उनीहरुले एक वा आधा मुद खर्च गरे जस्तो पुण्य प्राप्त गर्न सक्नेछैन ।”
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, एक दिन म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को पछाडी सवार थिएँ, जब उहाँले भन्नुभयो: "हे बालक ! म तिमीलाई केही कुराहरू सिकाउँदैछु । अल्लाहलाई याद राख, अल्लाहले तिम्रो रक्षा गर्नुहुनेछ । अल्लाहलाई याद राख, तिमी उहाँलाई आफ्नो सामु भेट्टाउनेछौ । जब माग्नुछ भने अल्लाहसँग मात्र माग्नु र जब मद्दत माग्नुछ भने अल्लाहसँग मात्र सहायता माग्नु । सुन, यदि सम्पूर्ण समुदायले तिमीलाई फाइदा पुर्याउन एकजुट भए भने, तब तिनीहरुले तिमीलाई त्यति नै फाइदा पुर्याउन सक्छन् जति अल्लाहले तिम्रो भाग्यमा लेख्नुभएको छ र यदि सबैले तिमीलाई हानि पुर्याउन चाहन्छन् भने पनि अल्लाहले तिम्रो भाग्यमा लेखेको भन्दा बढी हानि गर्न सक्दैनन् । भाग्यका कलमहरू उठाइए र [तकदीरको] किताब [हरूका हरफ] सुकाई सकिएका छन् ।”