अबू हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "अल्लाहले पृथ्वीलाई आफ्नो...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहले कयामतको दिन पृथ्वीलाई आफ्नो मुट्ठीमा जम्मा गर्नुहुनेछ र आकाशलाई आफ्नो दाहिने हातमा तलमाथि गरी ब...
आस्थावानहरूकी आमा आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) म कहाँ आउनुभयो र मैले अन्जानै मूर्तिहरू भएको पर्दाले केही...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) आइशा (रजियल्लाहु अन्हा) को घरमा प्रवेश गर्नुभयो । उहाँले सामान राखिने सानो कपाटलाई जीवित प्राणीहरूको मूर्ति भएको पर्दाल...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहको कसम जसको कन्जमा मेरो प्राण छ, चाडै नै मरिय...
येशू (अलैहिस्सलाम) मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को शरीयत (विधान) अनुसार न्यायका साथ शासन गर्न जनतामाझ अवतरण हुनेछन् भनेर उहाँले कसम खाईरहनुभएको छ...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन् कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो काकालाई भन्नुभयो: " ‘ला इलाह इल्लाल्लाह’ (अल्लाह बाहेक कोह...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो काका अबू तालिबको मृत्यु हुदै गरेको कठिन अवस्थामा उनीसित ‘ला इला-ह इल्लल्लाह’ भन्न अनुरोध गर्नुभयो, ताकि उहाँल...
अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "मेरो जलाशय (ताल) को दायरा एक महिना (यात्रा...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, कयामतको दिन उहाँलाई एउटा जलाशय (पोखरी) प्रदान गरिनेछ,जसको लम्बाइ र चौडाइ एक महिना (यात्रा)को दूरी बराबर ह...
अबू हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "अल्लाहले पृथ्वीलाई आफ्नो मुट्ठीमा लिनुहुनेछ र आकाशहरूलाई आफ्नो दाहिने हातमा समात्नुहुनेछ र त्यसपछि भन्नुहुनेछ: म अल- मलिक (राजा) हुँ, पृथ्वीका राजाहरू कहाँ छन् ?"
आस्थावानहरूकी आमा आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) म कहाँ आउनुभयो र मैले अन्जानै मूर्तिहरू भएको पर्दाले केही ढाकेको थिएँ । उहाँले त्यो पर्दालाई हेर्ने बित्तिकै तान्नु भयो र उहाँको अनुहारको रंग नै रिसले परिवर्तन भयो र भन्नुभयो: "हे आइशा! न्यायको दिन सबैभन्दा कठोर सजाय ती मानिसहरूलाई दिइनेछ जो अल्लाहको सृष्टि कार्यमा तुलना गर्न चाहन्छन् ।" आइशाले भनिन्: "त्यसैले हामीले यसलाई काट्यौं र त्यसबाट एक वा दुईवटा तकिया बनायौं ।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहको कसम जसको कन्जमा मेरो प्राण छ, चाडै नै मरियम पुत्र एक न्यायी हाकिमको रूपमा तिमीहरूका बीचमा आउनुहुनेछ । उनले क्रस भाँच्नेछन्, सुँगुरहरूलाई मार्नेछन्, करहरू हटाउनेछन् र धनसम्पत्ति यति प्रशस्त हुनेछ कि कसैले स्वीकार गर्नेछैन ।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन् कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो काकालाई भन्नुभयो: " ‘ला इलाह इल्लाल्लाह’ (अल्लाह बाहेक कोही ईश्वर छैन) भन्नुहोस्, म न्यायको दिन तपाईंको लागि गवाही दिनेछु ।" यो सुनेर उनले भने: यदि कुरैशका मानिसहरूले मेरो उपहास गर्दै नभन्ने थिए कि म डरका कारण त्यसो गर्न बाध्य भएँ, त मैले यो वचन पढेर तिमीलाई खुसी पार्ने थिएँ । यसै सम्बन्धमा अल्लाहले यो आयत (श्लोक) अवतरण गर्नुभयो: {वास्तवमा, तपाईंले जसलाई चाहानुहुन्छ त्यसलाई सत्मार्गको मार्गदर्शन गर्न सक्नुहुन्न, तर अल्लाह जसलाई चाहानुहुन्छ मार्गदर्शन गर्नुहुन्छ ।" [अल-कसस: ५६]}
अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "मेरो जलाशय (ताल) को दायरा एक महिना (यात्रा) को दूरी बराबर हुनेछ । यसको पानी दूध भन्दा सेतो र यसको सुगन्ध कस्तुरी भन्दा उत्तम हुनेछ र यहाँ राखिएका (पानी खाने) कचौराहरू आकाशका ताराहरू जस्तै हुनेछन् । जसले यसको पानी पिउनेछ, उसलाई कहिल्यै तिर्खा लाग्ने छैन ।"
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "मृत्युलाई सेतो र कालो भेडा को रूपमा ल्याइनेछ ।" तब एक पुकार्नेले पुकार्नेछ: हे स्वर्गवासीहरू हो! तिनीहरूले आफ्नो घाँटी र टाउको उठाएर हेर्नेछन् । पुकार्नेले भन्नेछ: के तिमीहरूले यस( भेडा)लाई चिन्छौ? तिनीहरूले जवाफ दिनेछन्: हो! यो मृत्यु हो र सबैले यसलाई देखेको हुन्छन् । तब उद्घोषकले पुकार्नेछ: हे नरकवासीहरू! तिनीहरूले आफ्नो घाँटी र टाउको उठाएर हेर्नेछन् । पुकार्नेले भन्नेछ: के तिमीले यसलाई चिन्छौ? तिनीहरूले जवाफ दिनेछन्: हो! यो मृत्यु हो र सबैले यसलाई देखेको हुन्छन् । त्यसपछि यो भेडा (मृत्यु) लाई वध गरिनेछ र उद्घोषकले पुकार्नेछ: हे स्वर्गवासीहरू! तिमीहरु सधैं स्वर्गमा बस, अब मृत्यु आउदैन र हे नरकवासीहरू! तिमीहरू सधैं नरकमै बस, अब मृत्यु आउदैन । त्यसपछि उहाँले यो (कुरआनको) आयत पढ्नुभयो : {तिनीहरूलाई पश्चातापको दिनको चेतावनी दिनुहोस्, जब फैसला भइसकेको हुनेछ र तिनीहरू अचेत अवस्थामा हुनेछन् ।} [सूरह मर्यम : ३९] अर्थात् यिनीहरु लापरवाहीमा छन् { र ईमान स्वीकार्ने छैनन् } । [सूरह मर्यम : ३९]
उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "यदि तिमीहरु अल्लाहप्रति त्यसरी भरोसा गर्छौ जसरी भरोसा गर्ने हक छ, उहाँले तिमीहरुलाई त्यसै गरी [सहज तरिकाले] जीविका दिनुहुनेछ जसरी चरा लाई दिनुहुन्छ। ती चराहरु बिहान खाली पेट निस्कन्छन् र बेलुका पेट भरेर फर्कन्छन् ।”
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "सवारले पैदलयात्रीलाई, पैदलयात्रीले बसेकालाई र सानो जमातले ठूलो जमातलाई सलाम गर्नेछन् ।"
अबू-जर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हदीस कुद्सीमा भन्नुभएको छ : अल्लाह भन्नुहुन्छ : "हे मेरा सेवकहरू! मैले आफूमाथि अन्याय र अत्याचार हराम (निषेध) गरेको छु र यसलाई तिमीहरूका लागि पनि हराम गरेको छु, त्यसैले तिमीहरू एकार्कामाथि अन्याय नगर । हे मेरा सेवकहरू! मैले मार्गनिर्देशन गरेका बाहेक तिमीहरू सबैजना पथभ्रष्ट छौ, त्यसैले मसँग मार्गदर्शन माग, म तिमीहरूलाई सीधा बाटो देखाउनेछु । हे मेरा सेवकहरू! मैले खुवाउनेहरू बाहेक तिमीहरू सबैजना भोका छौ, त्यसैले मसँग जीविका माग, म तिमीहरूलाई जीविका दिनेछु । हे मेरा सेवकहरू! जसलाई मैले लुगा प्रदान गरेको छु त्यो बाहेक तिमीहरू सबैजना नाङ्गै छौ, त्यसैले मसँग लुगा माग, म तिमीहरूलाई लुगा दिनेछु । हे मेरा सेवकहरू! तिमी दिनरात गल्ती गर्छौ र म तिमीहरूका सबै पापहरू माफ गर्छु, त्यसैले मसँग माफी माग, म तिमीहरूलाई क्षमा गर्नेछु । हे मेरा सेवकहरू! तिमीहरू सबैजना नत मलाई हानि पुर्याउन सक्छौ नत कुनै फाइदा नै । यदि तिमीहरू मध्येको पहिलो र अन्तिम व्यक्ति, सम्पूर्ण मानव र जिन्नहरू, सबै भन्दा आज्ञाकारी व्यक्ति झैं भए पनि तिनीहरूको धार्मिकताले मेरो राज्यमा अलिकति पनि वृद्धि गर्ने छैन । हे मेरा सेवकहरू! यदि तिमीहरू मध्ये पहिलो र अन्तिम व्यक्ति, सम्पूर्ण मानव र जिन्नहरू सबै भन्दा पापी व्यक्तिको झैं भए पनि यसले मेरो राज्यमाथी कुनै ह्रास ल्याउँदैन । हे मेरा सेवकहरू, यदि तिमीहरूमध्ये पहिलो र अन्तिम व्यक्ति, तिमीहरूमध्येका मानव र जिन्न एकै ठाउँमा उभिएर मसँग माग्ने हो र मैले हरेक मानिसलाई उसले मागेको कुरा दिएँ भने त्यसो गर्दा मेरो सम्पत्तिबाट केही घट्ने छैन, जस्तै समुद्रमा सियो हालेर [निकाले पछी सियोमा टाँसीएको पानी ] ले समुन्द्रको पानीमा केही कमी हुँदैन । हे मेरा सेवकहरू! यो तिम्रा कर्महरू हुन् जसलाई म गणना गर्छु र त्यसको प्रतिफल दिन्छु । तसर्थ, जसले राम्रो पाउँछ, उसले अल्लाहको प्रशंसा गरोस् र जसले अरू केही पायो, उसले आफूलाई मात्र दोष दिओस् ।"
जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "अन्यायबाट सावधान रहनु, किनकि न्यायको दिनमा अन्याय अन्धकारको रूपमा देखा पर्नेछ । कन्जुस्याइँ र लोभबाट सावधान रहनु, किनकि कन्जुस्याइँले तपाईंभन्दा पहिलेका मानिसहरूलाई नष्ट गरेको थियो। यसैले उनीहरूलाई एक अर्काको रगत बगाउन र अवैध महिलाहरूलाई हलाल बनाउन उक्साएको थियो ।"
अबू-मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "निस्सन्देह अल्लाहले अत्याचारीलाई मौका दिनुहुन्छ, तर जब पकड गर्नुहुन्छ तब छोड्नु हुन्न । त्यसपछि उहाँले यो आयत पढ्नुभयो : {"तिम्रा पालनकर्ताको पकड यस्तै हुनेछ जब उनी अवज्ञामा लिप्त नगरहरूलाई समात्नेछन् वास्तवमा - उनको पकड कष्टकर र शसक्त हुने गर्छ।} [सूरह हूद: 102]
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट अनि उहाँ अल्लाहबाट कथन गर्दै भन्नुहुन्छ : " साँच्चै, अल्लाहले पुण्य कर्महरू र पापहरू लेखिदिनुभएको छ र यसलाई स्पष्ट रूपमा प्रष्ट पार्नु भएको छ: जसले कुनै पुण्य कर्म गर्ने संकल्प राख्दछ र त्यो गर्न असमर्थ हुन्छ, अल्लाहले उसको खातामा एक नेकी [पुण्य] लेखिदिनुहुन्छ । यदि कसैले असल मनसाय अनुसार सत्कर्म गर्यो भने उसको लागि दशदेखि सात सय गुणासम्म वा अझ बढी पुण्य लेखिदिनुहुन्छ । अर्कोतर्फ, जसले कुनै नराम्रो काम गर्न चाहन्छ, तर उसले गरेन भने अल्लाहले त्यसको स्थानमा एक पुण्य लेखिदिनुहुन्छ र यदि गलत मनसाय अनुसार नै गलत कार्य गर्यो भने, अल्लाहले त्यसको सट्टामा एउटा मात्र पाप लेख्नुहुन्छ ।"