अन्यायबाट सावधान रहनु, किनकि न्यायको दिनमा अन्याय अन्धकारको रूपमा देखा पर्नेछ । कन्जुस्याइँ र लोभबाट सावधान रहनु, किनकि कन्जुस्याइँले तपाईंभन्दा पहिलेका मानिसहरूलाई नष्ट गरेको थियो।...
जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "अन्यायबाट सावधान रहनु, किनकि न्यायको दिनमा अन्याय अन्धकारको रूपमा देखा पर्नेछ । कन्जुस्याइँ र लोभबाट सावधान रहनु, किनकि कन्जुस्याइँले तपाईंभन्दा पहिलेका मानिसहरूलाई नष्ट गरेको थियो। यसैले उनीहरूलाई एक अर्काको रगत बगाउन र अवैध महिलाहरूलाई हलाल बनाउन उक्साएको थियो ।"
मुस्लिमले वर्णन गरेका छन्
Explanation
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अन्याय विरुद्ध चेतावनी दिनुभएको छ, जस्तैः एकार्कामाथि अन्याय, आफूमाथि अन्याय र अल्लाहको अधिकारमा अन्याय आदि ।" हकदारलाई उसको हक नदिनु नै अन्याय हो । न्यायको दिनमा दमन गर्नेहरू कष्ट र कठिन परिस्थितिमा हुनेछन् । उहाँले अत्याधिक कन्जुस्याइँ र लोभ गर्न मनाही गर्नुभएको छ, जसलाई अरबिकमा ‘शुह’ भनिन्छ । यसमा आर्थिक अधिकार तिर्नमा कमीका साथ संसारको चरम लोभ पनि समावेश छ । यस प्रकारको अन्यायले हामीभन्दा अघिका राष्ट्रहरूलाई नष्ट गर्यो, किनकि यसले उनीहरूलाई एकअर्काको ज्यान लिन र अल्लाहले निषेध
गर्नुभएको कुरालाई वैध बनाउन उत्प्रेरित गर्यो ।
Hadeeth benefits
"धनको खर्च र भाइभाइको सहारा दिने कुरा प्रेम र सम्बन्धलाई प्रोत्साहित गर्ने कारण हो।"
कन्जुस्याइँ र लोभले पाप र अनैतिकतातिर डोर्याउँछ ।
पहिलेका राष्ट्रहरूको अवस्थाबाट पाठ सिक्नुपर्छ ।
Share
Use the QR code to easily share the message of Islam with others