अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : ""मानिस आफ्नो साथीको मार्गमा हुन्छ , त्यसैले प्रत्येक...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, मानिस आफ्नो व्यवहार र बानीमा आफ्नो निष्कपट मित्र र साथीसँग मिल्दोजुल्दो हुन्छ र मित्रताले नैतिकता, व्यवह...
तमीम अल-दारी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें : “जहाँसम्म दिन र रात पुग्छ, त्यहाँसम्म यो...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, यो धर्म पृथ्वीको कुनाकाप्चा र सबै भागहरूमा फैलिनेछ । जुनसुकै ठाउँमा दिन र रात पुग्छ, त्यहाँ यो धर्म अवश्य प...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहको कसम जसको कब्जा मा मोहम्मदको जीवन छ, यस समुद...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहको कसम खाँदै हुनुहुन्छ, यस समुदायमध्ये यहूदी, ईसाई वा अरू कोही जसले उहाँको बारेमा सुन्छ तर उहाँमाथि विश्वास नगरी...
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अकबाको बिहान आफ्नो ऊँटमा हुँदा भन्नुभयो: "मेरो लागि के...
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, हज्जतुल-वदाअ(अन्तिम हज) को अवसरमा कुर्बानीको दिन; ठूलो जमरातलाई ढुङ्गाले हानेको बिहान उन...
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "चरमवादी (अति बढाइचढाई गर्ने) हरू विनाश भए।...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले ती चरमपन्थीहरूको विनाश र बर्बादीको बारेमा बताउँदै हुनुहुन्छ, जो ईश्वरीय मार्गदर्शन र ज्ञान बिना आफ्नो धर्म, वचन र का...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : ""मानिस आफ्नो साथीको मार्गमा हुन्छ , त्यसैले प्रत्येकले सोचेर मात्र मित्रता गर्नु।"

तमीम अल-दारी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें : “जहाँसम्म दिन र रात पुग्छ, त्यहाँसम्म यो धर्म अवश्य पुग्नेछ । अल्लाहले कुनै पनि कच्चा वा पक्का घर (सहर, नगर र गाउँ) छोड्ने छैन, जहाँ यो धर्मको प्रवेश हुनेछैन । चाहे सम्मानका साथ होस् वा अपमानका साथ; अल्लाहले इस्लामको माध्यमबाट सम्मान प्रदान गर्नुहुनेछ र कुफ्रको आधारमा अपमानित गर्नुहुनेछ ।” तमीम अल-दारी भन्ने गर्थे: नबीको यो कथनको सत्यता मैले आफ्नै परिवारका सदस्यहरूमा देखेको छु । तिनीहरूमध्ये जो मुस्लिम भए, उसले सम्मान, महिमा र इज्जत पाए र जो काफिर रह्यो उसले अपमान र जिजिया तिर्नुपर्थ्यो ।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहको कसम जसको कब्जा मा मोहम्मदको जीवन छ, यस समुदायमध्ये जसले मेरो कुरा सुन्दैनन्, चाहे त्यो यहूदी होस् वा ईसाई, त्यसपछि ममाथि आस्था नराखेको अवस्थामा उसको मृत्यु हुन्छ भने ऊ नर्कमा जानेछ ।"

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अकबाको बिहान आफ्नो ऊँटमा हुँदा भन्नुभयो: "मेरो लागि केही ढुङ्गाहरू लिएर आऊ ।" मैले उहाँको लागि सातवटा ढुङ्गाहरू लिएर आएँ, जुन चना बराबर थियो । उहाँले तिनीहरूलाई आफ्नो हत्केलामा हल्लाउदै भन्नुभयो: "यस्ता ढुङ्गाहरूले हान्नु ।" त्यसपछि उहाँले भन्नुभयो: "हे मानिसहरू, धर्ममा अतिवादबाट टाढा रहनुहोस्, किनभने तपाईं अघिका मानिसहरू धर्ममा अतिवादले गर्दा बर्बाद भएका थिए ।"

अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "चरमवादी (अति बढाइचढाई गर्ने) हरू विनाश भए।" उहाँले यो तीन पटक भन्नुभयो ।

अदी बिन हातिम (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "यहूदीहरू अल्लाहको क्रोधमा परेका मानिसहरू हुन् र इसाईहरू पथभ्रष्ट छन् ।"

अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, उहाँ भन्नु हुन्छः अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई मैले भन्दै गरेको सुनें : "अल्लाहले आकाशहरू र पृथ्वी सृष्टि गर्नुभन्दा पचास हजार वर्ष पहिले नै प्राणीहरूको भाग्य लेखिदिनुभएक थिए।" उहाँले भन्नुभयो: र त्यस समय वहाँको अर्श (आसन) पानी माथि थियो ।"

अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्,: “हामीलाई अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, जसले सत्य बोल्नुहुन्छ र जसको भनाइ पूर्णतः सत्य हुन्छ: "तिमीहरू हरेकको सृष्टि उसको आमाको गर्भमा चालीस दिन र चालीस रात सम्म वीर्यको रूपमा एकत्र राखिन्छ, त्यसपछि अर्को ४० दिनसम्म बाक्लो र जमेको रगतको रूप लिन्छ । त्यस पछि अर्को ४० दिनमा मासुको डल्लोको रूप लिन्छ । त्यसपछि अल्लाहले एउटा फरिशता पठाउनुहुन्छ जसले अल्लाहको आदेश अनुसार त्यो व्यक्तिको जीविका, उमेर, कर्म र राम्रो वा नराम्रो हुनु बारे लेख्छ र त्यसपछि उसले त्यसमा रूह (आत्मा) हाल्छ । एक व्यक्तिले जीवनभर स्वर्गवासीहरूको कर्म गर्छ र जब उसको र स्वर्गको बीचमा एक हातको दूरी हुन्छ, त्यतिखेर उसको भाग्य उसमाथि हावी हुन्छ, र ऊ नर्कवासीहरूको कर्म गरेर नर्कमा प्रवेश गर्दछ । त्यसैगरी एक व्यक्तिले जीवनभर नर्कवासीको कर्म गर्छ र जब उसको र नर्कको बीचमा एक हातको दुरी रहन्छ तब उसको भाग्य उसमाथि हावी हुन्छ, र ऊ स्वर्गवासीको कर्म गरेर स्वर्गमा प्रवेश गर्दछ ।"

अब्दुल्लाह बिन मस्ऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "स्वर्ग तिम्रो जुत्ताको फित्ता भन्दा पनि नजिक छ र नर्क पनि ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "नर्क इच्छा तथा आकंक्षाहरूले घेरिएको छ भने स्वर्ग अप्रिय चीजहरूले घेरिएको छ ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "जब अल्लाहले स्वर्ग र नर्क सृष्टि गर्नुभयो, तब उहाँले जिब्रील (अलैहिस्सलाम) लाई स्वर्ग तिर पठाउदै भन्नुभयो: स्वर्ग र स्वर्गवासीहरूका लागि मैले तयार पारेको कुराहरूलाई अवलोकन गरेर आऊ । उनी गएर हेरे अनि फर्केर भने : तपाईंको महिमा र प्रभुत्वको कसम! जसले स्वर्गको बारेमा सुन्नेछ, त्सयमा अवश्य नै प्रवेश गर्नेछ । त्यसपछि अल्लाहको आदेश अनुसार स्वर्गलाई अप्रिय चीजहरूले घेरियो, अनि वहाँले जिब्रीललाई भन्नुभयो: अब जाऊ, स्वर्ग र स्वर्गवासीहरूका लागि बनाइएका चीजहरूलाई हेर । जिब्राइलले हेरे र त्यसलाई कठिनाइहरूले घेरेको पाए। उनी फर्किए र भने: तपाईंको महिमा र प्रभुत्वको कसम! मलाई डर छ कोही पनि त्यसभित्र प्रवेश गर्न सक्षम हुने छैन। त्यसपछि, अल्लाहले भन्नुभयो: "मैले नर्कका मानिसहरूका लागि के तयार पारेको छु त्यसलाई अवलोकन गरेर आऊ" । उनले देखे, नर्कको आगोको (लप्को) एकअर्कासँग भिडिरहेका थियो (घनिष्ट र भयावह थियो) । उनी फर्केर आए र भने: तपाईंको महिमा र प्रभुत्वको कसम! यसमा कोही पस्ने छैन। त्यसपछि अल्लाहको आदेश अनुसार नर्कलाई इच्छा, आकांक्षा तथा वासनाले घेरियो । अल्लाहले जिब्रील (अलैहिस्सलाम) लाई अब गएर हेर्न भन्नुभयो, उनि गए र फर्केर भने: तपाईंको महिमा र प्रभुत्वको कसम! मलाई डर छ, यसबाट कोही पनि जोगिन सक्दैन र सबैजना यसमा प्रवेश गर्नेछन् ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "तिम्रो संसारको आगो नर्क को आगोको सत्तरी भागमध्ये एक भाग हो ।" कसैले भन्यो: हे अल्लाहको रसूल! यो (संसारको आगो) मात्र भए पनि पर्याप्त हुने थियो । उहाँले भन्नुभयो : " नरकको आगोको तपन ६९ प्रतिशत बढी छ र त्यसको प्रत्येक भागको तपन संसारको आगो जस्तै छ।"