- मनोवाञ्छा तथा आकांक्षामा पर्नुको एउटा कारण के हो भने शैतानले खराब र गलत कामलाई सुन्दर ढंगले प्रस्तुत गर्छ, अनि हृदयले त्यसलाई राम्रो ठान्छ र त्यसैतिर लहसिन्छ ।
- यस हदीसमा अवैध इच्छाहरूदेखि टाढा बस्ने आदेश छ किनकि यो ( इच्छा वासना पछ्याउनु ) नर्क जाने बाटो हो । र अप्रिय1 कर्महरूलाई सहन गर्न प्रोत्साहन दिईएको छ ; किनकि यो स्वर्गको बाटो हो ।
- यस हदीसमा आत्मसंयम गर्ने, राम्ररी उपासना गर्ने र सत्कर्म गर्दा उत्पन्न हुने कष्ट हरु सहन गर्ने प्रेरणा छ ।