- हरेक काममा बनावटी व्यवहार र उग्रता बाट मनाही गरिएको हो, त्यसैले यसबाट बच्न अति नै आवश्यक छ; विशेषगरी धर्मकार्य र धार्मिक मानिसहरूको सम्मानमा ।
- उपासना आदि लाई पूर्णताका साथ गर्न प्रयास गर्नु सराहनीय कुरा हो, तर यसका लागि शरीयतको पालना गर्नु आवश्यक छ ।
- कुनै पनि महत्त्वपूर्ण कुरालाई जोड दिनु "मुस्तहब"(राम्रो) हो, किनकि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यो वाक्यलाई तीन पटक दोहोर्याउनु भयो ।
- यस हदीस बाट स्पष्ट हुन्छ कि इस्लाम एक सहज र उदार धर्म हो ।