- यस हदीस बाट स्वर्ग र नरक अहिले नै अवस्थित छन् भन्ने तथ्यमा विश्वास राख्ने कुरा प्रस्ट हुन्छ ।
- यस हदीस बाट स्पष्ट हुन्छ कि गैब (परोक्ष,अदृश्य ) तथा अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित सबै कुराहरूमा विश्वास गर्नु अनिवार्य छ।
- अप्रिय र कठिन सूकर्महरू र भाग्य लाई धैर्यता पूर्वक बेहोर्नु महत्त्वपूर्ण कर्म हो, किनभने यो स्वर्ग सम्म पुर्याउने बाटो हो ।
- हराम र वर्जित कुराहरूबाट जोगिन महत्त्वपूर्ण कर्म हो ; किनभने ती कुकर्महरूले नर्कमा लैजान्छ ।
- स्वर्गलाई अप्रिय चीजहरूले र नर्कलाई इच्छा तथा आकांक्षाहरूले घेरिएको छ। किनकि यो सांसारिक जीवन परीक्षा हो ।
- स्वर्गको बाटो कठिनाइहरूले भरिएको छ। यो बाटो काट्न ईमानसँगै धैर्य र सहनशीलता चाहिन्छ । जबकि नर्क जाने बाटो सांसारिक सुख, लोभ र वासनाहरूले भरिएको छ ।