/ हे मानिसहरू, धर्ममा अतिवादबाट टाढा रहनुहोस्, किनभने तपाईं अघिका मानिसहरू धर्ममा अतिवादले गर्दा बर्बाद भएका थिए ।...

हे मानिसहरू, धर्ममा अतिवादबाट टाढा रहनुहोस्, किनभने तपाईं अघिका मानिसहरू धर्ममा अतिवादले गर्दा बर्बाद भएका थिए ।...

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अकबाको बिहान आफ्नो ऊँटमा हुँदा भन्नुभयो: "मेरो लागि केही ढुङ्गाहरू लिएर आऊ ।" मैले उहाँको लागि सातवटा ढुङ्गाहरू लिएर आएँ, जुन चना बराबर थियो । उहाँले तिनीहरूलाई आफ्नो हत्केलामा हल्लाउदै भन्नुभयो: "यस्ता ढुङ्गाहरूले हान्नु ।" त्यसपछि उहाँले भन्नुभयो: "हे मानिसहरू, धर्ममा अतिवादबाट टाढा रहनुहोस्, किनभने तपाईं अघिका मानिसहरू धर्ममा अतिवादले गर्दा बर्बाद भएका थिए ।"
अबू दाउद, निसाई र अहमदले वर्णन गरेका छन्

Explanation

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, हज्जतुल-वदाअ(अन्तिम हज) को अवसरमा कुर्बानीको दिन; ठूलो जमरातलाई ढुङ्गाले हानेको बिहान उनी नबी (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा थिए । उहाँले उनलाई जमरातका लागि ढुङ्गाहरू सङ्कलन गर्न आदेश दिनुभयो । त्यसकारण उनले उहाँको लागि सातवटा ढुङ्गाहरू जम्मा गरे । प्रत्येक ढुङ्गा चना दाना आकारको थियो । नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले ती ढुङ्गाहरूलाई आफ्नो हत्केलामा राखेर हल्लाउनु भयो र भन्नुभयो: यो आकारको ढुङ्गा हान्नु । त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले धार्मिक मामिलामा अतिवादबाट टाढा रहन र सीमा उल्लङ्घन नगर्न चेतावनी दिनुभयो, किनभने पहिलेका राष्ट्रहरू धर्ममा अतिशयोक्ति र अतिवादले गर्दा नाश भएका थिए ।

Hadeeth benefits

  1. धर्ममा अतिशयोक्ति निषेध हो । यसको नराम्रो परिणाम र यो विनाशको कारण हो भन्ने कुराको उल्लेख ।
  2. अघिल्लो समुदायका गल्तीहरूबाट जोगिन हामीले उनीहरूबाट पाठ सिक्नुपर्छ ।
  3. सुन्नत पालन गर्न प्रेरणा ।