अम्र बिन आमिरले बयान गरेका छन्, अनस बिन मलिक (रजियल्लाहु अन्हु) ले भनेका छन् : नबी (सल्लल्लाहु अलैहि वसल्लम) हरेक नमाजको लागि वुजू गर्नुहुन्थ्यो। मैले...
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक अनिवार्य नमाज को लागि वुजू गर्नुहुन्थ्यो । वुजू भंग नभए पनि; उहाँ पुण्य पाउनको लागि यसो गर्नुहुन्थ्यो । वुजू भं...
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, उहाँ भन्नुहुन्छ: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक-एक पटक वुजूका अंगहरू धुनुभयो ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) वुजू गर्दा कहिलेकाहीँ सबै अंगहरू एक पटक मात्र धुनुहुन्थ्यो । उहाँ आफ्नो अनुहार (जसमा कुल्ला गर्नु र पानीले नाक सफा गर्न...
अब्दुल्लाह बिन जैद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दुई-दुई पटक वुजूका अंगहरू धुनुभयो ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहिलेकाहीँ वुजूका सबै अंगहरू दुई-दुई पटक धुनुहुन्थ्यो । उहाँ आफ्नो अनुहार (जसमा कुल्ला गर्नु र पानीले नाक सफा गर्नु पनि...
उसमान बिन अफ्फान (रजियल्लाहु अन्हु) का गुलाम हुमरानले बयान गरेका छन्, उनले उसमान लाई देखे कि उहाँ ले वुजु गर्नका लागि पानी मागे, भाँडोबाट पानी खन्याए...
उसमान बिन अफ्फान (रजियल्लाहु अन्हु) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को वुजुको विधिलाई सजिलोसंग सम्झाउनका लागि व्यवहारिक रूपमा गरेर देखाए । उनले एउटा...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “जब तिमीहरूमध्ये कसैले वुजू गर्छ, उसले नाकमा पानी हाल...
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले तहारत (पवित्रता) का केही नियमहरुको व्याख्या गर्नुभएको छ, जस्तै: १- वुजू गर्ने व्यक्तिले एक श्वासद्वारा नाकमा पानी हाल...

अम्र बिन आमिरले बयान गरेका छन्, अनस बिन मलिक (रजियल्लाहु अन्हु) ले भनेका छन् : नबी (सल्लल्लाहु अलैहि वसल्लम) हरेक नमाजको लागि वुजू गर्नुहुन्थ्यो। मैले सोधेँ, "त्यस बेला तपाईंहरू के गर्नुहुन्थ्यो?" उहाँले जवाफ दिनुभयो, "हामीमध्ये कोहीले वुजू गरेको भए, वुजू नटुटेसम्म त्यही वुजूले नमाज पर्याप्त हुन्थ्यो।"

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, उहाँ भन्नुहुन्छ: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक-एक पटक वुजूका अंगहरू धुनुभयो ।

अब्दुल्लाह बिन जैद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दुई-दुई पटक वुजूका अंगहरू धुनुभयो ।

उसमान बिन अफ्फान (रजियल्लाहु अन्हु) का गुलाम हुमरानले बयान गरेका छन्, उनले उसमान लाई देखे कि उहाँ ले वुजु गर्नका लागि पानी मागे, भाँडोबाट पानी खन्याए र दुबै हातलाई तीन पटक धोए, त्यसपछि आफ्नो दाहिने हात पानीमा हाले । त्यसपछि मुख कुल्ला गरे, नाकमा पानी हालेर राम्रोसँग नाक सफा गरे, त्यसपछि आफ्नो अनुहार र दुबै हात कुहिनो सहित तीन पटक धोए । त्यसपछि आफ्नो टाउको मसह गरे (हत्केलाले पुछे), त्यसपछि दुवै खुट्टा तीन पटक धोए र भने: मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई मेरो यो वुजु जस्तै वुजु गरेको देखेको छु र त्यसपछि भने: " जसले मेरो यो वुजु झैं वुजु गर्छ र केहि नबोलीकन दुई रकात नमाज पढ्छ, अल्लाहले उसका अघिल्लो पापहरू क्षमा गर्नुहुन्छ ।”

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “जब तिमीहरूमध्ये कसैले वुजू गर्छ, उसले नाकमा पानी हालेर राम्रोसँग सफा गरोस् र जसले इस्तिन्जा (ढुंगा आदिले शुद्धता प्राप्त) गर्छ, उसले विजोर सङ्ख्या प्रयोग गरोस् । तिमीहरूमध्ये कोही निद्राबाट ब्यूँझन्छ, उसले भाँडोमा हात हाल्नुअघि आफ्नो हातलाई धुनुपर्छ । किनकि रातमा उसको हात कहाँ गयो उसलाई थाहा हुँदैन ।" सहीह मुस्लिमका शब्दहरू यस प्रकार छन्: "जब तिमीहरूमध्ये कोही निद्राबाट ब्यूँझन्छ, उसले आफ्नो हात तीन पटक नधोएसम्म भाँडामा डुबाउनु हुँदैन, किनकि उसलाई थाहा छैन उसको हातले रात कहाँ बिताएको छ ।"

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) दुई चिहानहरूबाट गुज्रनुभयो र भन्नुभयो: " यी दुवैलाई सजाय दिइँदैछ र उनीहरू कुनै ठूलो पापको कारणले दण्डित भइरहेको छैन । तिनीहरूमध्ये एक पिसाबबाट बच्दैन्थे र अर्को चुक्ली गर्थे ।" त्यसपछि उहाँले खजुरको एउटा ताजा हाँगा लिनुभयो र त्यसलाई दुइभागमा च्यातेर प्रत्येक चिहानमा एक भाग गाड्नुभयो । साथीहरूले सोधे, हे अल्लाहका रसूल ! त्येस्तो किन गर्नुभएको ? उहाँले जवाफ दिनुभयो: "सायद यी दुई हाँगाहरू नओइलिएसम्म उनीहरूको पीडा हलुका हुनसक्छ ।"

अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) शौचालयमा प्रवेश गर्नुहुन्थ्यो तब यो दुआ भन्नुहुन्थ्यो: "अल्लाहुम्म इन्नी अऊजु बिक मिनल्-खुबुसि वल्-खबाइस् ।"

उम्मुल-मुमिनीन(आस्थावानहरूकि आमा) आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) शौचालयबाट बाहिर निस्कनुहुन्थ्यो, तब उहाँ यो दुआ भन्नुहुन्थ्यो: “गुफ्रानक”, अर्थात् हे अल्लाह! म तपाईसँग माफी चाहन्छु ।

आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मिस्वाक (दतिवन) मुख सफा गर्ने र अल्लाहलाई खुशी पार्ने चिज हो ।"

हुजैफा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) जब राती सुतेर ब्यूँझनुहुन्थ्यो, तब आफ्नो मुखलाई मिस्वाक (दतवन) ले सफा गर्नुहुन्थ्यो ।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "यदि म आफ्नो उम्मत (अनुयायीहरू)लाई कठिनाइमा पार्ने डर नभए, म उनीहरूलाई प्रत्येक नमाजको समयमा मिस्वाक (दाँत सफा) गर्ने आदेश दिन्थेँ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "प्रत्येक मुस्लिमले हरेक सात दिनमा एक पटक नुहाउनु अनिवार्य हो, जसमा उसले आफ्नो टाउको र शरीर धुन्छ ।"