रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक-एक पटक वुजूका अंगहरू धुनुभयो ।
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, उहाँ भन्नुहुन्छ: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक-एक पटक वुजूका अंगहरू धुनुभयो ।
बुखारीले वर्णन गरेका छन्
Explanation
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) वुजू गर्दा कहिलेकाहीँ सबै अंगहरू एक पटक मात्र धुनुहुन्थ्यो । उहाँ आफ्नो अनुहार (जसमा कुल्ला गर्नु र पानीले नाक सफा गर्नु पनि समावेश छ), आफ्ना दुबै हात र दुबै खुट्टा एक-एक पटक धुनुहुन्थ्यो । वास्तवमा, एक-एक पटक धुनु अनिवार्य हो ।
Hadeeth benefits
वुजूका अंगहरू एकपटक धुनु वाजिब हो र एक भन्दा बढी धुनु मुस्तहब हो ।
कहिलेकाहीँ एक एक पटक वुजू गर्नु पनि जायज छ ।
टाउकोलाई मात्र एक पटक मसह (पुछिने) गरिनेछ ।
Share
Use the QR code to easily share the message of Islam with others