नबी (सल्लल्लाहु अलैहि वसल्लम) हरेक नमाजको लागि वुजू गर्नुहुन्थ्यो
अम्र बिन आमिरले बयान गरेका छन्, अनस बिन मलिक (रजियल्लाहु अन्हु) ले भनेका छन् : नबी (सल्लल्लाहु अलैहि वसल्लम) हरेक नमाजको लागि वुजू गर्नुहुन्थ्यो। मैले सोधेँ, "त्यस बेला तपाईंहरू के गर्नुहुन्थ्यो?" उहाँले जवाफ दिनुभयो, "हामीमध्ये कोहीले वुजू गरेको भए, वुजू नटुटेसम्म त्यही वुजूले नमाज पर्याप्त हुन्थ्यो।"
बुखारीले वर्णन गरेका छन्
Explanation
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक अनिवार्य नमाज को लागि वुजू गर्नुहुन्थ्यो । वुजू भंग नभए पनि; उहाँ पुण्य पाउनको लागि यसो गर्नुहुन्थ्यो ।
वुजू भंग भएको छैन भने एक वुजूले कैयौं समयका अनिवार्य नमाज पढ्न अनुमति छ ।
Hadeeth benefits
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः हरेक नमाज को लागि वुजू गर्नुहुन्थ्यो; किनभने यो सबैभन्दा उत्तम र पूर्ण तरिका हो ।
हरेक सलाहको लागि वुजू गर्नु मुस्तहब (राम्रो) हो ।
एक पटक गरिएको वुजूले एकभन्दा बढी नमाज पढ्न अनुमति छ ।
Share
Use the QR code to easily share the message of Islam with others