जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) शौचालयमा प्रवेश गर्नुहुन्थ्यो तब यो दुआ भन्नुहुन्थ्यो: "अल्लाहुम्म इन्नी अऊजु बिक मिनल्-खुबुसि वल्-खबाइस् ।...
अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) शौचालयमा प्रवेश गर्नुहुन्थ्यो तब यो दुआ भन्नुहुन्थ्यो: "अल्लाहुम्म इन्नी अऊजु बिक मिनल्-खुबुसि वल्-खबाइस् ।"
मुत्तफकुन अलैहि
Explanation
जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले पिसाब फेर्न वा दिसा गर्नुपर्ने ठाउँमा प्रवेश गर्न चाहनुहुन्थ्यो, उहाँ अल्लाहको शरण लिनुहुन्थ्यो र पुरुष र महिला जिन्नको दुष्टताबाट बचाउन दुआ गर्नुहुन्थ्यो । यस दुआमा 'खुबुसि वल्-खबाइस्' शब्दहरूलाई दुष्ट र अपवित्रताको रूपमा पनि व्याख्या गरिएको छ ।
Hadeeth benefits
शौचालयमा प्रवेश गर्दा यो दुआ पढ्नु मुस्तहब हो ।
सम्पूर्ण सृष्टिहरू सबै परिस्थितिहरूमा पीडादायी वा हानिकारक चीजहरूबाट जोगिन अल्लाहमा निर्भर छन् ।
Share
Use the QR code to easily share the message of Islam with others