- चुक्ली गर्नु र पिसाबबाट नबच्नु ठूलो पाप र चिहानमा दण्ड हुने कारण हो ।
- अल्लाहले आफ्ना नबीको लागि गैब (अदृश्य) का केही कुराहरू जस्तै चिहानको सजाय प्रकट गर्नु हुन्थ्यो, ताकि यो उहाँको ईशदूत हुनको प्रमाण होस् ।
- दुईवटा हाँगाहरूलाई भाँचेर चिहानमा गाड्ने कार्य नबी (सल्लल्लाहु अलैहि वसल्लम) को लागि विशेष छ । किनभने अल्लाहले उहाँलाई ती दुई चिहानहरूमा गाडिएका मानिसहरूको अवस्थाबारे जानकारी दिनुभएको थियो। त्यसैले उहाँसँग अरू कसैलाई तुलना गर्न सकिँदैन किनभने चिहानमा मानिसहरूको अवस्था कसैलाई थाहा छैन ।